Friday, October 16, 2015

आखिरत र यसको वास्तविकता


आखिरतको अर्थ अर्को जीवन हो । यसले पारलौकिक जीवनलाई बुझाउँछ । इस्लामी आस्थाहरू मध्ये आखिरत माथिको आस्था पनि एउटा महत्वपूर्ण आस्था हो । जो मानिस यसमाथि विश्वास गर्दैन ऊ असल मुस्लिम हुन सक्दैन । यो सांसारिक जीवन निमिषभरको लागि मात्र हो । यो अत्यन्तै छोटो र क्षणिक छ । वास्तविक जीवन त पारलौकि जीवन हो जुन अन्त्यहिन छ । आखिरत शुरु हुनु अघि यो पृथ्वी लगायत सारा जगत नै यसका रचयिता अल्लाह तआलाले संभार अर्थात तहसनहस पार्नेछन र सबै मानिसको मृत्यु आउने छ जसलाई कयामत’ अर्थात महाप्रलय भनिन्छ । त्यसपछि पहिलो मानव आदमदेखि लिएर अन्तिम मानवसम्म सबैको जे जस्तो अवस्थामा मृत्यु भएको भए पनि सबका सब जीउँदो बनाएर उठाइनेछन् । यसरी पूनर्जीवित भए पछि सबै मानिस अल्लाह समक्ष हाजिर भई आफ्नो सांसारिक जीवनमा गरेका कृयाकलापको हिसाब किताब बुझ्न हशर’ को मैदान तर्फ दौड्नेछन् । त्यहाँ प्रत्येकको पाप पूण्यको हिसाब र स्वर्ग नर्कको फैसला गरिनेछ ।

कियामत र आखिरतको बारेमा अल्लाहका अन्तिम रसूल मुहम्मद (स.) ले हामीलाई सन्देश दिनु भएको छ । यस कुराको स्पष्ट उल्लेख अल्लाहको सन्देश पवित्र कुरआनमा समेत विभिन्न स्थानमा आएको छ । कुरआन तथा अल्लाहका रसूल मुहम्मद (स.) ले बताउनु भए अनुसार एकदिन अल्लाह तआलाले संपूर्ण विश्व र विश्वका सबै प्राणी तथा वनस्पतिहरूपहाड पर्वतसमुद्रअन्य ग्रहतारा आदिलाई समाप्त पार्नेछन् । त्यस दिनको नाम कयामत’ हो । फेरी अल्लाहले सबै मानिसहरूलाई एउटा अर्कै जीवन प्रदान गर्नेछन् । उक्त जीवन पाएपछि सबैजना अल्लाह समक्ष हाजिर हुनेछन् । त्यसलाई हशर’ अर्थात भेलाको दिन भनिन्छ । त्यसदिन प्रत्येक मानिसले आफ्नो भौतिक जीवन (यस धर्तीमा रहँदाको जीवन) मा गरेका संपूर्ण कर्महरूको हिसाब अल्लाह समक्ष पेश गरिनेछ र उनले प्रत्येक मानिसको सत्मर्क र दुष्कर्मको नीरिक्षण गरी त्यसको लेखाजोखा गर्नेछन् । सत्कर्म र दुष्कर्म मध्ये जुन बढी वजनदार हुनेछ त्यसै अनुसार उसको आखिरतको फैसला हुनेछ । जस अनुसार सत्कर्मीहरूलाई स्वर्गको अनन्त र अकल्पनीय सुखभोग गर्न पठाइने छ र दुष्कर्मीहरूलाई नर्कको दन्कदो आगोमा होमिनेछ जहाँ उसले अकल्पनीय पिडा भोग्नु पर्नेछ । यी दुबै प्रकारका जीवन अन्त्यहिन छन् ।

आखिरतका बारेमा पवित्र कुरआनको अध्याय ९९ अल जिल्जालमा भनिएको, “जब पृथ्वीलाई पूर्ण रुपमा हल्लाइनेछ र धर्तीले आपूmभित्र रहेको बोझ निकालेर फ्याँकिदिनेछ र मानिसले भन्नेछयसलाई के भयो ७तिस त्यो दिन पृथ्वीले संपूर्ण खबर बताउने छ किनभने तिम्रा पालनकर्ताले त्यसलाई यस्तो गर्ने आदेश दिएका हुन्छन् । मानिसहरू त्यस दिन एक्ला एक्लै आउनेछन् ताकि तिनीहरूलाई उनीहरूका कर्म देखाइयोस् । अनि जसले कणभर पनि सत्कर्म गरेको हुन्छ उसले त्यसलाई देख्नेछ र जसले कणभर पनि दुष्कर्म गरेको हुन्छ उसले त्यसलाई देख्नेछ ।

