मुहम्मद (उनीमाथि अल्लाहको शान्ति होस्) को चरित्र

अन्तिम सन्देष्टा हजरत मुहम्मद (स.) एकान्तप्रेमी एवं शान्तिप्रेमी व्यक्ति हुनुहुन्थ्यो । उहाँमा चालिस वर्षको उमेरसम्म पनि राजनैतिक रुचीको गन्धसम्म कसैले पाएका थिएनन् । उहाँ (स.) एक्कासी एक महान सुधारक र नीतिज्ञ बनेर प्रकट हुनुभयो जसले २३ वर्षको अवधीमा १८ लाख वर्गमाइल भएको मरुस्थलका असंगठित लडाकुअज्ञानीउद्दण्डअसम्य र सधै आपसमा लडिरहने जातजातिलाई कुनै पनि यातायात र संचारका आधुनिक साधन बिना नै एक धर्मएक सभ्याताएक विधान र एक शासन व्यवस्थाको घेरा भित्र ल्याइदिनु भयो । उनीहरुको वर्वरतालाई नैतिकतामा बदलिदिनुभयो । उहाँले अरबीहरुको उद्दण्डता र निरंकुशतालाई अत्यन्तै नियमबद्ध आज्ञापालनमा परिवर्तन गरिदिनुभयो । अरब एउटा बाँझो राष्ट्र थियो जसले कैयन शताब्दीसम्म एउटै पनि महापुरुष जन्माउन सकेको थिएन । यस्तो देशलाई उहाँले महापुरुष उत्पादक राष्ट्र बनाइदिनुभयो । त्यहाँ हजारौं महापुरुषहरु जन्मिए जसले धर्मनैतिकता र सभ्यताको शिक्षा संसारभर फैलाए ।
       
यो काम उहाँले अत्याचारछलकपटबल र धोखाको माध्यमबाट गर्नुभएन बरु मनमोहक स्वभावआत्मालाई बशमा ल्याउने सज्जनता अनि इच्छाहरुमाथि अधिकार जमाउने शिक्षाले गर्नुभयो । उहाँ (स.) को स्वभावले शत्रुलाई सजिलै भित्र बनाउँथ्यो । उहाँ (स.) दया एवं अनुकम्पाले मानिसहरुको कठोर हृदयलाई मैन बनाइदिनुभयो । शासकको रुपमा सत्य र न्यायलाई कहिल्यै छोड्नु भएन । युद्धमा पनि कसैसित विश्वासघात गर्नुभएन र कहिल्यै पनि आफ्नो प्रतिज्ञा भंग गर्नुभएन । उहाँ (स.) ले आफ्नो कट्टर दुश्मनमाथि पनि कहिल्यै अत्याचार गर्ने प्रयत्न गर्नुभएन । उहाँ (स.) लाई शत्रुहरुले गाली बेइज्जती मात्र होइन ढुङ्गाले हिर्काएर रक्ताम्मे बनाएका थिए । उहाँका विरुद्ध सारा अरबीहरुलाई उभ्याएर उहाँलाई देश निकाला समेत गरेका थिए । दुश्मनहरुले उहाँलाई देश निकाला समेत गरेका थिए । दुृश्मनहरुले उहाँको काकाको कलेजो समेत निकालेर खाने जस्तो अमानवीय क्रुर व्यवहार देखाएका थिए । तर पनि उहाँले उनीहरुसँगको युद्ध जितिसकेपछि उनीहरुमाथि कुनै किसिमको दमन नगरी वरु उनीहरुका सबै कसुरहरु माफ गरिदिनुभयो । उहाँले कहिल्यै कसैसँग बदला लिने काम गर्नुभएन । उहाँका आत्मसंयमता र निसवार्थपन कतिसम्म थियो भने देशभरिको सर्वोच्च शासक भएर पनि उहाँ फकिर (जोगी) जस्तै जीवन व्यक्तित गर्नु हुन्थ्यो । उहाँ छाप्रोमा बस्नुहुन्थ्योगुन्द्री (चटाई) का सुत्नुहुन्थ्योखस्रो र सामान्य कपडा लगाउनुहुन्थ्योसामान्य खानेकुरा खानुहुन्थ्योब्रत (रोजा) बस्नुहुन्थ्यो र रातभर अल्लाहको भक्ति र यादमा बिताउनुहुन्थ्यो । यस बाहेक उहाँ (स.) गरिब र दीनदुखीहरुको सेवा गर्नुहुन्नथ्यो । मजदुरले झैं काम गर्न उहाँ कुनै संकोच मान्नुहुन्नथ्यो । अन्तिम समय सम्म पनि उहाँमा सत्ता र धनको घमण्ड रतिभर पनि थिएन । उहाँमा कुनै अहंकारको गन्धसम्म पाइदैनथ्यो । शासक भएर पनि साधारण व्यक्तिले झैं सर्वसधारणसँग भेटघाट र कुराकानी गर्नुहुन्थ्यो र उनीहरुको सुखदुृखमा सहभागि बन्नुहुन्थ्यो । सर्वसधारणसँग घुलमिल भएर रहेको अवस्थामा उहाँ राष्ट्रका शासक वा सम्राट हुन् भनेर चिन्न कठिन हुन्थ्यो । यति ठूलो व्यक्ति भएर पनि उहाँ सर्वंसाधारणसँग भेटभाट गर्दा उनीहरु जस्तै हुनुहुन्थ्यो । जीवनभरि कठिन परि७नतसम गरेर पनि उहाँले आफ्नो र परिवारको लागि केही कमाएर राख्नु भएन । आफूले जे जति कमाए पनि त्यो सबै समुदायका गरीब र असहायहरुलाई दान दिनुभयो । आफ्नो सन्तानका निम्ति जकात लिने हक उहाँले राख्नु भएर किनकी उहाँका सन्तानहरुलाई अनुयायीहरुले जकातको संपूर्ण रकम दिइ हाल्ने हुन् कि भन्ने डर उहाँलाई थियो । 



