Friday, October 16, 2015

महिला अधिकार र इस्लाम



आजभोलि सबभन्दा बढी चर्चा परिचर्चा गर्ने गरेको विषयवस्तु महिला अधिकार हो । सञ्चार माध्यमहरुले मानव अधिकारको चर्चा गर्दा महिला अधिकारमहिला पुरुष समानताका कुरा निकै उछाल्ने गर्दछन् । आजको विश्वमा महिलालाई हेर्ने तीनवटा दृष्टिकोण रहेको देखिन्छ । पूर्विय दृष्टिकोणमा समाजमा महिलाको कुनै अस्तित्व नै छैन । उसको न त सामाजिक हैसियत छन त आर्थिक अस्तित्व नै । यस दृष्टिकोणमा महिला पुरुषकी दासी हुन् । विवाहपछि महिला पुरुषको दासी हुन् । विवाहपछि महिला लोग्ने कि पत्नी मात्र रहन्छे भने पुरुष पत्नीको पतिदेव तथा मालिक । उसको कर्तव्य नै आफूलाई लोग्नेको पैताला मुनि रहेको ठानी पतिलाई खुशी पार्न उसको सेवामा तल्लीन रहनु । विवाहपछि पतिको दिर्घायुका लागि ब्रत र पतिभक्तिबाट मात्र पत्नीले मोक्ष पाउने धारणा पूर्विय दृष्टिकोणमा रहेको छ । पतिको मृत्युपछि उसको अस्तित्व मेटिने हुँदा पतिको लाससँगै जलेर सति जान समाजले उत्प्रेरित गर्ने कुरा सन् २००६ मा भारतको गयामा भएको घटनाले देखाएको छ । पत्नीको मृत्युपछि विदुर पुरुषलाई जतिपटक पनि विवाह गर्नमा छुट दिनु वा विवाह गर्न समाजले नै उत्प्रेरित गर्ने तर पति मरेकी विधवा महिलालाई अर्काे विवाह गर्नमा त के कुरा शिर ठाडो पारेर हिड्न पनि समाजले नदिने । पति टोक्ने महिलाको लाञ्छना खेप्दै अनेकौ अमानवीय दुव्र्यवहार र अपहेलना सहदै मर्नु न बाँच्नुको अवसथामा मानसिक प्रतावना सहेर बाँच्नु पर्ने बाध्यता महिलालाई हुन्छ । अझ विधवा महिललालाई समाजले बोक्सीको उपमा दिएर मानवीय मलमुत्र खुवाउने र घर तथा गाउबाटै निकाल्ने जस्ता घृणित र अमानवीय व्यवहार गर्न पुग्छ ।यस दृष्टिकोणमा महिलाको कुनै आर्थिक हैसियत हुदैन । पुरुषले भन्दा दोब्बर तेब्बर काम बिहान झिसमिसे उज्यालोदेखि राती झण्डै मध्यरातसम्म काममा जोतिएर पनि उसले सम्पत्ति राख्ने कुनै अधिकार पाउदिन । वस्तु तथा सेवाको उपभोगमा पनि पुरुषे पर्याप्त भएपछि मात्र महिलाले पाउँछे ।

