Friday, October 16, 2015

एकेश्वरवाद नै सत्मार्ग

सृष्टिकर्ताको सामू मानिसले गर्ने सबभन्दा ठूलो भूल वा पाप शिर्क हो । शिर्कको शाब्दिक अर्थ अनेकेश्वरवाद वा बहुदेबबाद वा सत्ता, गुण, अधिकार र अस्तित्वमा अल्लाहसँग अरु कुनै वस्तु चिज वा सृष्टिलाई सरिक गराउनु हो । सृष्टिकर्ता अल्लाहको समकक्षी वा साझेदारीका रुपमा सृष्टिको अन्य कोहीलाई मान्नु नै शिर्क हो । लाभहानी, सफलताअसफलतामा अल्लाहका साथै अन्यको हात रहेको मानेर तिनीहरुको उपासना, भक्ति गर्नु र तिनीहरुका सामु शिर निहुराउन नै वास्तविक शिर्क हो । शिर्क अज्ञानताको परिणाम हो । वास्तविक सृष्टिकर्ता, पालनकर्ता, संरक्षक, संचालक संसार र आखिरतका मालिक, शासक आदि एक अल्लाह मात्र हुन् र मानिसको सृष्टि उनैको मात्र प्रसंसा भक्ति र आज्ञापालनका लागि हो भन्ने कुराको ज्ञान नहुनाले नै मानिसले शिर्क गर्ने गर्दछन् । शिर्क गर्ने व्यक्तिले यस लोकमा त सुख पाउँदैन पाउँदैन, प्रलयपछिको अनन्तकालिन जीवनमा समेत नर्कको दन्दनाउदो आगोमा जलिरहनु पर्दछ ।

मानिस शिर्कको दलदलमा फस्नुको कारण र शिर्कका विशेषताका बारेमा चर्चा गर्नु आवश्यक देखिन्छ । मानव जातिमा देखिएको एउटा विचार अनुसार सृष्टिको यो व्यवस्था ईश्वर विना बनेको होइन तर यसको एउटा मात्र प्रभु वा मालिक नभएर धेरै मालिकहरु छन् सृष्टिका विभिन्न शक्तिहरुका सुत्र विभिन्न ईश्वरहरुको हातमा रहेको छ र मानिसको सौभाग्य वा दुर्भाग्य, सफलता वा असफलता, लाभ वा हानी आदि ती सत्ताधारीहरुको कृपामा निर्भर रहन्छ भन्ने पूर्णतः असत्य सोच त्यो मानिसहरुमा रहेको छ । जो मानिसमा यस्तो सोच रहेको छ उसले आफ्नो अनुमान र अड्कलको भरमा प्रभुत्व शक्ति कहाँ कहाँ, कस कसको अधिकारमा छ भन्ने कुरा निश्चित गर्न कोशिस गरिरहेको छ । यस्तो अनुमान र अड्कलबाजीको क्रममा जुन वस्तुमा गएर उसको नजर ठोकिन्छ त्यसैलाई नै उसले आफ्नो ईश्वर वा प्रभु मान्न थाल्दछ । यसले मानिसको सम्पूर्ण जीवन अन्धविश्वासपूर्ण अन्धकारको घेराभित्र जकडिन पुग्दछ । ऊ कुनै प्रमाण विना नै खाली आफ्नो विचार र अनुमानको आधारमा अनेक चिजहरुले अलौकिक तरिकाबाट आफ्नो भाग्यमा राम्रो वा नराम्रो प्रभाव पार्दछन् भन्ने विचार कायम गर्दछ । ऊ कहि कुनै मूर्तिले आफ्नो भाग्य बनाई दिने कुराको भरोसा गर्दछ त कहि कुनै काल्पनिक कर्ताधर्तालाई प्रसन्न पार्न दौडधुप गर्दछ । कहि कुनै अपसकुन हुने कुराको कल्पनाबाट हिम्मत हारेर बस्दछ भने कहि कुनै शुभ सकुनसँग आशा जोडेर काल्पनिक महल खडा गर्दछ । यी सबै चिजहरुले उसको विचार एवं प्रयासहरुलाई प्राकृतिक र वास्तविक सत्यतावाट हटाएर अप्राकृतिक र सत्यताहिन मार्गतर्फ डोर्याउँछन् । यस्तो विचारको परिणाम स्वरुप मानिसका सामु पूजा पाठ, अर्पण, नजर हटाउने र अन्य विभिन्न कार्यहरुको एउटा लामो सूची नै तयार हुन्छ । यस्ता अकार्थ कार्यहरुमा अल्झिएर मानिसका प्रयास र कार्यहरुको एउटा ठूलो हिस्सा विना उपलब्धिको कार्यमा बर्बाद हुन पुग्दछ ।

यस्तो अनेकेश्वरवादी विचार भएका मानिसहरु सधैं अनेक लाभका लागि अनेक ईश्वरको खोजी र भरोसामा भौतारिरहेका हुन्छन् । जो मानिस यो अनेकेश्वरवादी अन्धविश्वासमा पर्दछ उसलाई मुर्ख बनाएर आफ्नो जालमा फसाएर राम्रो अवसर चलाख मानिसहरुलाई प्राप्त हुन्छ । ती ढोगीं र ठग प्रकृतिका मानिसहरु मध्ये कोही राजा बनेर बस्दछ र चन्द्र, सुर्य तथा अन्य देवताहरुसँग आफ्नो बंश जोडेर आफूलाई अवतार बनाएर आफू देवता भएको र तिनीहरु आफ्नो सेवक वा भक्त भएको विश्वास  दिलाउन सफल हुन्छन् । त्यस्तै कोही पुरोहित वा मुजाबिर भएर बस्छन् र बहुदेबबादीहरुलाई भन्दछन् तिमीहरुको लाभहानी जसको हातमा छ त्यससँग मेरो सम्बन्ध छ र तिमीहरु म मार्फत मात्र ऊ सम्म पुग्न सक्छौं । यस्तो कपोकल्पित र झुठको खेती गर्न ती मानिसहरु सफल हुन्छन् । त्यस्तै, कोही पण्डित तथा पीरबाबा बनेर बुटी तथा तन्त्रमन्त्रको ढोग रचेर ती चिजहरुले अलौकिक रुपमा मानिसहरुको आवश्यक पूरा गर्दछन् भन्ने विश्वास उनीहरुलाई दिन  सफल हुन्छन । यसरी मानिसहरुमा यस्ता विचार र धारणाहरुको कारणले गर्दा केही प्रभावशाली परिवार, धार्मिक पदाधिकारी, तन्त्रमन्त्र गर्न जादुगर र आफू अदृश्यशक्तिवान भएको ठोकुवा गर्ने पेशेवारहरुको प्रभावको बोझिलो जुआ सम्पूर्ण मानिसहरुको गर्दनमा पर्न जान्छ । ती बनावटी भगवानले ती मुर्ख विचारकहरुलाई दूध दिने वा सवारीको साधन र भारी बोक्ने जनावरका रुपमा सेवक, भक्त र नोकर बनाउँछन् ।

 यो दृष्टिकोण न त विज्ञान तथा कला, दर्शन तथा साहित्य, सभ्यता तथा राजनितिका लागि कुनै स्थायी आधार निर्माण गर्दछ न नै पालना गर्न सक्ने लाभदायक मार्गदर्शन प्राप्त हुन्छ । ती ईश्वरहरुसँग मानिसको सम्बन्ध यस हदसम्म सीमित हुन्छ कि ऊ उनीहरुको कृपा र सहायता प्र्राप्त गर्नका लागि पूजा र उपासना जस्तो केही विधि पूरा गरोस् । यसरी अवास्तविक र सृष्टिपूजक अनेकेश्वरवादीहरु व्यवहारतः ती सम्पूर्ण मार्गहरुमा हिड्न पुग्दछन् जो पूर्णतm अज्ञानताका कारणले सृजित भएका छन । चरित्र, व्यवहार, सभ्यता, राजनिति, आर्थिक, दर्शक, साहित्य आदि जुन हैसियतबाट हेरे पनि अनेकेश्वरवादी व्यवहार र पूर्ण अज्ञानी व्यवहारमा कुनै मौलिक भिन्नता पाइदैन । यसबाट प्रष्ट हुन्छ कि अनेकेश्वरवाद भूलबस वा अज्ञानताबस अपनाइने मार्ग हो जुन जीवनको अन्तिम लक्ष्य प्राप्तिको सही मार्ग अवश्य होइन । मानिसहरुलाइृ पथभ्रष्ट, कुचरित्रवान, नर्कको भागिदार र स्वार्थ प्रणेता बनाउने मार्ग नै शिर्क हो । यस्ता मानिसहरुलाई कहि कतैबाट सहयोग प्राप्त हुने छैन । कुरआनमा भनिएको छ, “जो व्यक्ति अल्लाहसँग अन्य कसैलाई साझेदार बनाउँछ मानौं त्यो आकाशबाट झर्यो, अब चाहे त्यसलाई पंक्षीले उडाएर लैजाओस वा वायुले त्यसलाई टाढा दुर्गम स्थानमा फ्याँकिदिओस् ।” (कुरआन २२:३१)

त्यसैले तौहिद (एकेश्वरवाद) लाई आफ्नो मूल मार्ग मानेर सोही अनुरुपको जीवन व्यवस्था कायम गर्नु नै सांसारिक र आखिरत (महाप्रलय) पछि दुवै जीवनमा सफलता प्राप्त गर्नु र आस्थालाई मजबुत बनाउनु हो ।

तौहिदका बारेमा ईशदुतहरुले नै भनेका छन्, मानिसको चौतर्फी रहेको सारा जगत र स्वयं मानिससमेत सर्वशक्तिमान एक अल्लाहका देन हुन् । त्यसैले यसका मालिक,संरक्षक, शासक सबैथोक अल्लाह एक्लै हुन् । यो सारा ब्रह्माण्ड अल्लाहद्वारा रचित एउटा अनुशासित तथा व्यवस्थित राज्य हो । यो एउटा सर्वसत्तात्मक व्यवस्था भएकाले सर्वोच्च शासक अल्लाह बाहेक यहाँ अरु कसैको आदेश चल्दैन । जीवन र जगतको व्यवस्थामा काम गरिरहेका सम्पूर्ण शक्ति उनैको अधिनमा रहेका छन् । उनको हुकुमलाई नकार्न सक्ने शक्ति कसैको छैन र उनको अनुमति विना आफ्नो अधिकार प्रयोग गर्ने कसैको शक्ति छैन । पृथ्वीमा सबै प्राणीहरु उनै एक अल्लाहको  हुकुम अनुसार मात्र कार्य गर्दछन् । त्यस्तै ब्रह्माण्डमा भएका सूर्य, चन्द्र, तारा, ग्रह आदिको परिक्रमण तथा परिभ्रमण सबै एकै अल्लाहको हुकुम अनुसार मात्र भएको छ ।

स्वयम् मानिसको जन्म, उसका शरीरका श्वासप्रणाली, मुटुको चाल सबै एक अल्लाहको आदेश अनुसार मात्र सञ्चालित हुन्छ । यो सत्यताको अवगतपछि हामीले आफ्नो सोच्ने शक्ति तथा तर्क शक्तिको सहि प्रयोगबाट एक अल्लाहालई वास्तविक शासक तथा स्वामी मानी उनको तर्फबाट आएको शिक्षा र आदेशलाई ईश्वरीय भएकोमा पूर्णविश्वास गरी ती आदेशहरुका अगाडि हामी नतमस्तक हुनै पर्दछ ।

मानिसको यो सांसारिक जीवन वा भौतिक जीवन निमिष भरको मात्र हो । आखिरत पछिको जीवन नै अनन्त जीवन हो । त्यसैले मृत्युपर्यान्तको जीव्न सुखमय वा दुःखदायी हुन्छ भन्ने कुरा सांसारिक जीवनमा गरेका क्रियाकलाप, आचरण र व्यवहारमा निर्भर गर्दछ । जसले शिर्क वा अनेकेश्वरवादलाई अँगाल्दछ उसको मृत्युपर्यान्तको जीवन निश्चय नै दुखदायी र पीडादायी हुनेछ । उसले नर्कको दन्कदो आगोमा होमिनु पर्नेछ तर यदि कोही तौहिद (एकेश्वरवाद) लाई अँगाल्दछ र सोही अनुसारको आचरण र व्यवहार गर्दछ भने उसको मृत्युपर्यान्तको जीवन अवश्य नै आनन्ददायी र सुखदायी हुनेछ । जहाँ उसलाई सांसारिक जीवनमा भन्दा कैयौं गुणा बढी सुख प्राप्त हुनेछ । त्यसैले आखिरतमा सुख प्राप्त गर्न हामी शिर्कबाट बच्नु पर्दछ र अल्लाहले देखाएको तथा अल्लाहका अन्तिम रसुल मुहममद (स.) ले अपनाएको जीवन पद्दतीलाई अँगाल्नु पर्दछ । यही मार्ग नै वास्तविक सत्यवादी र सफलताको मार्ग हो ।



लेखक : इरफान पोखरेल

इस्लामी बित्तीय प्रणाली



सामान्य तथा प्रचलित वित्तीय पद्धति ब्याजमा आधारित हुन्छ जहाँ ब्याजदर निश्चित गरिएको हुन्छ । यस्तो वित्तीय पद्धतिमा लगानीको उपलब्धिलाई बेवास्था गरी लगानीकर्ता वा पूँजी निक्षेपकर्तालाई दिइएको प्रतिफलको दर पूर्व निर्धारित रुपमा पूर्णतः निश्चित गरिएको हुन्छ तर यसको विपरित इस्लामी वित्तीय पद्धति ब्याजमा आधारित हुँदैन । बरु यसमा लगानीको उपलब्धिको आधारमा लगानिकर्ता वा पूँजी निक्षेपकर्ताले प्रतिफलको दर निश्चित हुँदैन जसले गर्दा त्यस्तो प्रतिफलमा ठूलो उतार चढाव हुन सक्छ । इस्लामी वित्तीय पद्धतिमा झैँ लगानीमा जतिसुकै लाभ हानी भए पनि पूर्व निर्धारित दरमा प्रतिफल भुक्तानी गनुपर्ने बाध्यता नभई ब्यवसायमा भएको लाभ हानीको अनुपातमा ऋणदाता वा निक्षेपकर्तालाई प्रतिफल भुक्तानी गरिन्छ ।

