Friday, October 16, 2015

हज यात्रालाई सम्झंदा


इस्लामका पाँचआधार स्तम्भ मध्ये हज एउटा स्तम्भ हो । आर्थिक र शारीरिक रुपमा सक्षम प्रत्येक मुस्लिमले साउदी अरेवीया स्थित मक्काका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलहरुको यात्रा गरी अल्लाह तआलाको याद गर्नुउनलाई पुकार्नुजान अन्जानमा आपूmले गरेका गल्तिको माफी माग्नुआफ्नो सुख संवृद्धिको लागि दुआ गर्नु र अल्लाहको गुण र विशेषताको बयान गर्नु हज भित्रका कार्यहरु हुन् । यो सक्षम व्यक्तिका लागि मात्र अनिवार्य छ । हज विश्व भातृत्वएकता र समानताको एउटा अनुपम नमूना हो । विश्वको जुन सुकै देशवासी होस्धन वा गरीवकालो वा गोरोअरबी वा गैर अरबी पूर्वेली वा पश्चिमेली जे सुकै भए पनि हजका प्रमुख पाँच दिन तथा उमराको समयमा एउटै रंग अर्थात सेतो नसिलाएका दुई टुक्रा कपडा पहिरिएर अल्लाह तआलाको यादमा तल्लीन हुन्छन् । त्यहाँ धनी गरिवउँचनिच केहि छुट्टिदैन । विश्वका कुनाकाप्चाबाट आएका लाखौं मानिसहरु एकै भेषमाएकै घरका दाजुभाई सरह परस्पर मिलेर एकै सृष्टिकर्ता तथा पालनहार अल्लाह तआलाको शरणमा आपूmलाई समर्पित गरेका हुन्छन् । आफ्नो धनव्यापार व्यवसायछोराछोरी रआफन्त सबैलाई त्यागेर कैयन घण्टा वा दिनको यात्रा पछि लामो समयसम्म केवल अल्लाहको यादमा अल्लाहको घर (कअ्वा) को दर्शन र परिक्रमा गर्नका साथै सुन्नत तरिकाबाट हजका अर्कान (मुख्य क्रिया) पूरा गर्नमा मुहम्मद (स.) का अनुयायी एवं अल्लाहका भक्त तल्लिन हुन्छन् ।

उनै कृपालु एवं परम दयालु अल्लाह तआलाको असिम अनुकम्पा यसवर्ष सन् २००९ मा ममाथि पनि पर्न गएकोले अल्लाहको घर (कअ्वा) को दर्शन गर्ने सुअवसर मैले पनि पाएँ । यति चाँडै हज जस्तो पवित्र कार्य गर्न पाउँला भन्ने मैले कल्पना नै गरेको थिइन । तर अल्लाहको कृपादृष्टि परेपछि जतिसुकै असंभव कुरा पनि संभव हुने रहेछ भन्ने कुरा प्रति म पूर्ण विश्वस्त भएँ । शारीरिक रुपमा तन्दुरुस्त अवस्थामा नै हज गर्न पाउनु म आफ्नो  अहोभाग्य ठान्दछु । मेरो लागि हजको निवेदन दिनेदेखि लिएर हजयात्रा समाप्त गरी घर फर्किदासम्म जस जसले मलाई जे जसरी सहयोग पुर्याए ती सबैलाई उनीहरुको सहयोग अनुरुप प्रतिदान प्रदान गरुन् भनी अल्लाह तआलासँग प्रार्थना गर्दछु ।