महिला प्रतिको दोस्रो दृष्टिकोण पश्चिमी दृष्टिकोण हो । यस अनुसार महिलालाई पुरुष समान ठान्नाले महिलाहरु आफ्नो कर्तव्यबाट अलग्गिएका छन् । पूर्विय दृष्टिकोणबाट भन्दा पश्चिमी दृष्दिकोणबाट महिलाहरुमाथि अत्यधिक शोषणदमनहिंसा हुने गरेको छ । पश्चिमी सभ्यताले महिलालाई समानताको नाममा उसलाई उसको प्राकृतीक जिम्मेवारीबाट हटाएर अप्राकृतिक जिम्मेवारी बोकाइदै छ । उनीहरुले महिलालाई  कामवासनाको वस्तु बनाएका छन् । महिलाई पुरुयाको रुपमा पुरुषको पोशाकमा उभ्याउनेवस्तु विकाउको माध्यम बनाउनेनिर्लज्जका साथ नङ्ग्याउनेआफ्नो इच्छापूर्ति र खेलौनाको साधन बनाउने काम पश्चिमी सभ्यताले गरिरहेको कुराको कुनै आभास नगरी कतिपय महिलालहरु पनि पुरुषले जसो भन्यो त्यसै गरिरहेका छन् । त्यसैले त आजको समाजमा निर्लज्जपन बढ्दै गएको छ । ती महिलाहरु नाङ्गिनु र आफूलाई पुरुष समान भएको गौरवान्वीत ठान्दछन् र आफूलाई पुरुष समान भएको ठान्दछन् । आफ्नो शारिरिक बनोट नारीत्वको ख्याल नगरी अंग प्रदर्शन गर्दै पुरुषबाट हुने छेडखानीयौनशोषण र हिंसामा आफुलाई तयार राख्नुमा नै आफ्नो  अस्तित्वमर्यादाइज्जत र प्रतिष्ठा ठान्नु कतिसम्म अज्ञानता हो । तपाई एकछिन सोच्नुहोस् त एकजना पूरै शरीर ढाक्ने गरी महिलाको सहि पोशाकमा सजिएकी महिला र शरीरका अंग देखिने गरी छोटाकसिला र अर्धनग्न हुने पोशाकमा सजिएकी महिला मध्ये कसमाथि बढी हिंसाशोषण र छेडखानी हुन्छ । अवश्य नै दोस्री महिला माथि बढी हुन्छ । समाजमा महिला माथिका यौन दुराचारको मुख्य कारण यही दोस्रो स्वरुपकी महिलाको कारणले गर्दा हो र यो पश्चिमी शोच र अन्धो अनुशरणको परिणती हो ।

पश्चिमी सोच अनुसार नारी समानताको नारा सुन्दा त अति कर्ण प्रिय लाग्दछ । तर समानता भनेको केहो एकछिन सोचौं त ७तिस गणितीय दृष्टिमा समान मान भएका दुई विचरणहरुलाई एक अर्कोको सट्टामा प्रतिस्थापन गरे समन परिणाम आउँछ । नारी पुरुष बीचको पश्चिमी दृष्टिकोण पनि यहि हो । तर के यस दृष्टिले महिला र पुरुष समान छ भने महिलाले गर्ने सबै काम पुरुषले वा पुरुषले गर्ने सबै काम महिलाले गर्न सक्लान् ? अवश्य संभव छैन । त्यसैले प्राकृतिक रुपमा नै महिला पुरुष समान छैनन् भने उनीहरुको काम कर्तव्य कसरी एक समान हुन सक्छ ७तिस उनीहरुका काम र कर्तव्य महत्वको दृष्टिले भने एक समान छन् किनकी महिला र पुरुष एक अर्काका परिपुरक हुन् । पश्चिमी सभ्यताले स्वतन्त्रता र समानताको नाममा महिलालाई दोब्बरतेब्बर जिम्मेवारी वहन गर्न बाध्य पारेको छ । महिलाले घर धन्दा गर्नुपर्नेबच्चा जन्माउनु र स्याहार सुसार गर्नु पर्नेकार्यालय वा व्यापार सम्भाल्नु पर्ने बाध्यता थोपरेको छ । यसबाट एकातिर घर बाहिरको काम पनि महिलाले नै सम्पन्न गर्नुपर्ने अवस्था पश्चिमी सभ्यताले ल्याएको छ ।

