Friday, October 16, 2015

उपासना


उपासना’ शब्द त तपाईले अवश्य नै सुन्नु भएकै होला । तपाईले मात्र होइन प्रायः अधिकांश मानिसले यो शब्द सुनेका छन् र बोलचालमा यसको प्रयोग पनि गर्ने गर्दछन् । के तपाई यसको सहि अर्थ भन्न सक्नु हुन्छ । मलाई लाग्दछ सायद तपाईलाई यसको भित्री अर्थ थाहा छैन या यस बारेमा सोच्नु नै भएको छैन । एउटा अर्को प्रश्न म तपाईलाई गर्न चाहन्छुतपाई हाम्रो जन्म र जीवनको उद्देश्य के हो ७तिस सृष्टिकर्ता अल्लाह तआलाले किन यस धर्तिमा तपाई हामीलाई जीवन दिएका छन् ? एकछिन सोच्नुहोस् त ।

यी दुवै प्रश्नहरुको जवाफ तपाईले कुरआनबाट प्राप्त गर्नु हुनेछ । पवित्र कुरआनको एकाउन्नौं अध्यायको श्लोक नं. ५ मा भनिएको छ, “र मैले जिन र मानिसलाई केवल मेरै उपासनाको लागि सृष्टि गरेको हुँ ।

यस आयतबाट के थाहा हुन्छ भने हाम्रो जन्म र जीवनको उद्देश्य अल्लाहको उपासना वा भक्ति वाहेक अरु केही पनि होइन । अब तपाई अनुमान गर्न सक्नुहुन्छ कि उपासनाको अर्थ बुझ्नु तपाईको लागि कति जरुरी छ । यदि तपाई यसको सही अर्थबारे अनभिज्ञ हुनुहुन्छ भने तपाईले आफ्नो जन्म र जीवनको उद्देश्य नै पूरा गर्न सक्नु हुन्न । जुन चीजले आफ्नो उद्देश्य पूरा गर्न सक्दैन त्यो के कामको हुन्छ । त्यसैले उद्देश्य नै थाहा नपाएपछि त्यो पूरा हुन कदापी सक्दैन । जस्तैयदि डाक्टरले बिरामीको रोग निको पार्न सकेन भने ऊ उपचारमा बेकाम भो भनिन्छ । त्यस्तै किसानले बाली उत्पादन गर्न सकेन भने ऊ खेतमिा बेकारको ठहरिन्छ । त्यसरी नै यदि तपाईले आफ्नो जीवनको खास उद्देश्य अर्थात उपासनालाई पूरा गर्न सक्नु भएन भने तपाईको संपूर्ण जीवन नै बेकार भएर जान्छ । त्यसैले तपाई पूरा ध्यान दिएर उपासनाको अर्थ पढ्नुहोस् र बुझ्नुहोस् भन्ने म चाहन्छु । यसलाई तपाई आफ्नो हृदयमा बसाउनुहोस् किनकी यसैमा तपाईको जीवनको सफलता वा असफता अडेको छ ।

उपासना अर्थात इवादातको अर्थ भक्ति वा गुलामी गर्नु हो । जो व्यक्ति कसैको भक्त हुन्छ ऊ उसको सेवामा भक्त बनेर रहन्छ र ऊ समक्ष यसरी प्रस्तुत हुन्छ कि जस्तो कुनै सेवक मालिक समक्ष प्रस्तुत हुनुपर्छ । यहि नै उपासना वा भक्ति हो । यसको विरुद्ध जुन व्यक्ति कसैको भक्त हुन्छमालिकबाट पारि७नतसमिक पनि पूराका पूराअसुल गर्छ तर मालिक समक्ष भक्तले जस्तो काम गर्दैन भने यस कार्यलाई अवज्ञा भनिन्छ । अझ प्रष्ट शब्दमा भन्ने हो भने त्यसलाई कृतध्न वा नमकहराम भनिन्छ ।