मुहम्मद (स.) त्यस्तो व्यक्ति हो जसले संसारका मानिसहरुको धारणा बदलेर भ्रम अन्धविश्वा नैराश्यताबाट यथार्थतासंयमता र पवित्र सांसारिक जीवन तर्फ ढल्काई दिनुभयो । सांसारिक वस्तुहरुमा ईश्वरीय गुण खोज्नेहरुलाई प्रकृतिको दृष्यमा अल्लाहका चिन्हरु देख्ने मानिस बनाउनुभयो । उहाँले मानिसलाई बुद्धिअनुभव र अन्तज्र्ञानको विशिष्ट सीमा बताउनुभयोभौतिकवाद र अध्यात्मवाद बीच सामञ्जस्यता कायम गर्नुभयो । त्यस्तै धर्मबाट ज्ञान र कर्मधर्मको शक्तिबाट संसारको वैज्ञानिक कल्पना र वैज्ञानिक कामनाबाट शुद्ध धर्मवाद उहाँले नै स्थापना गर्नुभयो । ज्ञानको शक्तिबाट एकेश्वरवादमा दृढ विश्वासको जरो बहुदेववादी र सृष्टि पूजकहरु बीच गाडनुभयो र उनीहरु एकेश्वरवादको सिद्धान्त मान्ने भए । उहाँले नैतिकता र अध्यात्मका मौलिक अवधारणामा परिवर्तन ल्याउनुभयो । जसको दृष्टिमा मन र शरीरको कर्तव्य पालना गर्नाले अध्यात्मिक उन्नती र मुक्ति असंभव थियो तिनीहरुलाई उहाँले नागरि क हक र समाज तथा सासारिक कर्मनैतिकता तथा अध्यात्मिक विकास र मुक्तिको बाटो देखाउनुभयो । यस वाहेक मानिसलाई वासतविक ज्ञान दिने पनि उहाँ नै हो । त्यस्तै जो भगवान्अवतार वा ईश्वरका पुत्र वाहेक अरु कसैलाई मार्ग दर्शक तथा नेता मान्दैनथे उनीहरुलाई हामी जस्तै मानिस अल्लाहको प्रतिनिधि बन्न सक्छ भनी उहाँको नै सिकाउनुभयो । प्रत्येक शक्तिशाली मानिस एउटै अल्लाह मान्ने मानिसले पनि अपवित्रतापराधिनता तथा दासताको चिनो लिएर जन्मेको पनि हुँदैन । उहाँले यस्तै शिक्षाको माध्यमबाट संसारमा मानव एकता र समाताजनतन्त्र र स्वाधिनताको विचार उत्पन्न गराउनुभयो ।

No comments:

Post a Comment