पश्चिमी समाजले महिलालाई जुन समानता र स्वतन्त्रता दिएको छ त्यो महिलाले हैसियतले होइन बरु तिनीहरुलाई पुरुष बनाएर दिएको छ । आज उनीहरुको दृष्टिमा महिलाको पत्नी र आमाको रुपमा कुनै इज्जत छैन ।  इज्जत त त्यसको छ जसको शारीरिक बनोट महिला हो तर त्यसले पुरुष सँगै पुरुषको जस्तै काम गर्छे र प्रत्येक क्षेत्र र स्थानमा पुरुषको कामवासनाको तृप्ती गर्छे । त्यसैले  पश्चिमी दृष्टिकोण भएका महिलाहरु आफू पुरुष सरह बन्नमा नै इज्जत ठान्दछन् । यसले महिलाहरुमा आफू महिला भएकोमा हिनताको भावनाको विकास हुँदै जान थालेको छ । यसको प्रष्ट प्रमाण महिलाहरु विकास हुदै जान थालेको छ । यसको प्रष्ट प्रमाण महिलाहरु पुरुषको भेष र स्वरुपमा देखिन मन पराउनु र पुरुषको जस्तै काम गर्न रुचाउनु र यसैमा आफ्नो इज्जत बढ्ने ठान्नु हो । के कुनै पुरुषले महिलाको  भेष अपनाउन वा उसको जस्तो रुपमा रहन वा महिलाले गर्ने काम गरेको वा गर्न रुचाएको तपाईले देख्नु भएको छ । महिलाले गर्ने काम गरको वा गर्न रुचाएको तपाईले देख्नुभएको छ । महिलाले गर्ने केही काम पुरुषले गरिहाले पनि इज्जत बढ्ने सोचाईले नभएर बाध्यात्मक परिस्थितिले गर्दा मात्र हो । पश्चिमी सोच भएका लाखौँ महिलाहरु पत्नी बन्नुमा आफ्नो अपमान ठान्छन् । तर कुनै पनि पुरुषपति पनि बन्नुमा अपमान ठान्देनन् ।

महिलालाई हेर्ने तेस्रो दृष्टिकोण इस्लामीक दृष्टिकोण हो । यो दृष्टिकोण प्राकृतिक र न्यायेयिक छ । इस्लामले महिलालाई उचित हकअधिकार र जिम्मेवारी दिएको छ । महिलाको हक र अधिकारको सुरक्षा र इज्जत तथा प्रतिष्ठा आज भन्दा १४ सय वर्ष अघि नै इस्लामले स्थापना गरिसकेको छ । आज विश्व भरका महिलाहरु जुन जायज केही हक र अधिकारका लागि आवाज बुलन्द पार्दै संघर्ष गरिरिहेका छन् त्यो इस्लामले दिएको शिक्षाबाट सचेत नभएको कारणले गर्दा महिलाहरु आफ्नो हक र अधिकारबाट बन्चित भएका हुन् । महिला र पुरुष शारिरिक र मनोभावनाको दृष्टिले एक समान नभए पनि मानव हुनुको नाताले यी दुबै समान छन् ।

यस संसारको लागि महिला र पुरुषको समान महत्व रहेको छ । अल्लाहको नजिक त राम्रो काम गर्ने व्यक्ति नै श्रेष्ठ हुन्छ चाहे त्यो पुरुष होस् वा महिला । पवित्र कुरआनको सूरह अन्नह्लको आयत नं. ९७ मा अल्लाहले भनेका छन् पुरुष होस् वा महिला जसले इमान ल्याएर सत्कर्म गर्छ हामी अवश्य नै उसलाई पवित्र जीवन यापन गराउने छौं र उनीहरुले गरेको कार्यहरुको उत्तम प्रतिदान प्रदान गर्नेछौं ।” अल्लाहले महिला तथा पुरुष दुवैलाई समान प्रतिदान प्रदान गर्नेछन् । कुरआनको सुरह अल् अह्जाब आयत नं. ३५ मा अल्लाहले भनेका छन् समर्पित आस्थावान् आज्ञाकारीसत्यवादीधैर्यवानविनयशीलदानीब्रतालुपर्दामा रहने र अल्लाहलाई अत्यधिक याद गनेर्ए पुरुष तथा महिलाहरुका लागि अल्लाहले निश्चय नै क्षमा र महान् प्रतिदान तयार पारेर राखेका छन् ।