अब विचार गर्नुहोस् मालिक समक्ष भक्तले अवलम्वन गर्ने तरिकाको स्वरुप कस्तो हुनुपर्छ ७तिस मालिकलाई नै मालिक मान्नु भक्तको कर्तव्य हो । जो मेरो मालिक होजो मलाई रोजीरोटी दिन्छजो मेरो संरक्षण र निगरानी गर्दछ उसैप्रतिको वफादारी गर्नु मेरो लागि अनिवार्य छ भन्ने कुरा भक्तले मान्नुपर्छ । ऊ बाहेक अरु कोही मेरो वफादारीको अधिकार राख्दैन र मैले उसको भक्ति पनि गर्नुपर्छ भन्ने कुरा पूर्णरुपले मनमा लिनुपर्छ ।

भक्तको दोस्रो काम हरेक समय मािलकले भनेको मान्नुउसको आदेशको पालना गर्नुउसको सेवाबाट कहिल्यै मुख नमोड्नु र मालिकको इच्छा विपरित स्वयं आफ्नो हृदयमा समेत कुरा नसोच्नु र अरु कुनै व्यक्तिको कुरा नमान्नु हो । कसैको दास हरेक समयहरेक अवस्थामा दास नै हुन्छ । मालिकको फलानो कुरा मान्नेछु र फलानो कुरा मान्ने छैन वा यति समयको लागि मालिकको दास हुन्छु र बाँकी समय म उसको दासत्वबाट स्वतन्त्र हुन्छु भन्ने कुनै अधिकार नै हुँदैन ।

भक्तको तेस्रो काम सदाचरणका साथ मालिकको इज्जत गर्नु हो । सदाचरण र इज्जत गर्ने जुन तरिका मालिकले निर्धारण गरेका छन् त्यसको पालना गर्नुजुन समयमा मालिक समक्ष हाजिर भई नतमस्तक हुन निर्धारण गरिएको छ त्यस समयमा अनिवार्य रुपमा मालिक समक्ष हाजिर हुनु र यस कुराको प्रमाण पेश गर्नु कि ऊ पालनहारको इमान्दार र आज्ञाकारी भक्त हो । यिनै तीन चिज मिलेर उपासना बन्दछ । पहिलो पालनहारको आज्ञाकारीतादोस्रो पालनहारको आदेश मान्नु र तेस्रो उनको इज्जत र सम्मान गर्नु ।

अल्लाह तआलाले जीन र मानिसहरुको सृष्टि यस कारणले गरेका हुन् कि उनीहरु अल्लाहको मात्र वफादार बनुन्उनको विरुद्ध अरु कसैको आदेश नमानुन्तिनीहरुले अल्लाहको आदेशको मात्र पालना गरुन्उनैको अगाडि मात्र इज्जत र सम्मानका साथ शिर झुकाउन्कुनै अर्कोको अगाडि शिर नझुकाउन् । यिनै तीन चीजहरुको रुपमा अल्लाहले उपासनाको अर्थलाई व्याख्या गरेका छन् । यही अर्थ उनका संपूर्ण श्लोकहरुको हो जसमा अल्लाहले उपासनाको आदेश दिएका छन् । मानव मात्रका अन्तिम सन्देष्टा हजरत मुहम्मद (स.) र उहाँभन्दा पहिले जति पनि सन्देष्टाहरु अल्लाहको तर्फबाट आए उनीहरुको तालिमको संपूर्ण निचोड यही हो कि अल्लाह वाहेक अरु कसैको उपासना नगर” । (१७:२३) अर्थात यस व्रह्माण्डका एकमात्र शासक छन् जसको मात्र वफादार बन्नु पर्दछ र ती शासक अल्लाह हुन् । एउटा मात्र कानून छत्यसैको मात्र पालना गर्नुपर्छ र त्यो कानून अल्लाहको कानून हो । एकमात्र हस्ती यस्ता छन् जसको पूजा र भक्ति गर्नुपर्छ र ती हस्ती अल्लाह हुन् ।