इस्लामी वित्तीय पद्धतिलाई ब्याज वा निब्र्याजी” वित्तीय पद्धतिका रुपमा प्रस्तुत गर्दा बेचैनी सृजना हुन सक्छ । यस वित्तीय पद्धतिको दार्शनिक आधार पूँजीको लेनदेनको आर्थिक कारोबारमा रहेको छ । तर अर्कोतर्फ प्रचलित वित्तीय पद्धत्तिले विशेषत कारोबारको आर्थिक तथा वित्तीय दृष्टिकोणलाई जोड दिन्छ । इस्लामी वित्तीय पद्धतिले नैतिकचारित्रिक र सामाजिक स्वरुपलाई समान रुपले प्राथमिकता दिन्छ । यसले गर्दा सम्पूर्ण समाजको भलाईका लागि निश्पक्ष र समानताको उपलब्धि हासिल हुन सकोस् ।

इस्लामी वित्तीय पद्धतिका सिद्धान्तहरु
इस्लामी वित्तीय पद्धति न्यायमानवता र समानताको सिद्धान्तमा आधारित रहेको छ । यस वित्तीय पद्धति मुख्य रुपले निम्न सिद्धान्तहरुमा आधारित हुन्छ 

(क) ब्याज निषेध
इस्लामी वित्तीय पद्धतिमा ब्याज निषेधको शाब्दिक अर्थ ऋण वा विक्रीमा  पूँजीको कुनै पनि अन्याय पूर्ण वृद्धि अबैध ठहराउनु हो । यस वित्तीय पद्धतिको केन्द्रिय अवधारणा नै ब्याज निषेध हो । यसलाई अझ प्रष्ट रुपमा भन्नु पर्दा लगानीको उपलब्धिलाई परवाह नगरी कुनै धनात्मकनिश्चित र पूर्व निर्धारित दरले सापटी रकमसँग जोडिने रकमलाई ब्याज भनिन्छ र यस्तो पूर्व निर्धारित दर अर्थात ब्याजलाई इस्लामी बित्तीय पद्धतिले निषेध गरेको हुन्छ । यस्तो निषेध सामाजिक न्यायसमानता र सम्पत्तिको अधिकारको पक्षमा आधारित हुन्छ । इस्लामले सधैँ नाफा कमाउन प्रोत्साहित गर्दछ तर कुनै पनि सम्पत्ति वा पूँजीमा ब्याज लगाउने कुरालाई भने यसले रोक्दछ । यसको मूख्य कारण नाफा सफल उद्यमशिलसँग जोडिएको हुन्छ । यसले थप धनको सृजना गर्दछ भने ब्याजले ब्यापारिक उत्पादन लागतमा अनुत्तरदायी ढंगले बृद्धि गराउँदछ । जसले गर्दा ब्यापारिक प्रतिष्ठान घाटामा जान्छ र त्यसले. सम्पत्तिको  सृजना गर्र्न सक्दैन । ऋण लिने र ऋण दिने दुबैले समानुपातिक स्वरुपमा धनको संकलन र वितरण निश्पक्ष र सही उत्पादनशीलताको प्रतिनिधित्व हुने कुरा सामाजिक न्यायको माग हो ।

(ख) जोखिमको हिस्सेदारिता
इस्लामी बित्तीय पद्धतिमा ब्याज निषेध भएका कारणले गर्दा पूँजी पूर्तिकर्ता ऋणदाता नभई लगानीकर्ता बन्दछन् । वित्तीय पूँजीदाता र ब्यावसायिहरु नाफाको हिस्सा प्राप्तिका लागि ब्यापारिक जोखिमको हिस्सा ग्रहण गर्दछन् । त्यसैले इस्लामी बित्तीय पद्धतिलाई नाफा नोक्सान र जोखिमको हिस्सेदारी वित्तीय प्रणाली पनि भनिन्छ ।

(ग) सट्टाबाजी ब्यवहार निषेध
इस्लामी बित्तीय पद्धतिले अनधिकृत धन संचयलाई निरुत्साहित गर्दछ । त्यर्सैले यसले अत्याधिक अनिश्चितताहरुसट्टाबाजी र जोखिम हुने प्रकृतिका कारोबार समेत निषेध गरेको छ । सट्टाबाजी ब्यवहारले एकपक्ष अनाधिकृत धन सञ्चय गर्न सक्षम हुन सक्ने र अर्को पक्ष भने धनबाट विमुख हुने सम्भावना रहन्छ । यस्तो ब्यवहार सामाजिक न्यायमा आधारित हुन सक्दैन भन्ने मान्यता इस्लामी वित्तीय सिद्धान्तमा रहेको छ ।

(घ) पवित्र करारहरु
इस्लामले समझदारीपूर्ण उपकारहरु पवित्र जिम्मेवारीका रपमा सूचनाहरु स्पष्ट पार्ने कार्यलाई सघाउ पु¥याउँछ । यस स्वरुपको उद्देश्य असमानताका सूचनाहरु र नैतिक जोखिमहरु घटाउनु हो । इस्लामी वित्तीय लगानी नैत्रिक तथा चारित्रिक दृष्टिमा उपयुक्त हुने र समाजका लागि हानीकारक नहुने ब्यापारिक कृयाकलापमा मात्र हुने गर्दछ । त्यसैले यसले न्यायपूर्णलाभदायक र नैतिकतापूर्ण करारहरु मात्र गर्न प्रोत्साहित गर्दछ ।

इस्लामी वित्तीय उपकरणहरु
प्रत्येक वित्तीय ब्यवस्था अनुसार यस प्रणालीको सञ्चालनका लागि केही महत्वपूर्ण वित्तीय उपकरणहरुको आवश्यकता पर्दछ । यस्ता उपकरणहरुले नै पद्धतिलाई मजबुत र दीर्घकालिन बनाउन सक्दछ । लाभ हानी हिस्सेदारीका केही महत्वपूर्ण उपकरणहरु छन् । ती उपकरणहरु यस प्रकार रहेका छन् 

(क) नाफाको हिस्सेदारी सम्झौता
इस्लामी बैंकहरुले ऋणमा प्रतिफलको प्रशरणशील दर निष्काशन गरी विभिन्न कम्पनीहरुलाई रकम प्रदान गर्दछ । प्रतिफलको यस्तो प्रशरणशील दर फरक फरक कम्पनीका लागि फरक फरक  निर्धारण गरिन्छ । तसर्थ ऋणमा बैकले प्राप्त गर्ने नाफाको निश्चित प्रतिशत हुन्छ । एक पटक मूलधन फिर्ता गरिसकेपछि नाफाको हिस्सेदारी सम्झौताको अन्त्य हुन जान्छ ।

(ख) समतामूलक सहभागिता
इस्लामी वित्तीय पद्धति अनुसार ब्यवसायी र बैक मिलेर गरिने लगानी समतामुलक सहभागिता हो । समतामुलक सहभागिताका लागि ब्यवसायीले केही पूँजी र ७नतसम लगाउँछ भने बैँकले पूँजी उपलब्ध गराउँछ जसले गर्दा दुबै पक्ष नाफा र जोखिममा हिस्सेदार बन्दछन् । पूँजी र ७नतसमबिचको यस्तो सहभागितामूलक ब्यवस्थापनले ब्यवसायिकताको विकासका साथै आय विवरणमा सन्तुलनको सुनिश्चितता गर्दछ र अर्थतन्त्रमा ऋणदाताको एकाधिकारलाई अवसर प्रदान गर्दैन ।

(ग) संयुक्त लगानी
यो सहभागी साझेदारहरु बीच संयुक्त ब्यापारमा हुने नाफा र नोक्सानको हिस्सेदारीता परस्पर स्वीकार गरिएको सम्झौताद्वारा निर्मित सम्बन्ध हो । यो एउटा सम्झौता हो जसभित्र रहेर बैँकले एउटा कोष उपलब्ध गराउँछ जुन ब्यापारिक संस्थाको कोष र अन्य कोषमा समावेश गरिन्छ । सम्पूर्ण पूँजी पूर्तिकर्तालाई ब्यवस्थापनमा सहभागिताका रुपमा राखिन्छ तर यसो गर्नु जरुरी भने होइन । ब्यवसायमा हुने नाफा भने पूर्व मञ्जुरी गरिएको अनुपातमा नै सबै साझेदारहरुलाई वितरण गरिन्छ तर नोक्सान भने प्रत्येक साझेदारले कडाईका साथ पूँजी लगानीमा भएको योगदानको अनुपातमा नै ब्यर्होनु पर्ने हुन्छ । यो अवधारणा निश्चित आय लगानी भन्दा भिन्न रहेको छ ।

(घ) लिजिङ्ग
लिजिङ्ग बैँक र वस्तु खरिदकर्ता विचको एक प्रकारको सम्झौता हो । यो सम्झौता अनुसार वस्तु खरिद गर्नका लागि क्रेतालाई ऋण उपलब्ध गराउनुको सट्टा बैँक आफैले बिक्रताबाट वस्तु खरिद गर्न सक्छ र उक्त वस्तु केही नाफामा बैँकले क्रेतालाई बेच्न सक्दछ जसको मोल क्रेताले किस्ताबन्दीमा थोरै थोरै गरी तिर्दछ । वास्तवमा यस्तो खरिद विक्रीमा नाफा पूर्ण प्रकट भएको हुँदैन । त्यसैले यस्तो मूल्य ढिलो भुक्तानी गरे वापत कुनै जरिवाना रकम तिर्नु पर्दैन । यसलाई त्रुटिबाट बचाउनका लागि बैंकले क्रेतालाई कडाईका साथ प्रतिज्ञा गराउँछ । यसरी बैंक मार्फतबाट क्रेताद्वारा खरिद गरिएको वस्तु वा भूमि कारोबारको शुरुवातसँगसँगै क्रेताको नाममा दर्ता गरिन्छ ।

(ङ) ब्यापार विक्री
अल्पकालिन वित्तीयकरणका लागि अत्याधिक रुपमा प्रयोग हुने साधन वित्तीय खरिदको परम्परागत धारणामा आधारित छ । बैंकले खास किसिमका वस्तुहरुको आपूर्ति आफ्नो अधिनमा लिन्छग्राहकलाई पुनः बेच्नका लागि आपसी सम्झौताका आधारमा करारहरु र आपसी समझदारीहरुका सीमा एकत्रित गर्दछ । यस्तो विक्री सम्झौता पत्रमा खरिद र विक्री मुल्यअन्य लागत र नाफाको सीमा स्पष्ट रुपमा उल्लेख भएको हुनुपर्दछ । यसरी विक्री गरिएको सम्पत्तिको दायित्व ऋण पूर्ण रुपमा भुक्तानी नभएसम्म बैंकमा नै निहीत रहेको हुन्छ ।

(च) असल ऋण
प्रसिद्धिका आधारमा बढाउँदै लगिने ऋण असल ऋण हो । यसमा ऋणीले आफूले लिएको सापटी रकम मात्र बैंकलाई फिर्ता गरे पुग्छ । ऋणीले आर्जन गर्ने नाफाबाट बैंकलाई थप रकम तिर्नुपर्ने कुनै सम्झौता भएको हुँदैन । तर जे भए पनि ऋणीले उसको बिवेकमा कुनै प्रतिज्ञा विना नै स्वेच्छाले ऋणदातालाई कुनै थप र कम नतिर्ने भएकाले यस्तो लेनदेन नै वास्तविक रुपमा ब्याजरहित ऋण हो । यस्तो किसिमको ऋण विशेषतः समाजका साना ब्यावसायीहरुको विकासका लागि दिने गरिन्छ ।

(छ) संरक्षण
इस्लामी वित्तीय प्रणाली अनुसार बैंकले संरक्षक र नियन्त्रकका रुपमा कोषको संरक्षण गर्दछ । व्यक्तिले बैंकमा रकम जम्मा गर्दछ र बैंकले उक्त रकम सुरक्षित राखी निक्षेपकर्तालाई उसले चाहे बमोजिम सम्पूर्ण  रकम वा निक्षेपको केही अंश पुनः भुक्तानी गर्दछ । बैंकले उक्त निक्षेप कोषको उपयोग गर्न पाए वापत वा ब्यक्तिको निक्षेपबाट बैंकले नाफा आर्जन गरे वापत बैंकको स्वविवेकमा निक्षेपकर्ता निक्षेप रकमभन्दा केही बढी थप रकमद्वारा पुरस्कृत हुन सक्छ । यस्तो थप रकमको दर पूर्व निर्धारित नभई बैंकको नाफा दर र स्वविवेकमा निर्भर हुन्छ । यसको अर्थ संकलित निक्षेपबाट बैंकले जुन अनुपातमा नाफा आर्जन गर्दछ त्यसको आधारमा निक्षे्पकर्तालाई थपेर दिने रकमको दर प्रत्येक वर्ष निर्धारण गर्ने गरिन्छ तर निक्षेपकर्ताले आर्जन गर्ने यस्तो नाफाको २.५% इस्लामी धर्म विधानले निर्धारण गरे अनुरुप असहायगरीब आदिलाई जकात (दान) दिनका लागि बैंक स्वयम्ले कट्टा गर्दछ र यस्तो सहयोग प्रदान गर्नुपर्ने व्यक्तिलाई उपलब्ध गराउँदछ । यसरी गरीब तथा दुःखीहरुले समेत धनको उपभोग गर्न पाउँछन् ।