त्यसैगरी पवित्र कुरआनको अध्याय ८२ अल्इन्फितार मा भनिएको छ, “जब आकाश चर्किनेछ र जब ताराहरू झर्नेछन् र जब समुद्रहरू बगाइनेछन् र जब चिहानहरू खोलिनेछन् । तब प्रत्येक व्यक्तिले अगाडि पठाएको र पछाडि छोडेको (कर्महरूबारे) थाहा पाउनेछ । ....निःसन्देह सत्कर्मीहरू अनुग्रहमा हुनेछन् र निःसन्देह दुष्कर्मीहरू नरकमा हुनेछन् । अन्तिम निर्णयको दिन तिनीहरू त्यहाँ जाकिनेछन् र त्यहाँबाट कहिल्यै उम्कन सक्ने छैनन् । र निर्णयको दिन के होतिमीलाई के थाहा ७तिस होके थाहा तिमीहरूलाई के हो निर्णयको दिन ? त्यस दिन कसैले कसैको लागि केही गर्न सक्ने छैन र संपूर्ण अधिकार अल्लाहमा नै नीहित हुनेछ ।” त्यस्तै पवित्र कुरआनको अध्याय ६९ अल्हाक्कह्मा भनिएको छ फेरी जब पहिलो सूर (नरसिङ्गा) फुकिनेछअनि पृथ्वी एवं पहाडहलाई माथि उठाइनेछ । एकै पटकमा टुक्रा टुक्रा पारिनेछ । त्यसदिन त्यो घटना (महाप्रलय) हुनेछ । अनि आकाश फाट्नेछ र त्यसदिन त्यो अति नै कमजोर हुनेछ । ... त्यसदिन तिमीहरू पेश गरिनेछौ । तिमीहरूको कुनै पनि रहस्य गोप्य रहने छैन ।

पारलौकिक जीवन सुखमय बनाउन र दुष्कर्मबाट बच्न सचेत गराउदै अल्लाह तआला कुरआनमा भन्छन्, “त्यस दिन आकाश पग्लेर चाँदी झैँ हुनेछ र पहाडहरू टुक्रिएर धुनेका कपास झैँ हुनेछन् र कुनै पनि मित्रले आफ्नो मित्रलाई समेत सोध्ने छैन जबकी तिनीहरू एक अर्कोलाई देख्नेछन् । अपराधीले त्यसदिनको यातनाबाट बच्न फिद्या (फिरौती) को रुपमा आफ्ना सन्तानआफ्नी पत्नीआफ्नो दाजुभाईआपूmलाई शरण दिने नातेदार र धर्तीका सबै मानिसहरूलाई पेश गर्नेछ ताकि उसले स्वयंलाई बचाउन सकोस् । कदापी होइनत्यो दन्कदो आगोको ज्वाला हुनेछ जसले मासु र छाला काढ्नेछ । त्यस आगोले प्रत्येक यस्तो व्यक्तिलाई आपूmतिर बोलाउने छ जसले सत्यबाट पिठ्यूँ फर्काउँछ र विमुख हुन्छधन सम्पत्ति जम्मा गर्छ र गनेर राख्छ । सिवाय यस्ता नमाजीहरूको जो नियमित नमाज पढ्छन्जसको धनसंपत्तिमा निश्चित हक हुन्छ मगन्ते र वन्चित व्यक्तिहरूको लागि । र जो बदला दिइने दिनलाई सत्य मान्छन् जो आफ्ना रबको यातनाको भय राख्छन् ।” (७०:८१८२२२७)

कयामत (महाप्रलय) पछि आखिरत शुरु हुन्छ । तर कयामत कहिले आउँछ भन्ने जिज्ञासा मेटाउदै कुरआनमा अल्लाह तआलाले भनेका छन्, “बरु मनुष्य उनका अगाडि दुष्साहस गर्न चाहन्छ र सोध्छमहाप्रलयको दिन कहिले आउँछ ७तिस अनि जब आँखाहरू तिरमिराउनेछन् र चन्द्रमा प्रकाशहीन हुनेछ र सूर्य तथा चन्द्रमालाई एकत्रित गरिनेछ । त्यसदिन मनुष्यले भन्नेछ अब भागेर कहाँ जाउँ ? (७५:५१०)