इस्लामका पाँच मूल स्तम्भहरु सहादत (एक अल्लाहमाथिको आस्था) नमाज (प्रार्थना)जकात (धर्मदान)रोजा (ब्रत) र हज (तिर्थयात्रा) महिलार पुरुष दुवैको लागि एक समान रुपमा अनिवार्य छन । यसमा महिला र पुरुष बिच कुनै भेदभाव छैन । बरु नमाज र रोजामा केहि अवस्थामा महिलालाई छुट दिइएको छ जुन छुट पुरुषलाई कुनै पनि हालतमा दिएको छैन ।महिला पुरुष बिचको भिन्नता प्राकृतिक भिन्नता हो जुन मानिसले सच्याउन सक्दैन । प्रकृतिले महिला र पुरुषलाई जुन योग्यता र क्षमता प्रदान गरेको छ त्यसै अनुसार पुरुषको काम परिवारको जीवीकोपार्जनको साधन जुटाउनु र सुरक्षा प्रदान गर्नु हो । असामान्य परिस्थितिमा बाहृक सामान्यत घर बाहिरका सम्पूर्ण काम र परिवारको भरणपोषण र खर्चको बन्दोबस्त गर्ने जिम्मा पुरुषको काँधमा हालेको छ जसले गर्दा जीविकोपार्जनको लागि महिलाले संघषृ गर्नु पर्दैन । यसले गर्दा महिलाहरु घर बाहिर पुरुषबाट हुने यौन दुव्र्यवहार र यौन शोषणबाट मुक्त हुन्छन् । इस्लामले महिलालाई आफ्नो सम्पूर्ण ध्यान र समय घरभित्रको व्यवस्थापनरेखदेख गर्न र पारिवारिक जीवन सुखमय बनाउने प्रयत्नमा लगाउन  आदेश दिएको छ तर पुरुष्या कमाइ गर्न असमर्थ भएमा वा अन्य केही अवस्थाहरुमा यौन दुव्र्यवहार हुन नपाउने स्थानमा वा महिलाहरुको बाहुल्यता भएको स्थापनामा पदार्बमा रहेर नोकरी गर्न वा व्यापार व्यवसाय गर्न महिलालाई छुट रहेको छ ।

इस्लाममा महिला र पुरुष दुवैलाई शिक्षाको समान अधिकार रहेको छ । इस्लामले धार्मिक शिक्षालाई पनि त्यत्तिकै महत्व दिन्छ जति आधुनिक शिक्षलाई दिएको छ । धार्मिक शिक्षाले मानिसलाई चरित्रवानअल्लाहप्रति आस्थावान, बिनयी, परिश्रमी र सहयोगी बन्न सिकाउँछ । यस्तो व्यक्ति मात्र अल्लाहको नजिक सफल व्यक्ति हुन्छ र उसले यस लोक तथा परलोक दुवैमा सफलता पाप्त गर्दछ । त्यसैले बालबालिकालाई धार्मिक शिक्षा आमा नै दिन सक्छिन् किनकी बाबु भन्दा बढी समय आमा नै आफ्ना छोराछोरीसँग रहन्छिन् । यदि आमा नै शिक्षित भइनन् भने उनले आफ्ना छोराछोरीलाई शिक्षा दिक्षा दिन सक्दिनन् । त्यसैले पुरुष भन्दा पनि महिलाले शिक्षा पाउनु बढी जरुरी छ । इस्लामले  यसमा कुनै विभेद गरको छैन । अज्ञानताको कारणले गर्दा यो विभेद  सबै  समाजमा उत्तिकै देखिन्छ । अन्तिम सन्देष्टा हजरत मुहम्मद (स.) ले भन्नु भएको छ “ शिक्षा पाप्त गर्नु प्रत्येक पुरुष एवं महिलाको लागि अनिवार्य छ ।” यसबाट के प्रष्ट हुन्छ भने इस्लाममा शिक्षा लिन महिला र पुरुष दुवैलाई अनिवार्य छ ।