अब उपासनाको गलत अर्थ लगाउनाले के कस्तो परिणाम निस्कन्छ भन्ने बारेमा प्रकाश पार्न गइरहेको छु । अहिलेसम्म उपासनाको जुन अर्थ तपाईले बुझ्नु भयो त्यसलाई आफ्नो दिमागमा राख्नुहोस् र मेरो प्रश्नहरुको जवाफ दिदै जानुहोस् ।

तपाई त्यो नोकरका बारेमा के भन्नुहुन्छ जो उसको मालिकले नियुक्त गरेको काममा जानुको सट्टा उसको अगाडि हात बाँधेर उभिइरहन्छ र लाखौं पटक मालिकको नाम जपिरहन्छ ७तिस मालिक उसलाई गएर फलानो फलानो व्यक्तिको हक पूरा गर भन्छ तर ऊ जाँदैन बरु त्यही उभिरहेर मालिकलाई झुकेर दसौं पटक प्रमाण गर्छ र फेरी हात बाँधेर उभिरहन्छ । गएर फलानो फलानो खराबी र नराम्रा कुराहरु मेटाऊ भनेर मालिक आदेश दिन्छ तर ऊ त्यहाँबाट एक इन्च पनि हट्दैन र टसनमसको अवस्थामा उभिरहन्छवरु ऊ मालिकलाई दण्डवतपछि दण्डवत गरिरहन्छ । मालिकले आदेश दिन्छ कि चोरको हात काटिदेऊ ।’ यो आदेश सुनेर पनि ऊ त्यही उभिएर सुरिलो भाकामा चोरको हात काटिदेऊचोरको हात काटिदेऊ’ भनेर बिसौं पटक पढिरहन्छ तर एक पटक पनि यस्तो शासन कायम गर्ने कोशिस गर्दैन जसबाट चोरको हात काट्न सकियोस् । यदि तपाईको कुनै नोकरले यो तरिका अपनायो भने म जान्दछु कि तपाईले के गर्नुहुन्छ भनेर । तर धिक्कार छ तपाईप्रति जसको यसो गर्ने अल्लाहको दासलाई यदि तपाई ठूलो भक्त मान्नुहुन्छ भने । अल्लाहलाई नै थाहा होलात्यो मुर्ख व्यक्तिले विहानदेखि साँझसम्म कति पटक पवित्र कुरआनमा अल्लाहको आदेश पढ्ने गर्छ तर ती आदेशहरुलाई पूरा गर्नमा आफ्नो स्थानबाट अलिकति पनि हल्लिदैन । ऐच्छिकमाथि ऐच्छिक नमाज पढिरहन्छहजार दाना तसबीहमा अल्लाहको नाम जपिरहन्छ र सुरिलो भाकामा कुरआनको पाठ गरिरहन्छ । तपाई उसको यो कृयाकलापदेख्नुहुन्छ र भन्नुहुन्छ यो कति इशपरायण भक्त हो । तपाईले उपासनाको वास्तविक अर्थ नबुझेर नै तपाईमा यस्तो भ्रम उत्पन्न भएको हो ।