लेखक : इरफान पोखरेल

नमाज इस्लामको दोस्रो स्तम्भ



अल्लाह तआलाले जगतमा गरेको सृष्टिमध्ये उत्तम सृष्टि मानव हो । उनले मानिसमा बुद्धि विवेकज्ञान जस्ता गुणहरुले भरिपूर्ण पारेर सवैभन्दा श्रेष्ठ प्राणी बनाए । त्यसैले उनले अललाहपति नतमस्तक हुन र धर्मादेश पालन गरी  संसार र आखिरतको जविन उत्तम बनाउने शिक्षा मानिसहरु समक्ष पुर्याउन विभिन्न समय र स्थानमा करिब  एकलाख चौबिस हजार सन्देष्टाहर पठाए । सम्पूर्ण सन्देष्टाहरले अल्लाहको एउटै आदेश मानिससम्म पुर्याए । यसै क्रममा अल्लाहले मुहम्मद  मुस्तफा (स.) लाई अन्तिम सन्देष्टाका रुपमा छनोट गरे । यसरी अल्लाह तआलाले हाम्रो सृष्टि गरेर पालनपोषणको बन्दोबस्त समेत मिलाएकाले एउटा पक्का मुसलमान हुनका लागि हामीले कृतज्ञताविनय  र भक्ति निष्ठा र श्रद्धाकासाथ उनको गुणगान गर्नुपर्दछ ।

इस्लामका ५ वटा आधारस्तम्भहरु छन् । यस कुराको साक्षी दिनु कि अल्लाह बाहेक कोही पूज्य छैन र  मुहम्मद (स.) अल्लाहका रसुल हुन् । नमाज कायम गर्नु जकात दिनुरमजानको एक महिनाको ब्रत राख्नु र हज गर्नु । यी मध्ये एक अल्लाह नबी (स.) माथिको आस्था ईमानका पहिला आधारस्तम्भ हुन् । जकात भनवान मुस्लिमहरुका लागि अनिवार्य दान हो  भने हज धन र मक्का जाने आउने क्षमता हुनेले मात्र जिन्दगीभरमा एक पटक गर्ने तिर्थाटन हज हो । तर नमाज यस्तो इबादत (भक्ति) हो  जुन एक अल्लाहप्रति र नबी (स.) प्रतिको पूर्ण आस्था प्रकट गरेको दिनदेखि वा बालक पवित्र र अपवित्र कुराको पहिचान गरी त्यसिको पालना गर्न सक्ने भएदेखि दिनमा पाँच पटकका लागि अनिवार्य गरिएको हुन्छ ।

सफा शरीरका साथ बुजु गरेर बिहान सूर्योदय हुनु अघिदेखि सूर्यास्तको केही घण्टापछिसम्म केही समयको अन्तरालमा आफ्नो आस्थाप्रति दृढ विश्वस्त भई मुखले र क्रियात्मक रुपले उभिएररुकुअसज्दा र बसेर रसूल (स.)ले बताए ।अनुसार दोअहो¥याउने क्रियाको नाम नै नमाज हो । नमाजमा हामी भुईमा शिर टेकेर (सज्जा गरेर) आफूलाई अल्लाहको सेवक र दास हुन प्रतिज्ञा गर्दछौंउनीसँग सहयोग माग्दछौंउनको प्रकोपबाट बच्ने इच्छा प्रकट गर्दछौंउनको गन्थ कुरआनका आयतहरु दोहो¥याउँछौउनको र उनका सन्देष्टा मुहम्मद (स.) को सत्यताको साक्षी बस्छौं र आफूले गरेका राम्रा नरामा कर्महरको फल भोग्न अल्लाह तआलाको अदालतमा हामी अनिवार्य रुपले हाजिर हुनु पर्ने दिनको सम्झना गर्दछौं । विहान झिसमिसे उज्यालो हुनु अघिको नमाजमध्यान्हपछिको नमाजअपरान्हको नमाजसूर्यास्तपछि झमक्क अँध्यारो हुनु अघिको नमाजबेलुकीको नमाज क्रमशः फज्रजुहअसरमग्रिब र ईशाका नमाजहरु हुन् । यी सबै समयका नमाजका प्राय एउटै पाठ र क्रि,या दोहोर्याइन्छ । दृश्य वा अदृश्य रुपमा हामीले जे गरे पनि अल्लाह तआलाले देखिरहेका छन् भन्ने कुराको अनुभुति नमाजले गराउँछ । त्यसैले हामीलाई पूरा र सच्चा मुसलमान बनाउने नमाजभन्दा असल प्रशिक्षण अरु कुनै हुन सक्दैन । हामीलाई दैनिक कैयन पटक अल्लाहको स्मरण गराउनेउनीसित डराउनेअल्लाहको अदालतमा उभिनु पर्ने कुराको स्मरण गराउनेअल्लाहका रसुल (स.) को अनुसरण गराउने जस्ता शिक्षाहरुको अभ्यास नमाजले गराउँछ ।

यसरी कोही समयको अन्तरकालमा नमाजमा सरिक हुने व्यक्तिले नमाजपछि गर्ने सांसारिक कार्यमा सतर्कता अपनाउँछ र मनमा सँधै अल्लाहको डर राखी हरेक प्रकारका पापबाट बच्ने प्रयास गर्दछ । यति उच्चस्तरीय प्रशिक्षण पछि पनि यदि कोही अल्लाहसँग डराउँदैननमाज पावन्दीका साथ पढ्दैनअधर्मबाट बच्दैनअल्लाहका आदेशहरुको उल्लङ्घन गर्न छोड्दैन भने त्यो दोष नमाजको नभई स्वयं मानिसको विकृत मनको दोष हो । नमाजको अवस्थामा मानिस अल्लाहको सबभन्दा नजिकको अवस्थामा हुन्छ र ऊ अल्लाहसँग कुरा गरिरहेको हुन्छ र अल्लाह उसको पुकार नजिकबाट हेरिरहेका र सुनिरहेका हुन्छन् । त्यसैले अल्लाहको नजिक हुने सबभन्दा उक्तम उपाय नै अटल विश्वासका साथ स्वच्छ हृदयले नमाज पढ्नु हो ।

इस्लाम एउटा सम्पूर्ण जीवन व्यवस्था हो जसमा आस्थालाई केन्द्रीय स्थान प्राप्त छ । ईमान कबुल गरेपछि एउटा ईमानवालाको लागि पहिलो अनिवार्य कार्य नमाज हो । नमाजको उल्लेख कुरआनमा ६४ पटक भएको छ । त्यसैगरी हदीसमा पनि नमाजको धेरै उल्लेख भएको छ । त्यसैगरी हदीसमा पनि नमाजको धेरै उल्लेख भएको पाइन्छ । एकातिर नमाज मुस्लिम र काफिरका बीच फरक गर्ने शक्ति हो भने अर्कोतिर नमाज ठीक तरिकाबाट पूरा गर्ने व्यक्ति इस्लामका बाँकी कार्य र भक्तिहरु नि पूर्ण रुपले गर्नेवाला बन्न पुग्छ । यो यस्तो भक्ति हो जुन हरेक नबी र उनका अनुयायीहरुमाथि अनिवार्य गरेको छ ।

लेखक : इरफान पोखरेल
pokharel234@gmail.com

महिला अधिकार र इस्लाम



आजभोलि सबभन्दा बढी चर्चा परिचर्चा गर्ने गरेको विषयवस्तु महिला अधिकार हो । सञ्चार माध्यमहरुले मानव अधिकारको चर्चा गर्दा महिला अधिकारमहिला पुरुष समानताका कुरा निकै उछाल्ने गर्दछन् । आजको विश्वमा महिलालाई हेर्ने तीनवटा दृष्टिकोण रहेको देखिन्छ । पूर्विय दृष्टिकोणमा समाजमा महिलाको कुनै अस्तित्व नै छैन । उसको न त सामाजिक हैसियत छन त आर्थिक अस्तित्व नै । यस दृष्टिकोणमा महिला पुरुषकी दासी हुन् । विवाहपछि महिला पुरुषको दासी हुन् । विवाहपछि महिला लोग्ने कि पत्नी मात्र रहन्छे भने पुरुष पत्नीको पतिदेव तथा मालिक । उसको कर्तव्य नै आफूलाई लोग्नेको पैताला मुनि रहेको ठानी पतिलाई खुशी पार्न उसको सेवामा तल्लीन रहनु । विवाहपछि पतिको दिर्घायुका लागि ब्रत र पतिभक्तिबाट मात्र पत्नीले मोक्ष पाउने धारणा पूर्विय दृष्टिकोणमा रहेको छ । पतिको मृत्युपछि उसको अस्तित्व मेटिने हुँदा पतिको लाससँगै जलेर सति जान समाजले उत्प्रेरित गर्ने कुरा सन् २००६ मा भारतको गयामा भएको घटनाले देखाएको छ । पत्नीको मृत्युपछि विदुर पुरुषलाई जतिपटक पनि विवाह गर्नमा छुट दिनु वा विवाह गर्न समाजले नै उत्प्रेरित गर्ने तर पति मरेकी विधवा महिलालाई अर्काे विवाह गर्नमा त के कुरा शिर ठाडो पारेर हिड्न पनि समाजले नदिने । पति टोक्ने महिलाको लाञ्छना खेप्दै अनेकौ अमानवीय दुव्र्यवहार र अपहेलना सहदै मर्नु न बाँच्नुको अवसथामा मानसिक प्रतावना सहेर बाँच्नु पर्ने बाध्यता महिलालाई हुन्छ । अझ विधवा महिललालाई समाजले बोक्सीको उपमा दिएर मानवीय मलमुत्र खुवाउने र घर तथा गाउबाटै निकाल्ने जस्ता घृणित र अमानवीय व्यवहार गर्न पुग्छ ।यस दृष्टिकोणमा महिलाको कुनै आर्थिक हैसियत हुदैन । पुरुषले भन्दा दोब्बर तेब्बर काम बिहान झिसमिसे उज्यालोदेखि राती झण्डै मध्यरातसम्म काममा जोतिएर पनि उसले सम्पत्ति राख्ने कुनै अधिकार पाउदिन । वस्तु तथा सेवाको उपभोगमा पनि पुरुषे पर्याप्त भएपछि मात्र महिलाले पाउँछे ।

महिला प्रतिको दोस्रो दृष्टिकोण पश्चिमी दृष्टिकोण हो । यस अनुसार महिलालाई पुरुष समान ठान्नाले महिलाहरु आफ्नो कर्तव्यबाट अलग्गिएका छन् । पूर्विय दृष्टिकोणबाट भन्दा पश्चिमी दृष्दिकोणबाट महिलाहरुमाथि अत्यधिक शोषणदमनहिंसा हुने गरेको छ । पश्चिमी सभ्यताले महिलालाई समानताको नाममा उसलाई उसको प्राकृतीक जिम्मेवारीबाट हटाएर अप्राकृतिक जिम्मेवारी बोकाइदै छ । उनीहरुले महिलालाई  कामवासनाको वस्तु बनाएका छन् । महिलाई पुरुयाको रुपमा पुरुषको पोशाकमा उभ्याउनेवस्तु विकाउको माध्यम बनाउनेनिर्लज्जका साथ नङ्ग्याउनेआफ्नो इच्छापूर्ति र खेलौनाको साधन बनाउने काम पश्चिमी सभ्यताले गरिरहेको कुराको कुनै आभास नगरी कतिपय महिलालहरु पनि पुरुषले जसो भन्यो त्यसै गरिरहेका छन् । त्यसैले त आजको समाजमा निर्लज्जपन बढ्दै गएको छ । ती महिलाहरु नाङ्गिनु र आफूलाई पुरुष समान भएको गौरवान्वीत ठान्दछन् र आफूलाई पुरुष समान भएको ठान्दछन् । आफ्नो शारिरिक बनोट नारीत्वको ख्याल नगरी अंग प्रदर्शन गर्दै पुरुषबाट हुने छेडखानीयौनशोषण र हिंसामा आफुलाई तयार राख्नुमा नै आफ्नो  अस्तित्वमर्यादाइज्जत र प्रतिष्ठा ठान्नु कतिसम्म अज्ञानता हो । तपाई एकछिन सोच्नुहोस् त एकजना पूरै शरीर ढाक्ने गरी महिलाको सहि पोशाकमा सजिएकी महिला र शरीरका अंग देखिने गरी छोटाकसिला र अर्धनग्न हुने पोशाकमा सजिएकी महिला मध्ये कसमाथि बढी हिंसाशोषण र छेडखानी हुन्छ । अवश्य नै दोस्री महिला माथि बढी हुन्छ । समाजमा महिला माथिका यौन दुराचारको मुख्य कारण यही दोस्रो स्वरुपकी महिलाको कारणले गर्दा हो र यो पश्चिमी शोच र अन्धो अनुशरणको परिणती हो ।

पश्चिमी सोच अनुसार नारी समानताको नारा सुन्दा त अति कर्ण प्रिय लाग्दछ । तर समानता भनेको केहो एकछिन सोचौं त ७तिस गणितीय दृष्टिमा समान मान भएका दुई विचरणहरुलाई एक अर्कोको सट्टामा प्रतिस्थापन गरे समन परिणाम आउँछ । नारी पुरुष बीचको पश्चिमी दृष्टिकोण पनि यहि हो । तर के यस दृष्टिले महिला र पुरुष समान छ भने महिलाले गर्ने सबै काम पुरुषले वा पुरुषले गर्ने सबै काम महिलाले गर्न सक्लान् ? अवश्य संभव छैन । त्यसैले प्राकृतिक रुपमा नै महिला पुरुष समान छैनन् भने उनीहरुको काम कर्तव्य कसरी एक समान हुन सक्छ ७तिस उनीहरुका काम र कर्तव्य महत्वको दृष्टिले भने एक समान छन् किनकी महिला र पुरुष एक अर्काका परिपुरक हुन् । पश्चिमी सभ्यताले स्वतन्त्रता र समानताको नाममा महिलालाई दोब्बरतेब्बर जिम्मेवारी वहन गर्न बाध्य पारेको छ । महिलाले घर धन्दा गर्नुपर्नेबच्चा जन्माउनु र स्याहार सुसार गर्नु पर्नेकार्यालय वा व्यापार सम्भाल्नु पर्ने बाध्यता थोपरेको छ । यसबाट एकातिर घर बाहिरको काम पनि महिलाले नै सम्पन्न गर्नुपर्ने अवस्था पश्चिमी सभ्यताले ल्याएको छ ।