नोभेम्बर ११ तारिखदेखि नेपाली हज यात्रीहरुको सन् २००९ को हज यात्रा प्रारम्भ भएका थियो । नोभेम्बर ११ देखि १७ तारिख सम्मा ५ ल्फाइटमा जम्मा ५८८ जना हज यात्रीहरु हजको लागि मक्का पुगेका थिए । म नोभेम्बर १६ तारिखका दिन अन्य १२४ हजयात्रीका साथ एयर अरेवीयाबाट साउदी अरेवीइया तर्फ प्रस्तान गरें । छोटो हवाई यात्रा धेरै पटक गरेको भए पनि निश्चय नै यो मेरो पहिलो लामो हवाई यात्रा थियो । एक त अल्लाहको घरको यात्रामा निस्केको अर्को पहिलो पटकको लामो हवाई यात्रा भएकोले मनमा अनेकौं कौतुहिलता र उत्साह एवं उमंग मडारिइरहेका थिए ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्धारित समयभन्दा आधा घण्टा ढिलो अर्थात दिनको २ बजे उडेको जहाज ४:४५ घण्टापछि साँझ ६:४५ बजे अर्थात स्थानीय समय अनुसार साँझ ५ बजे यू.ए. ई. को सारजहाँ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरित भयो । त्यसपछि ७ घण्टासम्म विमानस्थलमा बिताएपछि स्थानीय समय अनुसार रातको १२ बजे सारजहाँबाट साउदी अरेवीयाको जेद्दाको लागि हामी प्रस्थान गर्यौं । एयर निशाले हामीलई २:३० घण्टामा जेद्दा उतार्यो । त्यहाँको करीव ७ घण्टाको पर्खाइपछि हाम्रो हजको जिम्मा लिएको मोअल्लीन (व्यवस्थापक) हामीलाई मम्का तर्फ लैजान आयो । १२५ यात्रीहरुलाई ३ वटा गाडीमा राखेर नोभेम्बर १७ तारिख दिनको २ बजेतिर मक्का पुर्याइयो र पहिले नै बन्दोबस्त गरिएको घर (अपार्टमेन्ट) मा कोठाको बेड क्षमता अनुसार बसाइयो । हामीले सारजहाँ विमानस्थलमा नै एहराम’ पहिरिइसकेकाले आफ्नो कोठामा लगेज राखिसकेपछि उमराकोलागि मस्जिदे हरम तर्फ हामी आफ्नो अनुकुल हुने गरी गर्यौं । उमराको क्रममा पहिले अल्लाहको घर (कअ्वा) को सातपटक परिक्रमा (तवाफ) ग¥यौं । तवाफ सकिएपछि मकामे इब्राहिम’ को सामुन्ने दुई रकअ्त सुन्नत नमाज पढियो र जमजम पिएर सफा देखि मर्वा पर्वत सम्मको दौड (सई) गरियो । त्यसपछि कपाल खौरिएर नुवाइ धुवाई गरी एहराम खोलियो र सामान्य कपडा लगाइयो । यसरी हजको पहिलो कार्य उमरा समाप्त भयो । त्यसपछिका दिनहरुमा मस्जिदे हरममा नमाज पढ्नेकअ्वाको तवाफ गर्ने र उमरा गर्ने तथा अल्लाह तआलासँग दुआ गर्ने कार्यहरु भए । यसै बीचमा हजका प्रमुख पाँच दिनमा कहाँकेकसरी गर्ने भन्ने बारेमा पूर्व जानकारी प्राप्त गर्ने उद्देश्यले ऐतिहासिक तथा धार्मिक महत्वका स्थलहरुको जियारत (अवलोकन) गर्न हाम्रो एउटा समूह त्यसतर्फ प्रस्थान गर्यो । जुन क्रममा हामीले गारे सौरगारेहिरामस्जिदे नमरहमस्जिदे आइशाजवले रहमतमस्जीदे मस्अरील हरममस्जिदे खैफ नहरे जुवेदा आदिको अवलोकन गर्यौं ।

