Friday, October 16, 2015

अन्तिम संदेष्टा मुहम्मद (उनीमाथि अल्लाहको शान्ति होस्) को जन्म र संसारको अवस्था



केही समयसम्म आज भन्दा १४३० वर्ष अघिको संसारलाई विचार गरौं । त्यस समयमा मानिस मानिसका बीचमा विचार विमर्शको साधन अत्यन्तै थोरै थियो । देशदेश र जातिजाति बीचको आपसी संबन्ध अति सिमित थियो । मानिसहरु ज्यादै संकुचित र स्वार्थी विचारका थिए । उनीहरुको विचार अती संकीर्ण थियो । अज्ञानताको अन्धकारमा ज्ञानको प्रकाश ज्यादै मधुरो थियो । त्यसबेला संसारमा रेडियोटेलिफोनटेलिभिजन जस्ता आजका संचारका साधनहरु र हामीले प्रयोग गर्न गरेका मोटर गाडीरेलजहाज जस्ता यातायातका साधनहरु केही पनि थिएनन् । न त छापाखाना र प्रकाशन गृह नै थिएन त विद्यालय विश्वविद्यालयहरु नै थिए । त्यसैले त्यसमयमा न त पत्रपत्रिका नै प्रकाशित हुन्थे न त पर्यापत मात्रामा पुस्तकहरु नै लेखिन्थे ।

जुन देशहरु त्यसबेलाको सभ्यताको स्तर अनुसार सभ्य गनिन्थे त्यस्ता देशहरु भन्दा अरब पृथक थियो । अरबको छेऊमा इरानरोम र इजिष्ट र सीरिया इजिष्ट र सीरिया थिए जहाँ विधाकला तथा सभ्यता एवं संस्कृतिको केहि प्रकाश देखिन्थ्यो । तर वालुवाको ठूलो समुद्रले अरबलाई अलग्गै छुट्याएर राखेको थियो । अरबका व्यापारीहरु उँटमा चढेर वा महिनौंसम्म हिडेर ती देशहरुमा व्यापार गर्न जान्थेमालसामान किनवेच गरी फर्कन्थे । तिनीहरुको देशमा न विद्यालय थियो न पुस्तालय नैन शिक्षाको कुनै चर्चा थियो र न सीप एवं कला प्रति रुची नै । देशभर अशिक्षाअन्ध विश्वास र अधर्मले जरा गाडेको थियो । उनीहरु प्रचलित विज्ञान र कलाबाट परिचित थिएनन् तापनि उनीहरुसँग उच्चकोटीको भाषा थियो जसको माध्यमबाट उच्चभन्दा उच्च विचार सजिलै व्यक्त गर्न सक्ने असधारण शक्ति थियो । अरबवासीहरुमा उत्तम साहित्यिक अभिरुची थियो । तर त्यसबेलाको उनीहरुको साहित्यको अध्ययन गर्दा उनीहरुको ज्ञान अत्यन्तै सीमित भएको कुरा थाहा हुनछ । सभ्यता र संस्कृतिको दृष्टिले उनीहरु निम्न ७नतसेणीका थिए । उनीहरुका विचारधारणा र स्वभावमा अत्यन्तै अज्ञानता एवं बरबरता थियो । उनीहरुका नैतिक व्यवहार अत्यन्तै भद्दा र असभ्य थिए ।

अरबमा त्यसबेला सम्म कुनै प्रकारको सुव्यवस्थित शासन व्यवस्था थिएन र राष्ट्र सञ्चालनको लागि विधि विधान र बनेकै थिएन । प्रत्येक जाति तथा उपजाति आआफ्नो क्षेत्रमा स्वशासित र स्वतन्त्र थिए । वलिया र शक्तिशालि कमजोर र दुर्बल माथि अत्याचार र हत्या आसंक मच्चाई उसको धनमाल लुटेर अधिकार जमाउने प्रचलन थियो । आफ्नो गुट वाहिरको व्यक्तिको सम्मान र सुरक्षा गर्नेउनीहरुको धनमाथि आँखा नगाड्ने कुरा त्यस समयका अरबबासीहरुले कल्पना सम्म गर्न सत्तैनथे । उनीहरुको हृदयमा दयाप्रेमसद्भाव जस्ता गुणहरुको सट्टा जसको शक्ति उसैको भक्ति’ भन्ने मान्यताले वास गरेको थियो । नैतिकतासभ्यता र शिष्टता नामको कसनै चीज नै उनीहरुसँग थिएन । पवित्रता र अपवित्रतावैध र अवैध शिष्टता र अशिष्टता बीच तिनीहरु फरक छुट्याउन जान्दैनथे । त्यसैले उनीहरुको जीवन जादै कष्टकर थियो । व्यभिचाररक्सी जुवातासचोरीडकैतीहिंसाहत्या जस्तै कुराहरु उनीहरुको लागि सामान्य थिए र ती क्रियाकलपा तिनीहरुका नित्य कर्म झै बनेका थिए । उनीहरु आफ्ना छोरी विहे गरिदिए कसैलाई जुवाइ बनाउनु नपरोस् भन्ने सोचले आफ्नै हातले आफ्ना छोरीहरुलाई जीउदै गाड्ने जस्तो घुणित र क्रुरतापूर्ण कार्य गर्न समेत पछि हट्दैनथे । उनीहरुलाई खापिनलुगाफाटासरसफाई र पवित्रता आदिका बारेमा समान्य नियम सम्म थाहा थिएन ।

मानिसहरुलाई सहि मार्ग देखाउन र इश्वरीय शिक्षा प्रदान गर्न अल्लाह तआलाले विभिन्न जातजतिवंश र क्षेत्रमा एकलाख भनदा बढी सन्देष्टाहरु पठाएका थिए । तर ती सन्देष्टाहरु र उनीहरुले दिएको शिक्षाको बारेमा तत्कालीन अरबका मानिसहरुमा कुनै यथार्थ ज्ञान थिएन । इब्राहिम (अ.) र इस्माइल (अ.) उनीहरुका पूर्खा हुन् भन्ने कुरा उनीहरु जान्दथे तर ती बाबुछोराले मानिसहरुलाई दिएको शिक्षा के थियो भन्ने कुराको ज्ञान भने उनीहरुमा थिएन । आद र समुदका कथाहरु उनीहरुबीच प्रसिद्ध थियो तर तिनीहरुका बारेमा जुन कथा अरबका इतिहासकारहरुले लेखेका छन् जसो पढ्दा सालेह (अ.) र हुद (अ.) का शिक्षाहरुको कुनै संकेत समेत पाउन सकिदैन । यहुदी र ईसाइहरुले लेखेका इसराइलका कथाहरु उनीहरुले प्राप्त गरेका थिए तर ती कथाहरुको बारेमा कुरआनका विश्लेषकहरुले औंल्याए अनुसार ती सबै इसराईलमाझ चलेका कथाहरुका भरमा लेखिएका थिए । यसबाट अरबी तथा स्वयम् इसराइलीहरुले जुन ईशदूतलाई चिनेका थिए ती कस्ता मानिस थिएइशदूतत्वका बारेमा उनीहरुको अवधारणा कति न्यूनकोटीको थियो भन्ने कुरा यसबाट थाहा हुन्छ ।



लेखक : इरफान पोखरेल  

No comments:

Post a Comment