एउटा अर्को नोकर छ जो रातदिन आफ्नो कर्तव्य आफ्नो मालिकलाई छोडेर अरुको लागि पूरा गर्छअरुको आदेश सुन्छ र मान्छअरुको कानूनमा चल्छ र हरेक समय आफ्नो मालिकको आदेशको बेकदर गर्छ र आदेशको उल्लङ्घन तथा अवहेलना गर्छ । तर सलामीको समयमा मालिक समक्ष हाजिर हुन्छ र मुखबाट मालिकको नै नाम जपिरहन्छ । यदि तपाईहरु मध्ये कसैको नोकरले यो तरिका अपनायो भने तपाई के गर्नुहुन्छ ७तिस के तपाई उसको सलामीले उसैको मुखमा हान्नुहुन्न कि तँ पहिलो दर्जाको झुठो बेइमान होस् किनकी पारि७नतसमिक म बाट लिन्छस् अनि काम अर्कोको गर्छस्मुखले मलाई मालिक भन्छस् र वास्तवमा अरुको सेवा गर्दै हिड्छस् भनेर ७तिस यो त एउटा सामान्य ज्ञानको कुरा हो जुन तपाईहरु मध्ये जसले पनि बुझ्न सक्छ । तर कति हैरानको कुरा हो कि जो व्यक्ति दिनरात अल्लाहको कानून तोड्छअवज्ञाकारी र कप्टीले भनेको कुरा अनुसार चल्छआफ्नो जीवनको बिषयमा अल्लाहको आदेशको कुनै परवाह गर्दैन । उसको नमाजरोजाजपकुरआन पाठहज र जकातलाई तपाई अल्लाहको उपासना संझनु हुन्छ । यो भ्रम पनि यसै कारणबाट उत्पन्न भएको हो कि तपाई उपासनाको वास्तविक अर्थलाई जान्नुहुन्न ।

एउटा अर्को नोकरको उदाहरण लिनुहोस् । मालिकद्वारा आफ्ना नोकरहरुको लागि जुन पोशाक निर्धारण गरिएको छ नोकर ठीक त्यही नापका साथ त्यो पोशाक लगाउँछबडो इज्जत र सम्मानका साथ मालिकको सेवामा हाजिर हुन्छप्रत्येक आदेशलाई सुनेर यसरी झुक्छ कि जो आदेश’ भन्छ मानौं ऊ भन्दा बढी आदेश मान्ने कुनै नोकर नै छैन । सलामीको समयमा सबभन्दा अगाडि गएर उभिन्छ र मालिकको नाम जप्नमा संपूर्ण नोकरहरुलाई जित्छ । तर अर्को तर्फ त्यही नोकर आफ्नो मालिकको शत्रु र विरोधीको सेवामा समेत आपूmलाई सामेल गराउँछमालिकको विरुद्धमा उनीहरुको षड्यन्त्रमा भाग लिन्छ र संसारबाट मालिकको नाम निशाना मेटाउन शत्रुले गर्ने जुनसुकै कोशिसमा पनि त्यो नोकर साथ दिन्छ । रातको अन्धकारमा त मालिकको घरमा षड्यन्त्रको घेरा लगाउँछ र विहान एकदम बफादार नोकरले झै हात बाँधेर मालिकको सेवामा हाजिर हुन्छ । यस्तो नोकरको बारेमा तपाई के भन्नुहुन्छ ७तिस यही भन्नुहुन्छ होइनऊकपटी होबिरोधी होकृतध्ननमकहराम हो । तर अल्लाहको जुन सेवक वा भक्त यस्तो छ उसलाई तपाई कहाँ के गर्नुहुन्छ र७तिस यस्ता व्यक्तिहरु मध्ये तपाई कसैलाई पीर साहेवकसैलाई आदरणीय मौलाना’, कसैलाई दीनदार (धर्ममा लागि पर्ने)पहरेजगारमुत्तकी इवादातगुजार (उपासनामा दृढ भएर लागि रहने व्यक्ति) भनेर सम्मान दिनुहुन्छ । यसको कारण तपाई उसको अनुहारमा पूरा नापको दारी देख्नुहुन्छगोली गाँठा भन्दा २÷३ इन्च माथि आउने गरी पाइजामा लगाएको देख्नुहुन्छउसको निधारमा नमाजको निशाना वा खत देख्नुहुन्छ र उसको लामो लामो सज्दा र नमाज र ऊ सँग मोटा मोटा तसविह (जप गर्ने माला) देख्नुहुन्छ । उसको यही स्वरुप देखेर नै तपाई उसलाई दीनदार र इवादात गुजार संझनुहुन्छ । तपाईले उपासना र दीनदारीको अर्थ नै गलत रुपमा बुझ्नु भएकाले नै तपाईलाई यो भ्रम भएको हो ।