उमरापछि हजका प्रमुख कार्यहरु जिल्हिज्जा ८ देखि १२ तारिख सम्म जम्मा ५ दिन हुने गर्दछ । यसै अनुरुप ८ जिल्हिज्जाको दिन एहराम लगाएर विश्व भरका हाजीहरुका साथ हामी पनि गाडीमा चढेर मक्काबाट मिना तर्फ प्रस्थान गर्यौं । त्यहाँ लाखौंको संख्यामा आगोले नजल्ने  पाल टाँगिएका रहेछन् । एउटा पाल भित्र ३०/४० जना राख्ने गरी बन्दोवस्त मिलाईएको रहेछ । विश्वका अरु हाजीहरु झैं हामी पनि आफूलाई तोकिएको पाल भित्र बस्यौं । उक्त दिन जोहरदेखि ईशा सम्मको र ९ तारिखको फजिरको नमाज त्यसै पाल भित्र पढियो । मिनाबाट ९ जिल्हिज्जाको दिन अराफात तर्फ प्रस्थान गर्यौं । सबै हाजी मिनामा अट्न नसक्ने भएकोले केहि हजार पाल मुज्दल्फामा पनि बनाइएका रहेछन् । हाम्रो खिमा (पाल) पनि मुज्दल्फामा नै परेकाले त्यहाँबाट अराफात करिव ९ कि.मी. टाढा थियो । तछाडमछाड गर्दै हामी जस्ता तागत हुने हाजीहरु त वसमा चढेर अराफातको मैदानमा मस्जिदे नमरहको आसपास र त्यसको पछाडि रहेका अस्थायी पालमा पुग्यौं तर कमजोरमहिला र बसमा कोचिएर जान नचाहनेहरु पैदल यात्रा गर्दै अराफातको मैदानमा पुगे । अराफातको मैदान यस्तो स्थान हो जहाँ अन्तिम सन्देष्टा मुहम्मद सल्लल्लाहु अलैही वसल्लमले अन्तिम प्रवचन (खुतवा) दिनु भएको थियो र जोहर तथा असरको नमाज एकसाथ पढ्नु भएको थियो । यसका साथै उहाँले अल्लाह तआलासँग भित्री हृदयवाट दुआ माग्नु भएको थियो । त्यसैले त्यस स्थानमा जति बढी क्षमायाचनापाप र नरकको यातनाबाट मुक्ति र स्वर्ग प्राप्तिको लागि भित्री हृदयबाट दुआ माग्यो त्यती कबूल हुन्छ भन्ने भनाई रहेको छ । हामी ६ जना नेपालीहरुको समूह थियो । करिव ११ बजे हामी मस्जिदे नमरहको वाहिर पट्टि सडकमा एउटा ठाउँमा कपडा ओछ्याएर बस्यौंइमामद्वारा दिइएको धार्मिक प्रवचन सुन्यौं । जब जोहरको अजान भयो तब इमामको पछाडि रहेर जोहर र असरको नमाज जम्मा गरेर एक साथ पढ्यौं । त्यसरी नै लाखौं हाजीहरुले एकसाथ नमाज पढे । तर मस्दिको २ कि. मी सम्म टाढा रहेका पाल वा बाहिर बसेका अन्य हाजिहरुले भने यी दुई नमाज आआफ्नै समयमा पढे । ५० लाख भन्दा बढीको मानव समुद्रमा अत्यधिक भिडको कारणले गर्दा केहि लाख मानिसहरु मस्जिदे नमरहमा इमामभन्दा अगाडि नै रहेर नमाज पढ्न वाध्य भए । उनीहरुको नमाज स्वीकार भए नभएको कुरा अल्लाहलाई नै थाहा होला । किनकी उनी नै मानिसको अवस्था र नियतलाई राम्ररी जान्दछन् । नमाज पछि आआफ्नो स्थानमा रहेर अल्लाहसँग आफूले गरेका गल्तिको माफी माग्नेजान अन्जानमा गरेको खराब कर्म प्रति क्षमा याचनाआफू र आफ्नो परिवारका कठिनाइहरु हटाउन र सुख संवृद्धि प्रदान गर्न अल्लाह तआलासँग दुआ गर्यौं । अल्लाहको खुब याद ग¥यौंउनको गुणगान ग¥यौं । यसरी हामी करीव ६ घण्टा मस्जिदे नमरहको बाहिरपट्टि रह्यौं । फुसफुसे पानी परे झैं वनावटी वर्षा गराइएकाले मस्जिदको करीव ५०० मिटरको घेरा भित्र टन्टलापुर घाममा पनि गर्मिको कुनै अनुभुति हुदैनथ्यो । सूर्यास्त पछि जब मगरीवको नमाजको अजान शुरु भयो नवि (स.) झैं हमी पनि अराफातबाट मुज्दल्फा तर्फ प्रस्थान गर्यौं ।