निःसन्देह फैसलाको दिन निर्धारित छ । जुनदिन सूर (कर्कश ध्वनी निस्कने औजार) पूmकिनेछ । अनि तिमीहरू हुलका हुल बाहिर निस्कने छौ र आकाश खोलिनेछ । अनि त्यो ढोकै ढोका भएर रहनेछ र पहाडलाई चलाइनेछ । अनी ती पहाडहरू मृगतृष्णा (जलभ्रम) झै हुन पुग्नेछन् । निःसन्देह नरक ताकमा बसेको छ । त्यो उदण्डहरूको बासस्थान हो जहाँ तिनीहरू युगौंसम्म रहनेछन् । त्यहाँ तिनीहरूले न शितलताको कुनै स्वाद चाख्नेछन् न कुनै पेय नै । सिवाय उम्लँदो पानी र रक्त पिपको । यो पूर्ण हो बदला असत्य ठहर गर्नेहरूका लागि ।” (७८:१८२६)

जब सूर्यलाई बेरिनेछ र ताराहरू प्रकाश विहिन हुनेछन् र जब पर्वतहरू गतिशिल बनाइनेछन् र जब दश महिनाकी गर्भिणी उँटनीहरू गर्भ त्याग्नेछन् र जब जंगली जनावरहरू एकत्रित गरिनेछन् र जब समुद्रमा आगो दन्काइनेछ र जब आत्माहरू जोडिनेछन् र जब जिउँदै गाडिएकी बालिकालाई सोधिने छ कुन अपराधमा उसको हत्या गरिएको थियो ७तिस र जब कर्मपत्रहरू खोलिनेछन् र जब आकाशलाई उदाङ्गो पारिने छ र जब नरकलाई दन्काइने छ र जब स्वर्ग नजिक ल्याइनेछत्यतिबेला प्रत्येक व्यक्तिले आपूmले के लिएर आएको छ भन्ने जान्नेछ ।” (८१:११४)

जब आकाश चर्किनेछ र जब ताराहरू झर्नेछन् र जब समुद्र बगाइनेछ र जब चिहानहरू खोलिनेछन्तब प्रत्येक व्यक्तिले अगाडि पठाएको र पछाडि छोडेको (कर्महरूबारे) थाहा पाउनेछ ।” (८२:१५)

यस धर्तीमा गरेका कर्मको अन्तिम हिसाब किताब पछि अल्लाह तआलाले कसलाई के कस्तो प्रतिफल प्रदान गर्दछन् भन्ने सन्दर्भमा पवित्र कुरआनमा अल्लाह तआला भन्छन्, “जसलाई उसको कर्म पत्र उसको दाहिने हातमा दिइनेछ त्यससँग सरल रुपमा हिसाब लिइनेछ । ऊ आफ्ना आफन्तकहाँ हर्षोल्लासकासाथ फर्कनेछ । तर जसलाई उसको कर्मपत्र पिठ्यूँपछाडिबाट दिइनेछ उसले मृत्युलाई डाक्नेछ र ऊ दन्कदो अग्नीमा पुग्नेछ ।” (८४:७१२)

भय राख्ने व्यक्तिले उपदेश ग्रहण गर्नेछ । तर त्यो अभागी त्यसबाट तर्केर भाग्नेछ जो विशाल अग्नी कुण्डमा पर्नेछ । जहाँ ऊ न मर्ने छ न जीउने नै छ । निःसन्देह त्यो सफल भयो जसले पवित्रता ग्रहण गर्यो र आफ्नो रबको नाम जपिरह्यो अनि नमाज पढ्यो । तर तिमीहरू त सांसारिक जीवनलाई महत्व दिन्छौ जब की परलोक नै अति उत्तम र चिरस्थायी छ ।” (८:१०१७)

त्यसदिन कतिपय अनुहारहरू भयमित हुनेछन् । (व्यर्थ) परि७नतसम गरिरहेकाहरू थकित हुनेछन् । तिनीहरू दन्कदो आगोमा जाकिनेछन् । तिनीहरूलाई तातो मुहानबाट उम्लँदो पानी खुवाइनेछ । काँडैकाँडा भएका सुकेको घाँस बाहेक अरू कुनै खाद्यन्न तिनीहरूले पाउने छैनन् जसले न पोषण दिन्छन भोक नै मार्छ । कतिपय अनुहारहरू त्यसदिन प्रफुल्लित हुनेछन् । आफ्नो परि७नतसम प्रति सन्तुष्ट हुनेछन् । (उनीहरू) उच्च स्वर्गमा हुनेछन् जहाँ कुनै अशिष्ट र व्यर्थ कुरा सुन्ने छैनन्जहाँ वगिरहेका मुहान हुनेछन् र सिरानीहरू पङ्क्तीहरूमा लगाएका हुनेछन् र मखमली गलैचाहरू बिछ्याइएका हुनेछन् ।” (८८:२१६)