के हात बाँधेर किबला (काबा शरिफ) तर्फ मुख फर्काएर उभिनुघुँडामा हात राखेर झुक्नुजमिनमा हात टेकेर सज्दा (दण्डवत) गर्नु र केही निर्धारित वाक्य मुखबाट निकाल्नु जस्ता थोरै काम तथा क्रियाकलापलाई नै तपाई उपासना मान्नु हुन्छ ७तिस तपाई सम्झनुहुन्छ कि रमजान महिनाको पहिलो तारिखदेखि शब्बाल महिनाको पहिलो तारिख (इद) को चन्द्रोदय हुँदासम्म हरेक दिन विहानदेखि साँझसम्म भोको र प्यासी रहनुको नाम उपासना हो । तपाई सम्झनु हुन्छ कि कुरआनमा केही श्लोक मुखले पढिदिनुको नाम उपासना हो ।

तपाई संझनुहुन्छ कि मक्का गएर काबा शरिफको वरिपरि तवाफ गर्नुको नाम उपासना हो । तपाईले कुनै कामको बाहिरी स्वरुपको नाम उपासना राख्नु भएको छ र यदि कुनै व्यक्ति यिनै रुपमा यिनै कामहरु पूरा गर्छ भने तपाई सोच्नुहुन्छ कि उसले अल्लाहको उपासना गर्यो । कुरआनमा भनिएको छ,
वमा खलक्तुल् जिन्न वल् इन्स इल्ला लियअ्बुदुन
अर्थातमैले जिन्न र मानिसहरुको जन्म मेरो उपासना वाहेक अरु केहीको लागि गरेको होइन ।
तर कुनै व्यक्ति अघि मैले भनेका केही देखावटी कार्यहरु मात्र गरेर आफ्नो जन्मको उद्देश्य पूरा भएको ठान्छ र अब ऊ आफ्नो जीवनमा स्वतन्त्र भएकोले जे मन लाग्छ त्यही गर्न सकिन्छ भन्ने ठान्छ भने निश्चय नै ठूलो भ्रम छ । यस्तो व्यक्तिले कदापी अल्लाहको सही उपासना गरेको ठहर्दैन ।

तर वस्तविकता यो हो कि अल्लाहले जुन उपासनाको लागि पैदा गरेका हुन् र तपाईलाई जे को आदेश दिइएको हो त्यो अर्कै चीज हो । सो उपासना यो हो कि तपाई आफ्नो जीवनमा हरपलहरेक अवस्थामा अल्लाहको कानुनमा चल्नुहोस् र प्रत्येक ती कानुनबाट पूर्णरुपले स्वतन्त्र बन्नुहोस् जुन अल्लाहको कानुनका विरुद्ध छन् । तपाईका प्रत्येक सरगर्मी त्यस सीमा भित्र रहोस् जुन अल्लाहले तपाईको लागि तयार गरेका हुन् । तपाईका प्रत्येक काम त्यस तरिका अनुसार होस् जुन अल्लाहले भनेका छन् । यस तरिकाबाट जुन जीवनलाई बिताउनु हुन्छत्यो पूर्णरुपमा उपासना हुन्छ । यस्तो जीवनमा तपाईको सुत्नु पनि उपासना हो र ब्यूँझिनु पनि उपासना हो । खानु पनि उपासना हो र पिउनु पनिघुमफिर गर्नु पनि उपासना हो र कुरा गर्नु पनि । यहाँसम्म कि आफ्ना छोराछोरीलाई माया गर्नु पनि उपासना हो । जुन कामलाई तपाई एकदम साँसारिक भन्नुहुन्छ ती सबै दीनदारी र उपासना हुन् । यदि तपाईले यसलाई पूरा गर्नमा अल्लाहले निर्धारण गरेका सिमालाई पालना गर्नुभयो र जीवनमा प्रत्येक कदममा यो हेरेर हिड्नुभयो कि अल्लाहको अगाडि सही के छ र गलत के छबैध के छ र अवैध के छकुन चीजलाई अनिवार्य गरिएको छ र के गर्नबाट रोकिएको छकुन चीजबाट अल्लाह खुशी हुन्छन् र कुन चीजबाट बेखुश हुन्छन् ७तिस यथार्थमा तपाई निर्वाहको साधन जुटाउनको लागि निस्कनु हुन्छत्यस काममा धेरै नै अवसर यस्ता पनि आउँछन् जसमा अवैध सामान धेरै नै सहज रुपमा तपाईलाई प्राप्त हुन सक्छ । यदि तपाईले अल्लाहको भय राखेर त्यो सामान लिनु भएन र वैध निर्वाहका साधन बनाएर ल्याउनु भयो भने जति समय तपाईले निर्वाह साधन कमाउन प्रयोग गर्नुभयो त्यो सबै उपासना थियो र त्यो साधन घर ल्याएर जुन तपाई स्वयंले खानुभयो र पत्नी तथा बालबच्चा र अल्लाहले भनेका अन्य हकदारलाई खुवाउनु भयोयी सबैमा तपाई पूण्यको हकदार हुनुभयो ।