पश्चिमी समाजले महिलालाई जुन समानता र स्वतन्त्रता दिएको छ त्यो महिलाले हैसियतले होइन बरु तिनीहरुलाई पुरुष बनाएर दिएको छ । आज उनीहरुको दृष्टिमा महिलाको पत्नी र आमाको रुपमा कुनै इज्जत छैन ।  इज्जत त त्यसको छ जसको शारीरिक बनोट महिला हो तर त्यसले पुरुष सँगै पुरुषको जस्तै काम गर्छे र प्रत्येक क्षेत्र र स्थानमा पुरुषको कामवासनाको तृप्ती गर्छे । त्यसैले  पश्चिमी दृष्टिकोण भएका महिलाहरु आफू पुरुष सरह बन्नमा नै इज्जत ठान्दछन् । यसले महिलाहरुमा आफू महिला भएकोमा हिनताको भावनाको विकास हुँदै जान थालेको छ । यसको प्रष्ट प्रमाण महिलाहरु विकास हुदै जान थालेको छ । यसको प्रष्ट प्रमाण महिलाहरु पुरुषको भेष र स्वरुपमा देखिन मन पराउनु र पुरुषको जस्तै काम गर्न रुचाउनु र यसैमा आफ्नो इज्जत बढ्ने ठान्नु हो । के कुनै पुरुषले महिलाको  भेष अपनाउन वा उसको जस्तो रुपमा रहन वा महिलाले गर्ने काम गरेको वा गर्न रुचाएको तपाईले देख्नु भएको छ । महिलाले गर्ने काम गरको वा गर्न रुचाएको तपाईले देख्नुभएको छ । महिलाले गर्ने केही काम पुरुषले गरिहाले पनि इज्जत बढ्ने सोचाईले नभएर बाध्यात्मक परिस्थितिले गर्दा मात्र हो । पश्चिमी सोच भएका लाखौँ महिलाहरु पत्नी बन्नुमा आफ्नो अपमान ठान्छन् । तर कुनै पनि पुरुषपति पनि बन्नुमा अपमान ठान्देनन् ।

महिलालाई हेर्ने तेस्रो दृष्टिकोण इस्लामीक दृष्टिकोण हो । यो दृष्टिकोण प्राकृतिक र न्यायेयिक छ । इस्लामले महिलालाई उचित हकअधिकार र जिम्मेवारी दिएको छ । महिलाको हक र अधिकारको सुरक्षा र इज्जत तथा प्रतिष्ठा आज भन्दा १४ सय वर्ष अघि नै इस्लामले स्थापना गरिसकेको छ । आज विश्व भरका महिलाहरु जुन जायज केही हक र अधिकारका लागि आवाज बुलन्द पार्दै संघर्ष गरिरिहेका छन् त्यो इस्लामले दिएको शिक्षाबाट सचेत नभएको कारणले गर्दा महिलाहरु आफ्नो हक र अधिकारबाट बन्चित भएका हुन् । महिला र पुरुष शारिरिक र मनोभावनाको दृष्टिले एक समान नभए पनि मानव हुनुको नाताले यी दुबै समान छन् ।

यस संसारको लागि महिला र पुरुषको समान महत्व रहेको छ । अल्लाहको नजिक त राम्रो काम गर्ने व्यक्ति नै श्रेष्ठ हुन्छ चाहे त्यो पुरुष होस् वा महिला । पवित्र कुरआनको सूरह अन्नह्लको आयत नं. ९७ मा अल्लाहले भनेका छन् पुरुष होस् वा महिला जसले इमान ल्याएर सत्कर्म गर्छ हामी अवश्य नै उसलाई पवित्र जीवन यापन गराउने छौं र उनीहरुले गरेको कार्यहरुको उत्तम प्रतिदान प्रदान गर्नेछौं ।” अल्लाहले महिला तथा पुरुष दुवैलाई समान प्रतिदान प्रदान गर्नेछन् । कुरआनको सुरह अल् अह्जाब आयत नं. ३५ मा अल्लाहले भनेका छन् समर्पित आस्थावान् आज्ञाकारीसत्यवादीधैर्यवानविनयशीलदानीब्रतालुपर्दामा रहने र अल्लाहलाई अत्यधिक याद गनेर्ए पुरुष तथा महिलाहरुका लागि अल्लाहले निश्चय नै क्षमा र महान् प्रतिदान तयार पारेर राखेका छन् ।

इस्लामका पाँच मूल स्तम्भहरु सहादत (एक अल्लाहमाथिको आस्था) नमाज (प्रार्थना)जकात (धर्मदान)रोजा (ब्रत) र हज (तिर्थयात्रा) महिलार पुरुष दुवैको लागि एक समान रुपमा अनिवार्य छन । यसमा महिला र पुरुष बिच कुनै भेदभाव छैन । बरु नमाज र रोजामा केहि अवस्थामा महिलालाई छुट दिइएको छ जुन छुट पुरुषलाई कुनै पनि हालतमा दिएको छैन ।महिला पुरुष बिचको भिन्नता प्राकृतिक भिन्नता हो जुन मानिसले सच्याउन सक्दैन । प्रकृतिले महिला र पुरुषलाई जुन योग्यता र क्षमता प्रदान गरेको छ त्यसै अनुसार पुरुषको काम परिवारको जीवीकोपार्जनको साधन जुटाउनु र सुरक्षा प्रदान गर्नु हो । असामान्य परिस्थितिमा बाहृक सामान्यत घर बाहिरका सम्पूर्ण काम र परिवारको भरणपोषण र खर्चको बन्दोबस्त गर्ने जिम्मा पुरुषको काँधमा हालेको छ जसले गर्दा जीविकोपार्जनको लागि महिलाले संघषृ गर्नु पर्दैन । यसले गर्दा महिलाहरु घर बाहिर पुरुषबाट हुने यौन दुव्र्यवहार र यौन शोषणबाट मुक्त हुन्छन् । इस्लामले महिलालाई आफ्नो सम्पूर्ण ध्यान र समय घरभित्रको व्यवस्थापनरेखदेख गर्न र पारिवारिक जीवन सुखमय बनाउने प्रयत्नमा लगाउन  आदेश दिएको छ तर पुरुष्या कमाइ गर्न असमर्थ भएमा वा अन्य केही अवस्थाहरुमा यौन दुव्र्यवहार हुन नपाउने स्थानमा वा महिलाहरुको बाहुल्यता भएको स्थापनामा पदार्बमा रहेर नोकरी गर्न वा व्यापार व्यवसाय गर्न महिलालाई छुट रहेको छ ।

इस्लाममा महिला र पुरुष दुवैलाई शिक्षाको समान अधिकार रहेको छ । इस्लामले धार्मिक शिक्षालाई पनि त्यत्तिकै महत्व दिन्छ जति आधुनिक शिक्षलाई दिएको छ । धार्मिक शिक्षाले मानिसलाई चरित्रवानअल्लाहप्रति आस्थावान, बिनयी, परिश्रमी र सहयोगी बन्न सिकाउँछ । यस्तो व्यक्ति मात्र अल्लाहको नजिक सफल व्यक्ति हुन्छ र उसले यस लोक तथा परलोक दुवैमा सफलता पाप्त गर्दछ । त्यसैले बालबालिकालाई धार्मिक शिक्षा आमा नै दिन सक्छिन् किनकी बाबु भन्दा बढी समय आमा नै आफ्ना छोराछोरीसँग रहन्छिन् । यदि आमा नै शिक्षित भइनन् भने उनले आफ्ना छोराछोरीलाई शिक्षा दिक्षा दिन सक्दिनन् । त्यसैले पुरुष भन्दा पनि महिलाले शिक्षा पाउनु बढी जरुरी छ । इस्लामले  यसमा कुनै विभेद गरको छैन । अज्ञानताको कारणले गर्दा यो विभेद  सबै  समाजमा उत्तिकै देखिन्छ । अन्तिम सन्देष्टा हजरत मुहम्मद (स.) ले भन्नु भएको छ “ शिक्षा पाप्त गर्नु प्रत्येक पुरुष एवं महिलाको लागि अनिवार्य छ ।” यसबाट के प्रष्ट हुन्छ भने इस्लाममा शिक्षा लिन महिला र पुरुष दुवैलाई अनिवार्य छ ।

कुरआन मात्र त्यस्तो धर्मशास्ध हो जसमा महिलाको पैत्रिक एवं अन्य सम्पत्तिको अधिकारको स्पष्ट किटान रहेको छ त्यसैले इस्लामले महिलालाई सम्पत्ति राख्ने पुर्ण अधिकार दिएको छ । यसको सम्पत्तिमा कुनै प्रकारको हस्तक्षेपलाई अनुचित एवं अवैध ठहराएको छ । महिलाले दुईतिरबाट सम्पत्ति पाउछिन । पहिले त बाबुको पैत्रिक सम्पत्तिमा उनको पूर्ण अधिकार रहेका छ भने दोस्रो पतिको तर्फबाट पनि सम्पतिको हकदार हो । पति तर्फबाट त विवाहकै समयमा महरका रपमा निश्चित नगदसुन वा सम्पत्ति पाउछिन् । बर र बधु पक्षबाट आपसी सहमतिमा निर्धारण गरिने उक्त सम्पत्तिमा महिलाको एकपक्षीय अधिकार रहेको हुन्छ । उसले आफ्नो इच्छा अनुसार खर्च गर्न वा व्यवसायमा लगानी गर्न सक्छे । इस्लाममा जुन प्रकारले पुरुषलाई सम्पत्तिका अधिकार छ त्यसै प्रकारले महिलालाई पनि छ । पवित्र कुरआनको सुरह अन्निसा आयत नं. ४ मा भनिएको छ “ महिलाहरुलाई उनीहरुको महर खुुशीसाथ पदान गर ।” त्यस्तै आयत नं. ७बmउस मा भनिएको छ, “ मातापिता एवं निकटतम नातेदारहरुले छाडेको धन सम्पत्तिमा महिलाहरुको पनि केही अंश हुन्छ ।” पैत्रिक सम्पत्तिमा महिलाको अधिकार बारेमा विस्तृत विवरण पवित्र कुरआनको सुरह अन्निसामा रहेको छ । यस सूरहको खास गरी आयत नं. १० र ११ मा बढी स्पष्ट पारिएको छ । महिलाको नाममा नै एउटा सिंगै सूरह नै अल्लाह तआलाले अवतरित गर्नु महिलालाई पुरुष भन्दा एकदर्जा उच्चता प्रदान गर्नु हो । सुरह निसा महिलालाई संबोधित गरिएको सुरह हो ।

विवाहका सन्दर्भमा पुरुषलाई एक मात्र विवाह गर्ने आदेश इस्लाममा मात्र भएको छ । यस्तो विवाहको संख्या किटान गरिएको अन्य कुनै धर्मका धर्मग्रन्थ छैनन् । हुन त सबैमा समान न्याय गर्न अनुमति इस्लामले दिएको छ तर यो अनिवार्य होइन । पवित्र कुरआनको सूरह निसा आयत नं. ३ मा स्पष्टसँग भनिएको छ। यदि तिमीहरुलाई अनाथ पति न्याय गर्न नसकिएला कि भन्ने डर छ भने तिमीहरु आफूलाई मन परेका महिलाहरु मध्ये २/२ वा ३/३ वा ४/४ जनासँग बिहे गर । तर यदि यी पीत्नहरु बीच न्याय गर्न सक्दैनौ भन्ने आशंका छ भने एउटीमा मात्र सीमित रहु ।” पुरुषलाई यस्तो छुट छ तर महिलालाई भने एक पटकमा एक भन्दा बढी पुरुषसँग विवाह गर्ने अनुमति छैन । किनकी पुरुषले न्याय गर्न सक्ने अवस्थामा विवाह गरेका महिलाबाट जन्मेका सन्तानका मातापिताको स्पष्ट पहिचान हुन्छ तर महिलाले एकै पटक एक भन्दा बढी पूरुषसँग विवाह गरेमा जन्मेका छोराछोरीको बाबुको स्पष्ट पहिचान हुन सक्दैन जसबाट परिवार र समाज नै लथालिङ्ग हुन पुग्दछ । इस्लाममा एक पुरुषकी पत्नी अरु पुरुषका लागि अवैध हुन्छिन् । पुरुषलाई आफ्नी पत्नीलाई तलाक गर्ने अधिकार भए झै महिलालाई पनि यस्तो अधिकार खुलको रुपमा इस्लामले व्यवस्था गरेको छ । दुवै पक्षबाट सम्बन्ध विच्छेद गर्दा आफूलाई मन लागेको ढंगबाट जहिले पायो त्यहिले गर्न पाउदैनन् । यसको लागि निश्चित धर्मशास्त्रिय विधि विधान पुरा गर्नुपर्ने हुन्छ । यो प्रावधान दुवैका लागि समान रहेको छ । सम्बन्धबिच्छेदको निश्चित समय अवधि पछि वा पति अथवा पत्नीको मृत्युपछि अर्को विवाह गर्ने अधिकार महिला र पुरुष दुवैलाई एक समान रहेको छ । स्मरण रहोस् अन्तिम सन्देष्टा हजरत मुहम्मद (स.)ले दुई पटक विधवा बनिसकेकी हजरत खदिजासँग पहिलो विवाह गर्नु भएको थियो ।