अराफातको यात्रात्यहाँ रहँदा र त्यहाँबाट फर्कदा आपूmलाई मानव समुद्रमा समाहित गरेको अनुभूति भयो । एकै पोषाकमा सजिएका लाखौं मानिसहरुमाझ आफू कदापी एक्लो नभएकोमानिसहरुमा र्भौगोलिक र राजनैतिक विभाजन नरहेकोसबै मानिसहरु साँच्चै नै एकै परिवारका दाजुभाई तथा दिदी बहिनी रहेको अनुभूति आफूलाई भयो । एकै अल्लाहको यादमा र उनकै खुशीको लागि आपूmलाई समर्पित गरेका विभिन्न कदरंग र नश्लका मानिसहरु असल मुस्लिम रहेको कुरा त्यहाँ प्रतित हुन्थ्यो । त्यस्तै समानतामित्रता र भातृत्व अन्य अवस्थामा पनि रहने हो भने विश्वमा सुखशान्ति र अमन चयनको  वास हुने थियो र स्वर्गमा हुने आनन्दको थोरै भए पनि अनुभति हुने थियो । तर विडम्वना हज सकिएको भोलिपल्टदेखि नै मानव बीच मपाईवादको लडाई शुरु भइहाल्छ ।

९ जिल्हिज्जाको दिन अराफातबाट मुज्दल्फा आएर हामीले जमरात (शैतान) लाई हान्ने पत्थर (ढुंगा) जम्मा ग¥यौं। नमाज पढ्यौं र त्यहाँ इशाको समयमा मगरिब र इशाको मुज्जदल्फामा नै खिमा भएका कतिपयले आफ्नो खिमा फर्किएर अल्लाहको यादमा लिन भए भने अन्य सबै मुज्दल्फाको खुला आकाश मूनि रात बिताए । एक हदिस अनुसार नवि (स.) ले अराफातको दिन अराफातमा धेरै दुआ गर्नु भएको थियो । ती मध्ये एउटा वाहेक अन्य सबै दुआ कवूल भएको खुशीको कुरा अल्लाह तआलाबाट आएको थियो । उहाँ (स.) मुज्दल्फा आएर राती फेरी अल्लाहसँग आफ्नो समुदायको लागि दुआ माग्नु भएको थियो जुन त्यहाँ कवूल भएको थियो । त्यसैले सबै हाजिहरु मुज्दल्फामा रात बिताएर अल्लाह तआलासँग खुब दुआ गर्ने गर्दछन् ।