तपाईले यदि अल्लाहका भक्तलाई कठिनाई नहोस् भन्ने मनसायले हिड्ने बाटोमा भएको ढुङ्गा वा काँडा हटाइ दिनुभयो भने पनि उपासना हो । तपाईले यदि बिरामीको सेवा गर्नुभयो वा कुनै अन्धालाई बाटो हिड्न सहयोग गर्नुभयो वा कुनै अप्ठ्यारो परेका व्यक्तिलाई सहयोग गर्नुभयो भने पनि उपासना नै हुन्छ । तपाई यदि कुराकानी गर्दा झुठोबाट वा नराम्रो कुरा काट्नबाट वा गाली गर्नबाट वा अरुलाई चित्त दुखाउनबाट बच्नु भयो र अल्लाहको भय राखी सत्य कुरा मात्र गर्नुभयो भने जति समय तपाईले कुराकानीमा बिताउनुभयो त्यो सबै उपासनामा लाग्यो ।

त्यसैले जन्मेर होस संभाल्न सक्ने भएदेखि मृत्यु नभएसम्म तपाई अल्लाहको कानुनमा हिड्नुभयो र उनको आदेश अनुसार जीवन गुजार्नु भयो भने अल्लाहको वास्तविक उपासना भयो । यो उपासनाको लागि कुनै समय निर्धारण गरिएको छैन र यो हरसमयमा हुनुपर्दछ । यो उपासनाको कुनै स्वरुप छैनहरेक काम र हरेक स्वरुपमा उनको उपासना हुनुपर्दछ । जब कि म फलानो समयमा अल्लाहको भक्त हुन्छु र फलानो समय उनको भक्त हुन्न भनेर तपाई भन्न सक्नु हुन्न भने फलानो समय उनको भक्ति र उपासनको लागि हो र फलानो समय उनको भक्ति र उपासनाको लागि होइन भनेर तपाई कसरी भन्न सक्नु हुन्छ ?