इस्लामले महिलालाइई पुरुषलाई भन्दा एक दर्जा उच्चता प्रदान गरेका छ । वर्तमान समयमा जन्मनु अघि नै छोरीको हत्या गर्भमा नै गरिन्छ र छोरी जन्मिहाले पनि बोझको रुपमा लिने गरिन्छ । तर इस्लाममा छोरीका बाबुलाई स्वर्गको हकदार मानिन्छ । एउटा हदिस अनुसार जो बाबुका छोरी जन्मीएका छन् र तिनीहरुको राम्रोसँग पालनपोषण  गरी राम्रो घरानामा विवाह गरिदिन्छ ऊ स्वर्गको सुखसयलको हकदार बन्दछ । सम्मानको दृष्टिमा बाबुको भन्दा आमाको  तीन गुणा बढी रहेको छ । अल्लाह तथा रसूल पछि सममानको हकदार आमा हुन् । एउटा हदीस अनुसार आमाको पैताला मुनि स्वर्ग रहेको छ । यसको अर्थ जसले आमाको राम्ररी हेरचाह गर्दछ उसले स्वर्गको सुख प्राप्त गर्दछ । यसरी इस्लाममा महिलाको इज्जतसम्मान र अधिकार उच्च रहेको प्रष्ट हुन्छ ।

अन्तमा म सम्पूर्ण दिदिबहिनीहरुलाई के आग्रह गर्दछु भने हामीले आफूमाथि बोझ थोपरेर होइनआफूलाई वस्तु बिकाउको माध्यम बनाएर होइनआफूलाई नङ्ग्याएर होइनआफूलाई पुरुषको पतिस्थापक रुपमा खडा गरेर होइन आफ्नो प्रकृति अनुरुप महिलाकै रुपमा पेश गरेर इस्लामले दिएका अधिकार प्राप्त गर्न खोजेर अधिकार सम्पन्न बनौ र आफूले पनि आफ्ना छोरीबुहारीआमापत्नीलाई अल्लाहद्वारा प्रदत्त अधिकारबाट बन्चित गर्ने दुस्साहस नगरौं । इस्लामको असल पालनामा अल्लाह तआलाले हामीलाई सक्षम बनाउन् । आमीन् सुम्मामीन् ।


लेखक : इरफान पोखरेल

अनिवार्य रोजा रमजान महिनामा


इस्लामका पाँच आधार स्तम्भहरु मध्ये रोजा एउटा स्तम्भ हो । अनिवार्य इस्लामी कर्तव्य वा उपासनाहरुमध्ये रोजा पनि एउटा उपासना हो । अरवी शब्द सियाम’ को फारसी अनुवाद रोजा हो । नेपाली भाषामा यसलाई उपबास वा ब्रत भनिन्छ । सियाम’ को शाब्दिक अर्थ आफूलाई केही कार्यहरुबाट रोक्नु हो । तर यहाँ यसको अर्थ फज्र (बिहान सूर्योदय हुनु अघि) को नमाजको समय शुरु भएदेखि सूर्यास्त नभएसम्म नियतका साथ खानपिन र यौन क्रियाकलापबाट आफूलाई रोक्नु हो । कुरआनमा भनिएको छ, “मैले करुणामय (रहमान) का लागि आफूलाई रोकिराख्ने प्रतिज्ञा गरेकी छु ।

यहाँ यसको अर्थ अनर्थ कुराबाट आफूलाई रोक्नु हो । अल्लाहको प्रसन्नताको लागि मनोकाँक्षालाई रोक्नु वा वशमा पार्नुमनमा अल्लाहको भय लिएर नराम्रा क्रियाकलाप र बोली वचनबाट आपूmलाई रोक्नुहरहमेशा अल्लाहलाई याद र प्रेम गर्नु र बढीभन्दा बढी मात्रामा आपूmलाई पूण्य कार्यमा समर्पित गर्नु नै रोजाको वास्तविकता हो ।

हिजरी पात्रो अनुसारको नवौं महिनालाई रमजान महिना भनिन्छ । यस महिनालाई वर्षको सबभन्दा पवित्र महिनाको रुपमा जानिन्छ । वर्षभरीका अन्य एघार महिनाका केही दिनमा ऐच्छिक (नफिल) रोजा राख्न सकिन्छ तर यो महिनामा प्रत्येक वालिग महिला तथा पुरुषले रोजा राख्न अनिवार्य छ । नैतिक र व्यवहारिक रुपमा सचेत प्रत्येक महिला तथा पुरुषलाई रमजान महिनाको रोजा राख्न अल्लाह तआलाबाट नै अनिवार्य गरिएको छ ।

सामान्यतः हामीले सुनेदेखे र भोगे अनुसार कुनै पनि कानुनको आवश्यकता जुनबेला पर्छ त्यसैबेला त्यो तयार गरिन्छ र त्यसलाई तत्काल लागु पनि गरिन्छ । यदि कानून निर्माण कै समयमा लागु गर्न सकिएन भने त्यो प्रभावकारी बन्न सक्दैन र त्यसबाट मानिसले लाभ उठाउन पनि सक्दैन । यस्तो मानव निर्मित कानून कुनै निश्चित क्षेत्र वा राष्ट्रको लागि हुन्छ र चाहेको अवस्थामा सजिलै परिवर्तन गर्न वा हटाउन सकिन्छ । यस्तो कानून कुनै एक राष्ट्र वा राज्यको लागि मात्र त्यहाँको आवश्यकता अनुसार बनाइएको हुन्छ जुन अर्को राष्ट्र वा राज्यको लागि लाभदायक नहुनसक्छ । त्यसैले त्यस्तो कानून वा संविधान अर्को राष्ट्रको लगि अमान्य बन्न पुग्छ ।

हरेक देशमा कानून जुन समयमा बन्छ तत्काल त्यो लागु भई हाल्छ । यदि सोहि समयमा त्यस कानूनलाई लागु गर्न सकिएन भने त्यो कानूनको औचित्य रहदैन । समय र आवश्यकता अनुसार उक्त मानव निर्मित कानून सजिलै परिवर्तन हुन सक्छ । हामीले देखेभोगे अनुसार यस्तो कानुन यदि प्रतिकुल देखिएमा तत्काल परिवर्तन हुनसक्छ । तर परिवर्तित कानुन पनि त्यसै सयमा लागु गरिन्छजुन समयमा त्यो बनेको हुन्छ ।

समय समयमा परिवर्तन भइरहने मानव निर्मित कानुनप्रति हुने व्यवहार त यस्तो छ भने कुरआन त सत्य ईश्वर अल्लाहको कानुन हो । मानवको मार्ग निर्देशनको लागि उसको संपूर्ण पक्षलाई स्पष्टसँग निर्देशित गरिएको ईश्वरीय कानुन कुरआन हो । मानिसले गर्न हुने वा गर्न नहुनेअसल वा खराब कार्यपाप वा पूण्य कर्महरु बारेमा यसले स्पष्ट पारेको छ । अल्लाहले फरिश्ता जिब्रइल (अलै.) को माध्यमबाट मुहम्मद (स.) माथि अवतरित गरेको यस कुरआनमा सांसारिक कुनै पनि मानवीय क्रियाकलापको मार्ग निर्देशन छुटेको छैन । मानिसको जीवनमा गरिने आर्थिकसामाजिकनैतिकआध्यात्मिकराजनैतिकयुद्धसन्धि संझौता लगायत संपूर्ण क्रियाकलापहरुमा कुन असल र कुन खराब हो भन्ने कुराको पहिचान यसले गराउँछ ।

असल कार्यबाट हुने लाभकल्याण र पूण्य तथा खराब कार्यबाट भोग्नु पर्ने हानीपिडा र यातनाको उदाहरण दिएर यसले मानिसलाई सचेत गर्न खोजेको छ । मानिसको अल्पकालिन सांसारिक जीवन र मृत्यु पर्यन्तको अनन्तकालिन जीवनलाई सुखमय बनाउन दिशा निर्देश गर्ने एक मात्र कानूनको अवतरणको प्रारम्भ रमजान महिनामा भयो । कुरआनको अवतरण रमजान महिनाबाट शुरु भएको भन्ने कुराको प्रमाण कुरआनमा नै रहेको छ । पवित्र कुरआनको दोस्रो अध्यायको श्लोक नं. १८५ मा भनिएको छ, “रमजानको महिना त्यो महिना हो जसमा कुरआन अवतरित गरियो । यो मानवजातिको लागि मार्गदर्शन हो र यसमा सत्मार्गको लागि र सत्य तथा असत्य बीच फरक छुट्याउन स्पष्ट प्रमाणहरु छन् । अत तिमीहरु मध्ये जसले यस महिनालाई पाउँछ उसले अनिवार्य रुमपा यसको ब्रत राखोस् र जो बिरामी वा यात्रामा छ उसले अरु दिनहरुमा ब्रत राखी त्यसको गन्ति पुरा गरोस् ..... ।” अल्लाह तआलाले मानव जीवनको पूर्ण व्यवस्था मिलाउन मार्ग निर्देशन गर्ने संपूर्ण कुरआन अल्लाहका दुत (फरिश्ता) जिब्राइल (अलैं) लाई यसै रमजान महिनामा दिए र अल्लाहको आदेश अनुसार आवश्यकता अनुसार अलि अलि गर्दै अन्तिम सन्देष्टा मुहम्मद (स.) माथि यसै रमजान महिनादेखि अवतरित गर्न शुरु गरे । यो क्रम २३ वर्षसम्म कायम रह्यो र संपूर्ण कुरआन नवी (स.) मा अवतरित भयो जसबाट मानवले मार्ग दर्शन पाए ।

मानिसको सुख सुविधाको लागि प्रलयको दिन सम्मका लागि सृष्टिकर्ता पालनकर्तारक्षकदयावान् अल्लाहको तर्फबाट पठाइएको कानून वा संविधान रमजान महिनामा अवतरित भएकाले यसलाई त्यसै महिनामा लागु गर्नुको कुनै विकल्प थिएन । त्यसैले अल्लाहले धैर्यताआत्मासंयमता र दयालुताको परीक्षाको रुपमा रोजालाई यसै महिनामा अनिवार्य गरे । अल्लाहले कुरआन अवतरण गरेको महिना रमजान वर्ष भरीको सबैभन्दा पवित्र महिना हो । त्यसैले सबभन्दा पवित्र महिनामा नै रोजा अनिवार्य हुनु उचित थियो र त्यसै अनुसार भयो पनि । जसरी अन्धकार रातको अन्त्य र बिहानीको शुरुआत सँगै नयाँ बिहानीको रुपमा कुरआनको अवतरण रमजान महिनाबाट शुरु भयोत्यसैलाई रोजाको महिना घोषित गर्नु सर्वथा सहि थियो । नयाँ बिहानीको उज्यालो प्रकाश बोकेर आएको यस रमजान महिनाका दिनहरुलाई रोजाले र रातहरुलाई उपासनाले सुसज्जित पार्नु सर्वथा उचित थियो ।

रमजान महिना नै त्यो महिना हो जसमा नवी (स.) सबभन्दा बढी कुरआन पाठ गर्नुहुन्थ्यो र उहाँ (स.) यसै महिनामा सबभन्दा उदार र सत्कर्मी बन्नुहुन्थ्यो । त्यस्तै यसै महिनामा फरिश्ता जिब्राइल (अलैं) नवी (स.) समक्ष आएर कुरआन पाठ दोहो¥याउने गर्थे । अल्लाहले यसरी रमजान महिनालाई पवित्र र महत्वपूर्ण बनाएर रोजाको महिनाको रुपमा छनोट गरेका हुन् ।

हदीस संग्रह मिश्कातमा उल्लेख भएको एउटा हदीसले पनि रमजान महिनामा रोजा अनिवार्य हुनुको कारण प्रष्ट पार्दछ । सलमान फारसीको भनाई छशअ्वान महिनाको अन्तिम दिनमा नवी (स.) ले खुतबा (भाषण) दिनुभयो जसमा उहाँले भन्नुभयो, “हे मानिसहरु हो ! एउटा महान तथा मंगलमय महिना नजिक आएको छ । त्यो यस्तो महिना हो जसको एकरात एकहजार महिनाभन्दा उत्तम छ । अल्लाह तआलाले यस महिनामा रोजा राख्न अनिवार्य गरेका छन् र यस महिनामा तराविह पढ्न नफ्ल (स्वेच्छिक) गरिदिएका छन् । जो व्यक्ति यस महिनामा कुनै एउटा असल कार्य आफ्नो हृदयको खुशीले स्वयं गर्छ त्यो यस्तो हुन्छ जस्तो कि रमजान बाहेकको अर्का महिनामा फर्ज (अनिवार्य) पूरा गरेको हो । यस महिनमा फर्ज (अनिवार्य) पूरा ग¥यो भने त्यो यस्तो हुन्छ जस्तो कि रमजान बाहेक अर्को महिनामा कसैले सत्तरी फर्ज पूरा ग¥यो । यो धैर्यको महिना हो र धैर्यताको बदला जन्नत (स्वर्ग) हो । यो महिना समाजका गरिब र आवश्यकता भएकाहरुका साथ दया र सद्भावको महिना हो ।” रमजान महिनाले पुरा वातावरणलाई मलाई र ईशभयको आत्माले भरिदिन्छ ।

जसले गर्दा पूरै समुदायमा ईशभय र ईशप्रेमको खेती हराभरा भएझै लाग्छ । यो महिना हरेक आस्थावानहरुको लगि भलाई नै भलाईको रुपमा रहेको छ । मानिसको मन भड्काएर कुमार्ग अर्थात अनास्थाको मार्ग तर्फ लैजान खोज्ने सैतानहरु पनि पनि बाँधिएका हुन्छन् र नर्कका ढोकाहरु बन्द गरिएका हुन्छन् । रमजान महिनाका रातहरु ईशभय राख्नेहरुका लागि महत्वपूर्ण रहेका छन् । किनकी यस महिनाको एउटा रात यस्तो छ जुन एक हजार महिना भन्दा उत्तम छ । यस अनुसार रमजान महिनाको अन्तिम पाँच बिजोर रात मध्ये एउटा रात यस्तो छ जसमा गरेको उपासनाईशप्रेमईशभक्ति ८३ वर्ष ४ महिना भन्दा बढी समयमा रातदिनमा गरेको उपासना भन्दा उत्तम हुन्छ । जसले यस रातलाई पाउँछ ऊ पारलौकिक जीवनमा मालामाल हुनेछ । त्यसैले जसले ईशभयका साथ यस महिनाका अन्तिम पाँच बिजोर रातमा अल्लाहको उपासना गर्छ उसले त्यो रातको पूण्य प्राप्त गर्छ ।