यसरी प्रत्येक मानिसका सबै कार्यहरू निरीक्षण र खोजविन एकदम शुक्ष्मरुपमा गरिनेछ । त्यस समयमा आफ्ना सत्कर्महरू र अल्लाहको कृपा बाहेक अरू कुनै सहारा रहने छैन ।

कुरआन र यस अघिका अल्लाहका किताबहरूमा महाप्रलयहिसाब कितावको दिन र आखिरतको बारेमा स्पष्टसँग शिक्षा दिएको पाउँदा पाउँदै पनि कतिपय मानिसहरू अज्ञानी बन्दै मरेपछि अर्को जीवन छैन किनकी ऊ त माटोमा मिलिहाल्छ” भन्छन् । हामी त्यस्तो व्यक्तिलाई सोधौं कि यस जीवन पछि अर्को जीवन छैन भन्ने कुरा तपाईले कसरी थाहा पाउनुभयो ७तिस यदि तपाईले मरेपछि कोही मानिस पुनः जीवित भएको देख्नु भएको छैन भने तपाई बढीमा यति भन्न सक्नुहुन्छ किमरेपछि के हुन्छम जान्दिन । तर यसको सट्टा मरेपछि केहि हुँदैन भन्नु अज्ञानता र मुर्खता बाहेक केही होइन ।

आखिरतमाथि केहि मानिसहरूले यसकारणले विश्वास गर्दैनन् कि तिनीहरूले अल्लाहको क्षमता र शक्तिलाई राम्ररी बुझेका हुदैनन् । अल्लाहको त्यो शक्ति हो जसले आकाश र पृथ्वी बनाएजसले आकाशबाट पानी बर्षाए जसले बाँझो र उजाड जमिनलाई हराभरा खेती बनाएहरिया रुख बिरुवा उमारेजसले एउटा तरल थोपाबाट मानिस बनाएके तिनै अल्लाहले एकपटक सबैलाई मृत बनाएर पुनः जीवित पार्न सक्दैनन् । अल्लाहमाथि आस्था राख्ने व्यक्ति यस्ता अनावश्यक कुराहरूलाई कहिल्यै मान्दैनन् । उनीहरूलाई थाहा छ कि अल्लाह सबै कार्य गर्ने सामथ्र्य राख्छन् ।

तपाई हामीले एउटा अर्को कुरालाई ध्यान दिनु जरुरी छ । यो विश्व र यसमा अहिले जे छत्यो पहिले थिएन । एउटा त्यो समय पनि थियो जुनबेला न भूमि थियो र न आकाशन हावा थियो र न पानीन रुख विरुवाहरू थिए र न पशुपंक्षीहरू र न मानिस नै । फेरि अर्को यस्तो समय आयो जुन बेला अल्लाह तआलाले यी सबै थोक वा चिज वस्तुहरू पैदा गरे । तपाई देखिरहनु भएको छअल्लाह तआलाले तिनीहरूलाई कसरी ठीकसँग उत्पन्न गरेका छन् । अनि पहिलो पटक तपाई हामी लगायत हाम्रो वरपर रहेको संपूर्ण वस्तुहरू बनाउने शक्ति भएका अल्लाहले के दोस्रो पटक त्यसलई पुन जीवित गर्न सक्दैनन् । त्यो मानिस जसले अल्लाहको क्षमता र सामथ्र्यलाई आंशिक रुपमा भएपनि बुझ्दछ त्यसले कहिल्यै पनि अल्लाह तआलाले एक पटक सृजना गरेका वस्तुहरूलाई दोस्रो पटक पनि बनाउन सक्छन् भन्ने कुरालाई इन्कार गर्दैन् । यदि उसले यस कुरालाई इन्कार गर्छ भने वास्तवमा अल्लाहलाई नै इन्कार गर्छ । त्यसैले यदि अल्लाह छन् भन्ने विश्वास हामीमा छ भने आखिरत छ भन्ने कुरामा पनि हामीले आस्था राख्नै पर्छ । जसरी अल्लाहको अस्तित्व सत्य छ त्यसरी नै आखिरतको अस्तित्व सत्य छ । यदि हामीमा आखिरतको आस्था मजबुत भएमा निश्चय नै हाम्रो हृदयमा अल्लाहको पकड हुने भय भइरहन्छ र हामी अल्लाहको सत्य मार्गमा अडिग रहिरहन सक्छौं ।

लेखक : इरफान पोखरेल 

No comments:

Post a Comment