अब त तपाईलाई उपासनाको अर्थ पक्कै पनि थाहा भयो होला । त्यसैले जीवनको हरेक समय र हरेक अवस्थामा अल्लाहको भक्ति र उनको आदेशमा चल्नुको नाम नै उपासना हो । अब तपाई सोध्नु होला कि यी नमाजजकातरोजा र हज विनाका के चीजहरु हुन् जसलाई उपासना भनिन्छ ७तिस वास्तवमा यी उपासनाहरु अल्लाहले तपाईमाथि अनिवार्य गरेका छन् । त्यसको उद्देश्य तपाईलाई त्यो ठूलो उपासनाको लागि तयार गर्नु हो जुन तपाईको जीवनमा हरेक समय हरेक अवस्थामा पूरा गर्नु अनिवार्य छ ।

नमाजले तपाईलाई दिनमा पाँच समय याद गराउँछ कि तपाई अल्लाहको भक्त होउनको उपासना तपाईले गर्नुछ । रोजा (ब्रत) ले वर्षमा एकपटक र पूरै एक महिनासम्म तपाईलाई यसै भक्तिको लागि तयार गर्दछ । जकातले तपाईलाई बारम्बार याद गराउँछ कि यो धनसम्पती जुन तपाईले कमाउनु भएको छ त्यो अल्लाहको नै देन हो । यसलाई आफ्नो मनको इच्छामा मात्र खर्च नगर्नुहोस् बरु आफ्नो मालिक (अल्लाह) को हक पूरा गर्नुहोस् । हजले हृदयमा अल्लाहको प्रेम र उनको बडप्पनको यस्तो छाप बसाउँछ कि यदि एकपटक यस्तो छाप बस्यो भने सारा जीवनमा यसको असर हृदयबाट टाढा हुदैन । यी सबै उपासनाहरुको वास्तविक रुपमा पूरा गर्न सक्ने हुनुभयो भने तपाई यस्तो लायकको हुनुभयो कि तपाईको संपूर्ण जीवन अल्लाहको उपासना बन्दछ । यस अवस्थामा तपाईका नमाजजकातरोजा र हज तिनीहरुको वास्तविक अवस्थामा नै रहनेछन् । तरयदि यी उद्देश्यहरु पूरा भएनन् भने रुकु (निहुरिनु) र सज्दा (दण्डवत) गर्नेभोक तिर्खाका साथ दिन बिताउने र हजको रीति पूरा गर्ने र जकातको रकम निकालिदिनुले मात्र केही प्राप्त हुदैन । यी दृष्टान्त तरिकाको उदाहरण यस्तो हो जस्तो एउटा शरीर जसमा प्राण छत्यो हिड्डुल गर्छ र काम गर्दछ भने पक्कै एउटा जीउदो मानिस हो । तर यदि त्यसमा प्राण नै छैन भने ऊ एउटा मरेको लाश हो । मुर्दाको हात खुट्टाआँखानाकमुख सबैथोक हुन्छन् तर त्यसमा प्राण नै हुँदैन । त्यसैले तपाई त्यसलाई जमिनमा गाडिदिनुहुन्छ । यसरी नै यदि नमाजका अंगहरु पूरा गरिए वा रोजका शर्तहरु पूरा गरियो तर अल्लाहको भयउनको माया वा उनको आज्ञाकारिता वा आदेशको पालना भएन भने जसको लागि नमाज र रोजा अनिवार्य गरिएको छ त्यो पनि प्राण विहिन चीज बन्न जान्छ । त्यसैले हाम्रा प्रत्येक अनिवार्य कार्यहरु अल्लाहको भय र प्रेमका साथ हुनुपर्छ । तव ती कार्यहरु असल उपासना बन्न पुग्दछन् । त्यसैगरी अल्लाहको भय राखेरसफलता र असफलतमा अल्लाहको नै हात रहने कुरामा विश्वास गरेर हरेक काम उनकै मार्ग निर्देशन मुनाविक गरे मात्र वास्तविक रुपमा अल्लाहको उपासना तथा भक्ति हुनेछ । त्यसैले अन्त्यमा अल्लाहको असल भक्त र उपासक बन्नमा तपाई हामी सबैलाई अल्लाहले मार्ग निर्देशन प्रदान गरुन् भन्ने दुआ गर्दै बिदा हुन्छु । अल्लाह हाफिज ।


(सहयोगी सामग्रीः खुतबात)

लेखक : इरफान पोखरेल

No comments:

Post a Comment