अनिवार्य रोजा रमजान महिनामा नै हुनुको कारण निम्न हदीसहरुबाट पनि प्रष्ट हुन्छ । (क) हजरत अबू हुरैरह (रजि.) को भनाई छरसुलुल्लाह (स.) ले भन्नुभयो, “जसले ईमान (आस्था) का साथ आत्म मुल्याङ्कन गर्दै रमजानको रोजा राख्छ उसका अतीतका (सानातिना) पापहरु माफ गरिनेछन् र जसले रमजानका रातहरुमा पूण्य प्राप्तिका लागि ईमान (आस्था) का साथ र आत्म मुल्याङ्कन गर्दै नमाज पढ्यो उसका लागि अतीतका (सानातिना) पापहरु माफ गरिनेछन् ।” (तिर्मिजी)

(ख) हजरत अबू हुरैरह् (रजि.) को भनाई छरसूलुल्लाह (स.) ले भन्नुभयो, “तिमी समक्ष रमजान महिना आयोयो पवित्र महिना हो । अल्लाहले यसको रोजा तिमीमाथि अनिवार्य गरेका छन् । यस महिनामा स्वर्गका ढोकाहरु खोलिन्छन् र नरकका ढोकाहरु बन्द गरिन्छन् र शैतानहरु सिक्रिमा बाँधिन्छन् । यसमा एउटा रात यस्तो छ जुन हजार महिनाभन्दा उत्तम छ । जो व्यक्ति यस रातको पूण्यबाट बञ्चित रह्योत्यो पूण्य प्राप्तिबाट बञ्चित रहयो ।” (नसईकिताबुस्सियामह. २११०)

यो त भयो रमजान महिनामा नै रोजा अनिवार्य गर्नुको हाम्रो तर्क कुरआन र हदीसको प्रकाशमा । यो मानवीय सामान्य तर्क मात्र हो । यसै महिनामा रोजा अनिवार्य गर्नुको वास्तविक कारण त अल्लाह तआलालाई नै थाहा होला जुन सामान्य मानव मस्तिष्कले जान्न सक्दैन । त्यसैले रमजान वाहेकको महिनामा रोजा अनिवार्य किन भएन भनेर प्रश्न गर्नु हाम्रो मुर्खता हुनेछ र रोजा प्रतिको आस्था नै कमजोर भएको ठहरिने छ ।


लेखक : इरफान पोखरेल  

अन्तिम संदेष्टा मुहम्मद (उनीमाथि अल्लाहको शान्ति होस्) को जन्म र संसारको अवस्था



केही समयसम्म आज भन्दा १४३० वर्ष अघिको संसारलाई विचार गरौं । त्यस समयमा मानिस मानिसका बीचमा विचार विमर्शको साधन अत्यन्तै थोरै थियो । देशदेश र जातिजाति बीचको आपसी संबन्ध अति सिमित थियो । मानिसहरु ज्यादै संकुचित र स्वार्थी विचारका थिए । उनीहरुको विचार अती संकीर्ण थियो । अज्ञानताको अन्धकारमा ज्ञानको प्रकाश ज्यादै मधुरो थियो । त्यसबेला संसारमा रेडियोटेलिफोनटेलिभिजन जस्ता आजका संचारका साधनहरु र हामीले प्रयोग गर्न गरेका मोटर गाडीरेलजहाज जस्ता यातायातका साधनहरु केही पनि थिएनन् । न त छापाखाना र प्रकाशन गृह नै थिएन त विद्यालय विश्वविद्यालयहरु नै थिए । त्यसैले त्यसमयमा न त पत्रपत्रिका नै प्रकाशित हुन्थे न त पर्यापत मात्रामा पुस्तकहरु नै लेखिन्थे ।

जुन देशहरु त्यसबेलाको सभ्यताको स्तर अनुसार सभ्य गनिन्थे त्यस्ता देशहरु भन्दा अरब पृथक थियो । अरबको छेऊमा इरानरोम र इजिष्ट र सीरिया इजिष्ट र सीरिया थिए जहाँ विधाकला तथा सभ्यता एवं संस्कृतिको केहि प्रकाश देखिन्थ्यो । तर वालुवाको ठूलो समुद्रले अरबलाई अलग्गै छुट्याएर राखेको थियो । अरबका व्यापारीहरु उँटमा चढेर वा महिनौंसम्म हिडेर ती देशहरुमा व्यापार गर्न जान्थेमालसामान किनवेच गरी फर्कन्थे । तिनीहरुको देशमा न विद्यालय थियो न पुस्तालय नैन शिक्षाको कुनै चर्चा थियो र न सीप एवं कला प्रति रुची नै । देशभर अशिक्षाअन्ध विश्वास र अधर्मले जरा गाडेको थियो । उनीहरु प्रचलित विज्ञान र कलाबाट परिचित थिएनन् तापनि उनीहरुसँग उच्चकोटीको भाषा थियो जसको माध्यमबाट उच्चभन्दा उच्च विचार सजिलै व्यक्त गर्न सक्ने असधारण शक्ति थियो । अरबवासीहरुमा उत्तम साहित्यिक अभिरुची थियो । तर त्यसबेलाको उनीहरुको साहित्यको अध्ययन गर्दा उनीहरुको ज्ञान अत्यन्तै सीमित भएको कुरा थाहा हुनछ । सभ्यता र संस्कृतिको दृष्टिले उनीहरु निम्न ७नतसेणीका थिए । उनीहरुका विचारधारणा र स्वभावमा अत्यन्तै अज्ञानता एवं बरबरता थियो । उनीहरुका नैतिक व्यवहार अत्यन्तै भद्दा र असभ्य थिए ।

अरबमा त्यसबेला सम्म कुनै प्रकारको सुव्यवस्थित शासन व्यवस्था थिएन र राष्ट्र सञ्चालनको लागि विधि विधान र बनेकै थिएन । प्रत्येक जाति तथा उपजाति आआफ्नो क्षेत्रमा स्वशासित र स्वतन्त्र थिए । वलिया र शक्तिशालि कमजोर र दुर्बल माथि अत्याचार र हत्या आसंक मच्चाई उसको धनमाल लुटेर अधिकार जमाउने प्रचलन थियो । आफ्नो गुट वाहिरको व्यक्तिको सम्मान र सुरक्षा गर्नेउनीहरुको धनमाथि आँखा नगाड्ने कुरा त्यस समयका अरबबासीहरुले कल्पना सम्म गर्न सत्तैनथे । उनीहरुको हृदयमा दयाप्रेमसद्भाव जस्ता गुणहरुको सट्टा जसको शक्ति उसैको भक्ति’ भन्ने मान्यताले वास गरेको थियो । नैतिकतासभ्यता र शिष्टता नामको कसनै चीज नै उनीहरुसँग थिएन । पवित्रता र अपवित्रतावैध र अवैध शिष्टता र अशिष्टता बीच तिनीहरु फरक छुट्याउन जान्दैनथे । त्यसैले उनीहरुको जीवन जादै कष्टकर थियो । व्यभिचाररक्सी जुवातासचोरीडकैतीहिंसाहत्या जस्तै कुराहरु उनीहरुको लागि सामान्य थिए र ती क्रियाकलपा तिनीहरुका नित्य कर्म झै बनेका थिए । उनीहरु आफ्ना छोरी विहे गरिदिए कसैलाई जुवाइ बनाउनु नपरोस् भन्ने सोचले आफ्नै हातले आफ्ना छोरीहरुलाई जीउदै गाड्ने जस्तो घुणित र क्रुरतापूर्ण कार्य गर्न समेत पछि हट्दैनथे । उनीहरुलाई खापिनलुगाफाटासरसफाई र पवित्रता आदिका बारेमा समान्य नियम सम्म थाहा थिएन ।

मानिसहरुलाई सहि मार्ग देखाउन र इश्वरीय शिक्षा प्रदान गर्न अल्लाह तआलाले विभिन्न जातजतिवंश र क्षेत्रमा एकलाख भनदा बढी सन्देष्टाहरु पठाएका थिए । तर ती सन्देष्टाहरु र उनीहरुले दिएको शिक्षाको बारेमा तत्कालीन अरबका मानिसहरुमा कुनै यथार्थ ज्ञान थिएन । इब्राहिम (अ.) र इस्माइल (अ.) उनीहरुका पूर्खा हुन् भन्ने कुरा उनीहरु जान्दथे तर ती बाबुछोराले मानिसहरुलाई दिएको शिक्षा के थियो भन्ने कुराको ज्ञान भने उनीहरुमा थिएन । आद र समुदका कथाहरु उनीहरुबीच प्रसिद्ध थियो तर तिनीहरुका बारेमा जुन कथा अरबका इतिहासकारहरुले लेखेका छन् जसो पढ्दा सालेह (अ.) र हुद (अ.) का शिक्षाहरुको कुनै संकेत समेत पाउन सकिदैन । यहुदी र ईसाइहरुले लेखेका इसराइलका कथाहरु उनीहरुले प्राप्त गरेका थिए तर ती कथाहरुको बारेमा कुरआनका विश्लेषकहरुले औंल्याए अनुसार ती सबै इसराईलमाझ चलेका कथाहरुका भरमा लेखिएका थिए । यसबाट अरबी तथा स्वयम् इसराइलीहरुले जुन ईशदूतलाई चिनेका थिए ती कस्ता मानिस थिएइशदूतत्वका बारेमा उनीहरुको अवधारणा कति न्यूनकोटीको थियो भन्ने कुरा यसबाट थाहा हुन्छ ।



लेखक : इरफान पोखरेल  

इस्लाममा परामर्शको स्थान



कुनै विषयमा निर्णयमा पुग्नु अघि आपसी छलफल र विचार विमर्श गर्नु नै परामर्श हो । एक व्यक्तिको विचारका आधारमा मात्र निर्णय लिदा सहि निर्णय नहुन सक्छ । त्यसैले दुई वा दुई भन्दा बढी व्यक्तिहरु आपसी परामर्शद्वारा निर्णयमा पुग्ने परिपाटी बसालेमा हरेक विषयको निर्णय सबैको लागि ग्राह्य र लाभदायक हुन सक्छ । परामर्श कसैमाथि आफ्नो विचार थोपर्ने प्रवृत्तिको विपरित क्रिया हो ।

केवल आफ्नै विचारमा पूर्ण भरोसा नगरी दुई वा दुई भन्दा बढी व्यक्तिहरुको विचार र बुद्धिको आधारमा कुनै विषयको निर्णयमा पुग्नु सत्यको बढी नजिक पुग्नु हो । कुनै विषयमा परामर्श गर्दा त्यसका विभिन्न पक्षहरु सामुन्ने आउँछन् र अस्पष्टता एवं जटिलता हट्छन् । एउटै विषयलाई विभिन्न दक्षता भएका व्यक्तिहरुले विभिन्न दृष्टिकोणबाट हेर्ने भएकाले परामर्शपछि जुन निर्णय लिइन्छ त्यो दुरुस्त र सत्यताको नजिक हुन्छ । परामर्श गर्नाले व्यक्तिको बुद्धीज्ञान र क्षमतामा अभिवृद्धि हुन्छ । कुनै पनि निर्णय पुग्नु अघि आपसी परामर्श गर्नु एउटा महत्वपूर्ण प्रशासनिक सिद्धान्त हो । कुनै पनि विषयमा आफ्नो व्यक्तिगत धारणालाई जवरजस्ति थोपर्नु आफ्नो विचार लाद्नु हो । त्यसैले अन्तिम निर्णयमा पुग्नु अघि परामर्शमा संलग्न सबै व्यक्तिलाई स्वतन्त्रपूर्वक आफ्ना विचारहरु राख्ने अवसर दिनुपर्दछ । निर्णयकर्ताले सबैको धारणा सुनिसकेपछि मात्र तिनै विचारको आधारमा उचित फैसला गर्नुपर्दछ ।

आपसी परामर्शले अत्याचारी एवं तानाशाही प्रवृत्तिको जरा काटिदिन्छ र प्रत्येक महत्वपूर्ण विषयमा राम्रो भन्दा राम्रो उपायले जन्म लिन्छ । यसले व्यक्तिसमाज र राष्ट्रका हरेक अधिकारको समान ख्याल गर्दछ । परामर्शले व्यक्तिलाई प्रशिक्षण प्रदान गर्दछ भने समाज तथा राष्ट्रलाई दिशा निर्देश गर्दछ । इस्लाममा परामर्शको ज्यादै ठूलो स्थान रहेको छ । यसलाई इस्लाममा राजनैतिक व्यवस्थाको आधारस्तम्भको स्थान प्राप्त छ । हरेक राजनैतिकआर्थिक र प्रशासनिक निर्णयमा परामर्शलाई महत्व दिइन्छ र आपसी परामर्श कै आधारमा कुनै पनि निर्णय लिने आदेश कुरआनले दिएको छ । यसै सन्दर्भमा पवित्र कुरआनको अध्याय अश्शुराको श्लोक नं. ३८ मा भनिएको छ, “जो आफ्ना पालनकर्ताको आज्ञापालन गर्दछन्नमाज कायम गर्दछन् र आफ्ना समस्याहरु आपसी सल्लाहले सुल्झाउँछन् र हामीले जे दिएका छौं त्यसबाट खर्च गर्दछन् तिनीहरुले नै सफलता प्राप्त गर्दछन् ।