कुरआन मात्र त्यस्तो धर्मशास्ध हो जसमा महिलाको पैत्रिक एवं अन्य सम्पत्तिको अधिकारको स्पष्ट किटान रहेको छ त्यसैले इस्लामले महिलालाई सम्पत्ति राख्ने पुर्ण अधिकार दिएको छ । यसको सम्पत्तिमा कुनै प्रकारको हस्तक्षेपलाई अनुचित एवं अवैध ठहराएको छ । महिलाले दुईतिरबाट सम्पत्ति पाउछिन । पहिले त बाबुको पैत्रिक सम्पत्तिमा उनको पूर्ण अधिकार रहेका छ भने दोस्रो पतिको तर्फबाट पनि सम्पतिको हकदार हो । पति तर्फबाट त विवाहकै समयमा महरका रपमा निश्चित नगदसुन वा सम्पत्ति पाउछिन् । बर र बधु पक्षबाट आपसी सहमतिमा निर्धारण गरिने उक्त सम्पत्तिमा महिलाको एकपक्षीय अधिकार रहेको हुन्छ । उसले आफ्नो इच्छा अनुसार खर्च गर्न वा व्यवसायमा लगानी गर्न सक्छे । इस्लाममा जुन प्रकारले पुरुषलाई सम्पत्तिका अधिकार छ त्यसै प्रकारले महिलालाई पनि छ । पवित्र कुरआनको सुरह अन्निसा आयत नं. ४ मा भनिएको छ “ महिलाहरुलाई उनीहरुको महर खुुशीसाथ पदान गर ।” त्यस्तै आयत नं. ७बmउस मा भनिएको छ, “ मातापिता एवं निकटतम नातेदारहरुले छाडेको धन सम्पत्तिमा महिलाहरुको पनि केही अंश हुन्छ ।” पैत्रिक सम्पत्तिमा महिलाको अधिकार बारेमा विस्तृत विवरण पवित्र कुरआनको सुरह अन्निसामा रहेको छ । यस सूरहको खास गरी आयत नं. १० र ११ मा बढी स्पष्ट पारिएको छ । महिलाको नाममा नै एउटा सिंगै सूरह नै अल्लाह तआलाले अवतरित गर्नु महिलालाई पुरुष भन्दा एकदर्जा उच्चता प्रदान गर्नु हो । सुरह निसा महिलालाई संबोधित गरिएको सुरह हो ।