१० जिल्हिज्जाको दिन मुज्दल्फाबाट मिना आएर ठूलो जमरात (शैतान) लाई सातवटा ढुंगाले हिर्काइयो । त्यसपछि कुरबानीको जिम्मा लिएको इस्लामी भाइले दिएको कुर्वानी भएको सूचना अनुसार कपाल खौरिइ नुहाइधुवाई गरी एहराम खोलियो र सामान्य कपडा लगाइयो । कतिपय हाजीहरुले एहराम कै अवस्थामा वा अर्को कपडाको अवस्थामा १० तारिखका दिन मक्का गई तवाफे जियारत गरे भने कतिपयले ११ वा १२ ता.का दिन तवाफे जियारत गरे । मैले पनि आफ्नो समूहका साथ ११ तारिखका दिन तीनवटै जमारातलाई ७/ वटा पत्थरले हिर्काई कअ्कोबा तवाफे जियारत गरें । तवाफ जहिले गरेपनि ११ तारिख सम्मको रात मिनामा नै बिताउनु पर्ने हुन्छ । त्यसैले सोहि अनुरुप हामीले पनि ग¥यौं । १२ तारिखका दिन तीनवटै जमरातलाई पत्थरले हिर्काई त्यहीबाट करीव २ कि.मी. खुला बाटो र डेढ कि.मी. सुरुङ मार्गको यात्रा तय गरी हामी मक्का पुग्यौं र त्यहाँ होटलको आफ्नो कोठामा सामान राख्यौं । त्यसपछिको करिव १ हप्ता सम्म कअ्बाको तवाफ र अल्लाहसँग दुवा गर्दै बितायौं । मक्काबाट मदीना प्रस्थान गर्नु अघि सबै हाजिले कअ्बाको आखिरी बिदाई तवाफ गरे र कअ्बाप्रतिको अगाढ प्रेम र मोह प्रदर्शन गरे । मक्का पुगेको समयको आधारमा समूह मिलाई हामी नेपाली हाजीलाई डिसेम्बर ८ देखि ११ तारिख सम्ममा मदीना लगियो । जहाँ दिनसम्म रहनु पर्ने थियो र सुन्नतको रुपमा ४० नमाज पढ्नु थियो । तर यो हजको अर्कान भित्र नपर्ने भएकाले अनिवार्य (फर्ज) होइन ।

मदीना शरिफमा दृष्टि परेपछि दरुद सरिफ पढ्ने र अल्लाहसँग दुआ गरिन्छ । नवूबतको १३ वर्षसम्म मक्कामा बसेपछि नवी (स.) को अन्तिम १० वर्ष मदीनामा बितेको थियो । मदीना रहँदा मस्जिले नबवीमा नमाज पढ्नेअल्लाहको जिक्र गर्नेदुआ गर्ने गरिन्छ । त्यहाँ स्थित जन्नतुल रोजा अर्थात् जन्नतको क्यारीमा दुई रकअ्त नमाज पढ्नु सुन्नत मानिन्छ । त्यसै अनुसार हामीले पनि पढ्यौं । त्यस्तै मदीना स्थित विभिन्न ऐतिहासिक तथा धार्मिक महत्वका स्थलहरुका जियारत (अवलोकन) पनि समूह मिलाएर हामीले गर्यौं ।


मस्जिदे नबवी स्थित नबी (स.)हजरत अबूबक्र (रजि.) र हजरत उमर (रजि.) को क्वारी नजिक गएर सलाम फेर्ने, अरुले पठाएको सलाम पुर्याउने र अल्लाहसँग दुआ गर्ने गरिन्छ । हामीले विश्वको पहिलो मस्जिद अर्थात मस्जिदे कुबा७० जना सहाबीहरु शहिद बनाइएको पहाड उहुदसहाबासहाबियात आदिको लाखौं चिहान भएको पुरानो चिहानघाट जन्नतुल बकीअल्लाहको आदेश अनुसार नवि (स.) ले एउट नमाजमा किबला परिवर्तन गरिएको मस्जिद मस्जिदे किब्लतैनखजुरको बगैंचा र मस्जिदे जुमाको अवलोकन गर्यौं । यसरी काठमाडौंबाट उडेको ३५ दिनपछि हामी पूनः काठमाडौं आइपुग्यौं र हाजीको सम्मान प्राप्त गर्यौं । हजले सच्चा मुस्लिमको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ । यसले मानिस भित्र सहयोगपरोपकार र भातृत्वको भावना जगाउँछ । हज गएर आएका व्यक्तिका पहिलेका सबै पापहरु धुलिन्छन् र भरखर जन्मेको बच्चा सरह पाप मुक्त रहेको हुन्छ । यदि उसले सतर्कता पूर्वक आफ्नो जीवनलाई इस्लाममा ढाल्यो भने अवश्य नै ऊ जन्नत (स्वर्ग) को सुखबाट पुरस्कृत हुन सक्छ र हिसाब कितावको दिन उसलाई कुनै कठिनाइ हुने छैन ।

लेखक : इरफान पोखरेल

No comments:

Post a Comment