इस्लामी शासन प्रणाली एउटा सर्व७नतसेष्ठ शासन प्रणाली हो जुन अल्लाह तआलाद्वारा प्रदान गरिएको हो । यसबाट पारिवारिक जीवनसामाजिक व्यवहार र राजनैतिक समस्याहरु समाधान गर्न धेरै सहयोग पुग्दछ । अल्लाह तआलाबाट आफ्नो अन्तिम सन्देष्टा मुहम्मद (स.) लाई महत्वपूर्ण विषयहरुमा परामर्श गर्ने आदेश भएको छ । पवित्र कुरआनको अध्याय आले इमरानमा आएको छ, “हे मुहम्मद ! उनीहरु (साथीहरु) संग हरेक मामिलामा परामर्श गर ।

इस्लामी इतिहास पल्टाएर हेर्यौं भने अन्तिम सन्देष्टा हजरत मुहम्मद सल्लल्लाहु अलैही वसल्लम र उहाँ पछिका प्रत्येक इस्लामी शासकहरुले परामर्शलाई उच्च महत्व दिएका छन् । आपसी परामर्शको सिद्धान्तलाई पालना गर्दै जनताको सामु उत्तरदायी बन्नु पर्ने कुरालाई ध्यानमा राखेर नै राष्ट्र प्रमुख (शासक) को जिम्मेवारी पाएपछि आफ्नो पहिलो भाषणमा अबुबकर (रजि.) ले भने, “मेरा प्यारा जनताहरु ! म तपाईहरु बीच सबैभन्दा उत्तम छैन तथापी मलाई तपाईहरुको जिम्मेवार शासक बनाइयो । मैले राम्रो काम गरें भने मलाई सहयोग गर्नुहोस् र कुनै गलत कदम चालेमा मलाई सुधार्नुहोस् । जबसम्म म अल्लाह र उनका रसूल (स.) को अनुशरण गर्दछु तबसम्म तपाईहरु मेरो अनुशरण गर्नुहोस् र यदि मैले कुनै मामिलामा अल्लाह र उनका रसूल (स.) को अवज्ञा गरें भने त्यसबेला मेरो आज्ञापालन गर्नु तपाईहरुलाई अनिवार्य छैन ।

मुस्लिम समाजलाई त्यो एउटा स्वतन्त्र सन्देश थियो । कि अबुबकर (रजि.) ले अल्लाहको आज्ञापालन र अन्तिम सन्देष्टा (स.) को अनुसरणको गरे नगरेको थाहा पाउन सदा सर्वदा उनीमाथि कडा नजर राखियोस् र जब उनी यस परिधिबाट बाहिरिन्छन् त्यसबेला समाजले उनको सोधपुछ गरोस् भन्ने चाहन्थे ।

यस्तो भनाई केवल अबुबकर (रजि.) को मात्र नभएर सबै इस्लामिक शासकवर्ग र समाज सुधारकहरुको हो । एकपटक इस्लामी शासक उमर (रजि.) लाई एउटासभामा एकजनाले भन्यो, “यदि मैले तपाईमा कुनै टेडोपन देखें भनें म तरवारले त्यसलाई सिधा बनाइदिन्छु ।” यस्तो रुखो बोली सुनेर जब अर्को एकजनाले उसलाई गाली गर्यो तब उमर (रजि.) ले उसलाई भने, “यदि तिमीहरुले यस्तो बचन सुनाएनौं भने तिमीहरुभित्र कुनै भलाई छैन भन्ने म सम्झन्छु र यदि यसलाई मैले स्वीकार गरिन भने ममा कुनै भलाई नभएको ठहरिन्छ ।

कुनै मानिस व्यक्तिगत मामिलामा कुनै निर्णय चाहन्छ छ र यसका धेरै पक्षहरु र यस सम्बन्धमा मानिसहरुको सल्लाह भिन्न छ र ऊ स्वयं पनि यसमा द्विविधामा परेको छ भने निम्न दुई कार्यबाट उसले सहयोग प्राप्त गर्न सक्छ ।

क.  उसले इस्तिखारा गरोस् अर्थात दुई रक्आत नफिल नमाज पढेर इस्लामको दृष्टिकोणमा जुन कुरामा भलाई छ अल्लाहले त्यसतर्फ आफूलाई डोर्याउन् भन्दै आफ्नो मामिला सम्बन्धमा अल्लाहसँग दुवा (प्रार्थना) गर्ने ।

ख.  जुन बुद्धिजीविमाथि भरोसा छ उसँग परामर्श लिने ।

यसरी इस्तिखारा र आफ्नो हितैषीको परामर्शको आधारमा हरेक व्यक्ति आफ्नो मामिलाको निष्कर्षमा पुग्नसक्छ किनकी कहिल्यै पनि इस्तिखारा गर्ने (व्यक्ति) निरास र परामर्श गर्ने व्यक्ति लज्जित हुनुपर्दैन । इस्लामले शुरुदेखि नै पारिवारिक जीवनलाई आपसी परामर्श र खुशीको आधारमा निर्माण गर्न भनेको छ र सामाजिक जीवन र इस्लामी राज्यको निमित कुरआनले आपसी परामर्शलाई अनिवार्य गरेको छ । एउटा हदीस अनुसार मुहम्मद (स.) ले भन्नुभएको छ, “छोरीहरुको विवाह सम्बन्धमा आफ्ना पत्नीहरुसँग परामर्श गर र कुमारीहरुबाट उनीहरुको विवाहको अनुमति लिऊ । पति पत्नीहरुले आफ्ना दैनिक साझा कार्यक्रमहरुआफ्ना छोराछोरीहरुको भविष्य निर्माण बारेमा आपसी परामर्श गरुन् ।

इस्लाममा आपसी परामर्शले ठूलो महत्व राख्दछ । इशवाणी अवतरणको शुरुका दिनहरुमा हजरत खदिजा (रजि.) को विचारसोच र सल्लाहले अन्तिम सन्देष्टा हजरत मुहम्मद (स.) लाई ठूलो सहानुभुति प्राप्त भएको थियो । त्यस्तै हुदैबियाको सन्धिको अवसरमा उम्मे सलमा (रजि.) को परामर्श महत्वपूर्ण थियो । अन्तिम सन्देष्टा मुहम्मद (स.) आफ्ना साथीहरुसित वाचा लिनुहुन्थ्यो किउनीहरु हरेक अवस्थामा सत्य बोल्नेछन् र अल्लाहको मामिलामा कसैको पर्वाह गर्ने छैनन् । कुरआन र सुन्नतको आधारमा के भन्न सकिन्छ भने स्पष्ट आदेश हुँदा परामर्शको कुनै आवश्यकता छैन । तर अध्यादेशलाई बुझ्न र यसको व्याख्या गर्नको लागि कुरआन र हदीसका आधारमा मामिलालाई बुझ्ने अथक प्रयास गर्न सकिन्छ । स्पष्ट आदेश नभएका मामिलाहरुमा मुहम्मद (स.) परामर्श गर्नुहुन्थ्यो । परामर्शको क्रममा सहमती र विमती दुवैलाई उहाँ (स.) ले राम्ररी सुन्नुहुन्थ्यो । भक्ति र उपासनामा विचार र परामर्शको कुनै खाँचो थिएन । अल्लाहको उपासना उनले बताएका विधिहरु बमोजिम मात्र गर्न सकिन्छ । तर स्पष्ट आदेश नभएका राजनैतिकआर्थिकसामाजिकव्यवस्थापकीयगैरमुस्लिमहरुसितको सम्बन्ध जस्ता मामिलाहरुमा परामर्श हुनु जरुरी छ । आपसी परामर्श सम्बन्धमा उमर (रजि.) को भनाई छ, “त्यो मामिलामा कुनै भलाई छैन जुन आपसी परामर्श विना गरिन्छ ।” त्यस्तै अबुबकर (रजि.) को भनाई अनुसार,
कुरआनलाई आफ्नो सल्लाहकार बनाऊसमूहसँग आवद्ध होऊआपसी परामर्श पछि मात्र कुनै निर्णय लिऊ र पूर्ण विचार विमर्श गरेर मात्र कुनै सन्धि गर ।
अब तपाईको मनमा प्रश्न उठ्लाआखिर ती कुन व्यक्तिहरु हुन् जोसँग परामर्श लिएर कुनै कुराको फैसला गर्न सकिन्छ ७तिस उनीहरुलाई कसले छनोट गर्ने ७तिस उनीहरुमा कति क्षमता हुनुपर्छ र कति जनासँग परामर्श लिने ७तिस यसको लागि एक पटक हामी मुहम्मद (स.) र उहाँपछिका इस्लामी शासकहरुको समयको समाजलाई हेरौं ।

उहुदको युद्धको लागि निस्कनु अघि मुहम्मद (स.) ले सबै मुसलमानहरु सित परामर्श गर्नु भएको थियो । उहाँ (स.) बद्रको युद्धमा बहुदेववादीहरुसँग लडाइको विषयमा अन्सारहरुको विचार जान्न निकै नै इच्छुक हुनुहुन्थ्यो । अन्सारहरु मदीना बाहिर गएर लङ्दैनन् भन्ने आशंकाले गर्दा मुहम्मद (स.) ले सल्लाह माग्नु भएको थियो । मुहम्मद (स.) ले गतफान जातिसँग संझौता गर्दा सअद बिन मआज र सअद बिन उबादहसँग परामर्श गर्नुभएको थियो । जस अनुसार शत्रुहरुले मदीनाको फलको एकतिहाई लिएर फर्किउन् भन्ने निर्णय भयो । त्यसरी नै इफ्कको मामिलामा मुहममद (स.) ले सबैसँग सल्लाह गर्नुभयो । उहाँले भन्नुभयो हे मुस्लिम समुदाय ! तिमीहरु उनीहरुको बारेमा परामर्श देऊ जसले मेरा पत्नहिरुमाथि आरोप लगाएका छन् ।” इफ्कको घटनामा आइशा (रजि.) सँगअलग बस्ने विषयमा अली बिन अबु तालिब र उसामा बिन जैदसँग मात्र परामर्श गर्नुभएको थियो ।

हुदैबियाको सन्धिको समयमा मुहम्मद (स.) ले सबैसँग परामर्श गर्दै भन्नुभयो, “आफ्नो विचार प्रकट गर ।” तर बुझ्नु पर्ने कुरा के छ भने आफन्त वा आफ्नो नजिकको नातेदारइष्टमित्रसाथीभाई मध्ये यदि कोही गलत परामर्श दिनमा तल्लीन भइरहेको देखिएको छ भने त्यस्तो व्यक्तिको सल्लाह लिनु उचित हुदैन । यसको अर्थ यदि अल्लाहको बाटोबाट कसैले रोक्ने प्रयास गर्दछ वा अल्लाहको साझेदार बनाउने परामर्श कसैले दिन्छ भने उसको सुझाव स्वीकार्य हुदैन र त्यस्तो व्यक्तिसँग कदापी परामर्श गर्नु हुँदैन । यसै सन्दर्भमा हुदैबियाको सन्धि सम्बन्धमा आफ्ना साथी र अनुयायीहरुसँग परामर्श गर्दै मुहम्मद (स.) ले भन्नुभयो, “के तिमीहरु उचित ठान्छौ कि म आफन्तहरुको सम्बन्धलाई पनि ख्याल गरुँ ७तिस किनकी जो हामीलाई अल्लाहको घर (काअ्बा) बाट रोक्दैछन् उनीहरु मेरा नातेदार हुन् ।

त्यस्तै इरान तथा रोमसँग युद्ध गर्दा अबुबकर (रजि.) ले सबैसँग परामर्श गर्नुभएको थियो । उमर (रजि.) पनि आफ्ना गभर्नरहरुको चयन र आपूmले युद्धमा विजय प्राप्त गरेका इलाकाहरुको बाँडफाँड सम्बन्धि विषयहरुमा विभिन्न व्यक्तिहरुसँग परामर्श लिने गर्दथे ।

यी घटनाहरुको आधारमा हामी के भन्न सक्छौं भने अन्तिम सन्देष्टा हजरत मुहम्मद (स.) को समयमा हरेक विषयमा ठूला ठूला सहाबा (साथी) हरुसँग परामर्शलिने गरिन्थ्यो । उनीहरुसँग धेरै अनुभव थियो र उनीहरुमाथि समाजको पूर्ण विश्वास र भरोषा थियो । पछिका इस्लामी शासकहरुको समयमा पनि अनुभवी समाजका विश्वासिला र प्रतिष्ठित व्यक्तिहरुसँग हरेक विषयमा छलफल र परामर्श गर्ने गरिन्थ्यो । यी तथ्यहरुको आधारमा इस्लाममा परामर्शको ज्यादै ठूलो स्थान रहेको प्रष्ट हुन्छ । परामर्शले सहकार्यसहभागितासहयोगसद्भाव र सत्कर्मलाई बढवा दिन्छ । त्यसैले व्यक्तिले परिवारकोसमाजको अगुवाले पूरै समाजकोशासकले यसमा अनुभव प्राप्त विशिष्टअनुभवी र प्रतिष्ठित व्यक्तिको सल्लाह र सुझाव अनिवार्य रुपमा लिनै पर्दछ । यदि आफ्नो विचारको विपरित पुरै सल्लाहकारको विचार रह्यो भने उनीहरुको परामर्शको इज्जत गर्दै सोही अनुसार नै निर्णय लिनुपर्दछ न कि आफ्नो विचार मुताविक । हुन सक्छ तपाईको विचार यस पटकको लागि प्रतिकुल रह्यो । तर परामर्श दिने व्यक्ति अल्लाहको मार्गमा हिड्ने र अल्लाहको भय राख्ने हुनुपर्दछ । यदि तपाईका पुरै सल्लाहकार कुफ्रमा लिप्त छन् भने उनीहरुको सुझाव र सल्लाह अमान्य हुन सक्छ र तपाई एक्लैको विचार नै अल्लाहको नजिक उचित हुन सक्छ । यसरी परामर्शको आधारमा गरेको निर्णय र चालेको कदमले मात्र व्यक्तिसमाज र राष्ट्रको सुधार र उन्नती हुन सक्दछ र संपूर्ण मानिसहरुको आखिरत पनि सुखमय बन्न सक्दछ ।