विवाहका सन्दर्भमा पुरुषलाई एक मात्र विवाह गर्ने आदेश इस्लाममा मात्र भएको छ । यस्तो विवाहको संख्या किटान गरिएको अन्य कुनै धर्मका धर्मग्रन्थ छैनन् । हुन त सबैमा समान न्याय गर्न अनुमति इस्लामले दिएको छ तर यो अनिवार्य होइन । पवित्र कुरआनको सूरह निसा आयत नं. ३ मा स्पष्टसँग भनिएको छ। यदि तिमीहरुलाई अनाथ पति न्याय गर्न नसकिएला कि भन्ने डर छ भने तिमीहरु आफूलाई मन परेका महिलाहरु मध्ये २/२ वा ३/३ वा ४/४ जनासँग बिहे गर । तर यदि यी पीत्नहरु बीच न्याय गर्न सक्दैनौ भन्ने आशंका छ भने एउटीमा मात्र सीमित रहु ।” पुरुषलाई यस्तो छुट छ तर महिलालाई भने एक पटकमा एक भन्दा बढी पुरुषसँग विवाह गर्ने अनुमति छैन । किनकी पुरुषले न्याय गर्न सक्ने अवस्थामा विवाह गरेका महिलाबाट जन्मेका सन्तानका मातापिताको स्पष्ट पहिचान हुन्छ तर महिलाले एकै पटक एक भन्दा बढी पूरुषसँग विवाह गरेमा जन्मेका छोराछोरीको बाबुको स्पष्ट पहिचान हुन सक्दैन जसबाट परिवार र समाज नै लथालिङ्ग हुन पुग्दछ । इस्लाममा एक पुरुषकी पत्नी अरु पुरुषका लागि अवैध हुन्छिन् । पुरुषलाई आफ्नी पत्नीलाई तलाक गर्ने अधिकार भए झै महिलालाई पनि यस्तो अधिकार खुलको रुपमा इस्लामले व्यवस्था गरेको छ । दुवै पक्षबाट सम्बन्ध विच्छेद गर्दा आफूलाई मन लागेको ढंगबाट जहिले पायो त्यहिले गर्न पाउदैनन् । यसको लागि निश्चित धर्मशास्त्रिय विधि विधान पुरा गर्नुपर्ने हुन्छ । यो प्रावधान दुवैका लागि समान रहेको छ । सम्बन्धबिच्छेदको निश्चित समय अवधि पछि वा पति अथवा पत्नीको मृत्युपछि अर्को विवाह गर्ने अधिकार महिला र पुरुष दुवैलाई एक समान रहेको छ । स्मरण रहोस् अन्तिम सन्देष्टा हजरत मुहम्मद (स.)ले दुई पटक विधवा बनिसकेकी हजरत खदिजासँग पहिलो विवाह गर्नु भएको थियो ।

इस्लामले महिलालाइई पुरुषलाई भन्दा एक दर्जा उच्चता प्रदान गरेका छ । वर्तमान समयमा जन्मनु अघि नै छोरीको हत्या गर्भमा नै गरिन्छ र छोरी जन्मिहाले पनि बोझको रुपमा लिने गरिन्छ । तर इस्लाममा छोरीका बाबुलाई स्वर्गको हकदार मानिन्छ । एउटा हदिस अनुसार जो बाबुका छोरी जन्मीएका छन् र तिनीहरुको राम्रोसँग पालनपोषण  गरी राम्रो घरानामा विवाह गरिदिन्छ ऊ स्वर्गको सुखसयलको हकदार बन्दछ । सम्मानको दृष्टिमा बाबुको भन्दा आमाको  तीन गुणा बढी रहेको छ । अल्लाह तथा रसूल पछि सममानको हकदार आमा हुन् । एउटा हदीस अनुसार आमाको पैताला मुनि स्वर्ग रहेको छ । यसको अर्थ जसले आमाको राम्ररी हेरचाह गर्दछ उसले स्वर्गको सुख प्राप्त गर्दछ । यसरी इस्लाममा महिलाको इज्जतसम्मान र अधिकार उच्च रहेको प्रष्ट हुन्छ ।

अन्तमा म सम्पूर्ण दिदिबहिनीहरुलाई के आग्रह गर्दछु भने हामीले आफूमाथि बोझ थोपरेर होइनआफूलाई वस्तु बिकाउको माध्यम बनाएर होइनआफूलाई नङ्ग्याएर होइनआफूलाई पुरुषको पतिस्थापक रुपमा खडा गरेर होइन आफ्नो प्रकृति अनुरुप महिलाकै रुपमा पेश गरेर इस्लामले दिएका अधिकार प्राप्त गर्न खोजेर अधिकार सम्पन्न बनौ र आफूले पनि आफ्ना छोरीबुहारीआमापत्नीलाई अल्लाहद्वारा प्रदत्त अधिकारबाट बन्चित गर्ने दुस्साहस नगरौं । इस्लामको असल पालनामा अल्लाह तआलाले हामीलाई सक्षम बनाउन् । आमीन् सुम्मामीन् ।


लेखक : इरफान पोखरेल

No comments:

Post a Comment