(सहयोगी सामग्री : समाज सुधारमा परामर्शको  अपरिहार्यता)



लेखक : इरफान पोखरेल  

अल्लाहका संदेष्टा र संदेश (२)



जादुगरहरुको हारपछि बनी इस्राइल मात्र होइन फिरऔनका जाति र भारदारहरु पनि मूसा (अलै.) बाट प्रभावित भइरहेका थिए । यो देखेर फिरऔनले मूसा (अ.) को हत्या गर्ने षड्यन्त्र गर्न थाल्यो । मूसा (अ.) को काकाको छोरो कारुन त्यस समयको असाध्यै धनी भएकाले फिरऔनको दरवारीया बन्न पुगेको थियो । आफ्नो जातिको दुः ख हटाउन धन खर्च गर्नुको सट्टा अझ बढी दुःख र अत्याचार गर्दथ्यो । मूसा (अ.) ले अल्लाह तआलालाई पुकारेर सबैका लागि शिक्षाप्रद हुने गरी कारुनलाई दण्ड दिन प्रार्थना गरे । अल्लाह तआलाले मूसा (अ.)को पुकार सुने र अत्याचारी कारुनलाई उसको धन सम्पत्तिले भरिएको. भवन सहित जमिनमुनि भसाइदिए । यसरी एकातिर मूसा (अ.) फिरऔन र उसका दरवारीयाहरुलाई सुधार्न र अल्लाहले देखाएको मार्गमा हिड्न लगाउन खोज्दथे र अन्याय तथा अत्याचार गर्न र मूसा (अ.)को हत्या गर्न समेत योजना बनाइ रहन्थ्यो । यसैबीच फिरऔनको सामुन्ने अल्लाह तआलाका अनेकौं अजावहरु आए । एकपछि अर्को आजाव आउँदै गरे तापनि फिरऔन केहि समय डराएर हडबडाउँथ्यो तर फेरी आफ्नो चाल चलन र खराव हरकत देखाउन थालिहाल्थ्यो । मूसा (अ.) ले गरेको एक अल्लाहतिरको आह्वानलाई स्वीकार्दै फिरऔनका दरवारीयाहरु समेतले इस्लाम कबुल गरे तर अधिकांश मानिसहरु फिरऔनका डरले त्यसलाई व्यक्त गर्न सक्दैनथे र खुला रुपले मूसा (अ) को समर्थन पनि गर्न सक्दैनथे ।

मुसा (अ) मिश्रबासीहरुलाई शिक्षा दिइरहेका थिए । अल्लाह तआलाले बनी इस्राइलहरलाई लिएर रातारात मिश्रबाट फिलिस्तीन  हिजरत (पलायन) नर्ग मुसा (अ.) लाई आदेश दिए । यसै  अनुसार उनी आफ्ना भाई हारुन र बनी इस्राइलहरुालई लिएर एक रात मिश्रबाट निस्किए । उनीहरु केहि दुरीमात्र पार गरेका थिए फिरऔनका मानिसहरुले उसलाई यो खबर दिइहाले । मुसा (अ.) लगायत सम्पूर्ण बनी इस्राइलहरुलाई घेरेर मार्नका लासिग आफ्ना सबै फौज तयार पार्न फिरऔनले आदेश दियो । सूर्योदयसँगै उसको फौजले बनी इस्राइलको पिछा गर्न थाल्यो । पछाडिबाट फिरऔनका फौजले पिछा गरिरहेको थियो । मुसा (अ.) र उनका साथीहरुले अगाडि एउा समुद्रपार गर्नुपर्ने भयो । फिरऔनको फौजको लस्कर देखेर बनी इस्राइलहरुले कि त समुद्रमा डुबेर मरिने कि त फिरऔनको हातबाट मारिने भयो भन्ने सोचे तर मुसा (अ.) आफ्ना साथीहरलाई ढाढस दिदै भने अल्लाह तआलाले अवश्य मद्दत गर्नेछन् । त्यत्तिकैमा अल्लाह तआलाबाट अगाडि बढेर समुद्रमा लाठी हान्न मुसा (अ.) लाई  आदेश आयो । त्यसपछि उनले समुद्रमा लाठी मा के हिर्काएका थिए समुद्रको बीचमा खुला बाटो बन्यो र पानी बाटाको दुवैतिर पहाडले रोके झैं रोकियो । मुसा (अ.) र उनका साथीहरु त्यो बाटो भउर समुद्र पार पारे । यो देखे र कुनै सोच विचार नगरी बनी इस्राइल आफ्नो हातबाट फुस्किन लागेको ठानी त्यही समुद्रको बाटो भएर सबै सेनाहरु घोडा दौडाउदै बनी इसाइलको पिछा गर्न थाले । जब उनीहरु सबै समुद्रमा उत्रिसकेका थिए अल्लाह तआलाको आदेशले पानीका दुई हिस्सा फेरी जोडिए । केहि समयमा नै फिरऔन र उनका सम्पूर्ण सेनाका लाश पानीमाथि तैरिन थाले । यसरी फिरऔनको विनाश भयो । अल्लाह तआलाले मानिसहरुलाई पाठ सिकाउनका लागि फिरऔनको लाशलाई समुद्र किनारमा ल्याएर सुरक्षित राखे र अरु सबै माछको आहार बने । मिश्रमा अहिले पनि पिरऔनको लाश हेर्न सकिन्छ । यसरी बनी इस्राएलको संरक्षण र फिरऔनीहरुको विनाश अल्लाह तआलाले एकै चोटी गरे ।

अल्लाह तआलाको मद्दतबाट मुसा (अ.) ले आफ्ना जातिका मानिसहरुलाई मिश्रबाट फिलिस्तिनतिर ल्याउदै गर्दा पहाडमा आइपुगे । त्यहाँ पंडित र पूजारीहरुले ठाउँ ठाउँमा मन्दिरमा मूर्ति बनाएर तिनीहरुको अगाडि शिर झुकाएको देखिन्थे । यी इस्राएलहरुले पनि यो देखेर पुज्नका लागि कुने मुर्ति बनाइदिन मुसा (अ.)लाई भन्न थाले । यो सुनेर उनले तौहिद (एकेश्वरवाद) र इस्लामको पकाश दिए । उनले भने मानिसहरुलाई अल्लाहले उनको दीन फैलाउनका लागि छानेका हुन उनी बाहेक अरुलाई पूज्य बनाउन होइन । यति भन्दै उनी आफ्ना मित्रहरुका साथ अघि बढे । उनीहरु खानपिनको सामान र पानी कुनै चीजको पनि प्रबन्ध नभएको एउटा मैदानमा आइपुगे । अल्लाहले हुकुम अनुसार मुसा (अ.) ले एउटा चट्टानमा लाठीले हिर्काए । त्यसबाट बाह्र खान्दानका लागि बाह्रवटा पानीका मूल फुटे । अल्लाहको कृपाबाट पिउनका लागि पानी र खानका लागि मन नामक फल र फल सलवा नामक जनावर बनी इस्राइलीहरुmलाई प्राप्त भयो । त्यहाँ उनीहरुले पेटभर मन र सलवा खाए र पानी पिए । त्यसपछि उनीहरु त्यहाँबाट हिडेर तुर’ नामक पहाडको छेउमा पुगे । यतिञ्जेलसम्म बनी इस्राइलहरुलाई कुने शरीयत (धर्मशास्त्र) प्राप्त नभएकोले अल्लाह तआलाको आज्ञा अनुसार मूसा (अ.) उपासनाका लागि हिडे । उनले यी इस्राइलहरुको रेखदेख गर्ने  जिम्मा आफ्ना भाई हारुनलाई दिए । मुसा (अ.) यात्रामा हिडेपछि मि७नतसबाट आएका जादुवाल साभरीले मानिसहरुबाट सुन जम्मा गरेर एउटा सुन्दर बाच्छोको मूर्ति बनायो जसमा हावा पर्नासाथ कुनै अनौठो आवाज निस्कन्थ्यो । यस्तो मूर्ति बनाएपछि उसले कमजोर इमान भएका बनी इस्राइलहरुालई तिम्रो र मूसा (अ.)को समेत ईश्वर यही हो भनेर मानिसलाई शिर्कतिर ढाल्न खोज्यो । मुर्ति इसाइलहरुले अल्लाह र लाभ हानी केही गर्न नसक्ने मानव निर्मित मूर्ति बीचको अन्तर छुट्याउन सकेनन् र केहिले त्यसको पूजा गर्न थाले । अल्लाहले बाच्छोको मूर्तिबाट इमान जाँच्न  खोजेका हुन्यस्तो दुश्कार्य नग भनेर हारुन (अ.) ले सम्झायदा पनि मानेनन् । मुसा (अ.) नआएसम्म त्यसको  पूजा गर्ने र उनी आएपछि सोचौला भनेर उनीहरुले हारुन (अ.)लाई भने । तीस दिनको यात्रामा गएका मुसा (अ.)सँग कुराकानी गरेर आफ्नो स्वरुपको झलक पनि देखौ । तर मुसा (अ.) अल्लाह तआलाको झलक देख्ने बित्तिकै बेहोस भएकाले उनले अल्लाह तआलाले राम्ररी हेर्न सकेनन् । त्यसपछि अल्लाह तआलाले मुसा (अ.) लाई तौरात दिए जुन तख्ता (फल्याक) मा लेखिएको थियो र हरेक किसिमका उपदेश र चेतावनीहरु थिए ।

तौरात पाप्त गरेपछि मुसा (अलै.) आफ्ना मानिसहरु भएको ठाउँमा आए । बोल्ने बाच्छोलाई आफ्नो ईश्वर मानेर पूजा गर्न थालेको सुनेर मुसा (अलै.)लाई दु:ख लागेको थियो र आफ्नो जातिप्रति रिस पनि उठेको थियो । उनले आफ्ना भाई हारुनलाई गाली गरे र भने, “तिमीले यिनीहरुलाई किन रोकेनौं ७तिस उनीहरु भड्किएको हेरि रह्यौ ?” मूसा (अलै.) ले सुनेको बाच्छोको बारेमा हारुन (अलै.) र सामरीबाट कुरा सुनिसकेपछि भने, “आजदेखि सामरीसँग् कसैले कुने सम्बन्ध नराख्नु ताकि उसलाई आफू साच्चिकै एक अछुत भएको महसुस होस् ।” उनले मानिसहरुलाई भने तिमीहरुका ईश्वर त उनी अल्लाह हुन् जस बाहेक अरु कुनै न पुज्य छ न त भक्ति गर्न लायकको नै छ ।  यस किसिमको तमाशा तिमीहरुको लागि पूज्न योग्य कसरी हुन सक्छ ? यो बाच्छो कुन त्यस्तो चीज हो र न त त्यसमा कुनै पवित्रता छ न त उच्चता । यसले न कसैलाई लाभ पुर्याउन सक्छ र न नोक्सान नै । म यसलाई अहिले नै जलाएर भष्म पारिदिन्छु कहि अल्लाह यस्तो भष्म हुन सक्ने चिज हुन् ७तिस” मूसा (अलै) ले आफ्नो जातिले गरेको अपराध अज्ञानतावस गरेको भूलका लागि क्षमा गर्न अल्लाह तआलासँग प्रार्थना गरे । प्रार्थनापछि जसको अपराध सानोतिनो किसिमको थियो उनीहरुले क्षमा पाए । अव आइन्दा शिर्क नगर्न आदेश पाए तर धेरै बनी इस्राइलहरु मृत्युको घाटमा पुगे ।

मुसा (अलै.) ले आफ्नो जातिका मानिसहरुलाई उच्च इस्लामी शिक्षा दिक्षाको प्रबन्ध गरे । उनले दैनिक कामको रेखदेख गर्नका लागि बनी इस्राइलहरुलाई बाह्रवटा समुहमा बाँडिदिए र प्रत्येक समूहका लागि एकजना अध्यक्ष पनि नियुक्त गरिदिए । अध्यक्षको मुख्य उत्तरदायित्व इस्लाम विरोधी कुराहरुलाई रोक्नु र इस्लामको उचित शिक्षा दिनु थियो । अल्लाह तआलाबाट शरीयत (धर्मादेश) का रुपमा प्राप्त भएको तौरात मानिसहर समक्ष मूसा (अलै.) ले पेश गरी त्यसलाई पालन गर्न अनुरोध गर्दा केहि मानिसहरले त्यस (तौरात) को विश्वास गरेनन् ।उनीहरुले मूसा (अलै.) लाई अल्लाह आफ्नो सामुमा देखाइदिन भने । उनीहरुले पनि मिश्रवासीहरुले जस्तै अल्लाह तआलालाई कुनै स्वरुपमा हुनुपर्ने ठाने । उनीहरुले अल्लाह तआलाका बारेमा र तौरातको शिक्षाको बारेमा अनेक प्र्रकारका आशंका प्रकट गर्नुका साथै थुप्रै प्रश्नहरु मुसा (अलै.) लाई सोधे । उनले सबै प्रकारका प्रश्नहरुको राम्रोसँग जवाफ दिए र उनीहरुलाई तौरातको शिक्षाबारे सम्झाए । यसरी अल्लाह तआलाले पहिलो पटक शरीयत (धर्मविधान) प्रदान गरेर मानिसलाई सत्मार्ग देखाएर मानव जीवनलाई व्यवस्थित बनाउन खोजे । अल्लाहको यो सन्देशलाई मूसा (अलै.) ले मिश्रवासी र फिलिस्तिनवासी समक्ष पुर्याए ।


लेखक : इरफान पोखरेल