Friday, October 16, 2015

अल्लाहका संदेष्टा र संदेश (२)



जादुगरहरुको हारपछि बनी इस्राइल मात्र होइन फिरऔनका जाति र भारदारहरु पनि मूसा (अलै.) बाट प्रभावित भइरहेका थिए । यो देखेर फिरऔनले मूसा (अ.) को हत्या गर्ने षड्यन्त्र गर्न थाल्यो । मूसा (अ.) को काकाको छोरो कारुन त्यस समयको असाध्यै धनी भएकाले फिरऔनको दरवारीया बन्न पुगेको थियो । आफ्नो जातिको दुः ख हटाउन धन खर्च गर्नुको सट्टा अझ बढी दुःख र अत्याचार गर्दथ्यो । मूसा (अ.) ले अल्लाह तआलालाई पुकारेर सबैका लागि शिक्षाप्रद हुने गरी कारुनलाई दण्ड दिन प्रार्थना गरे । अल्लाह तआलाले मूसा (अ.)को पुकार सुने र अत्याचारी कारुनलाई उसको धन सम्पत्तिले भरिएको. भवन सहित जमिनमुनि भसाइदिए । यसरी एकातिर मूसा (अ.) फिरऔन र उसका दरवारीयाहरुलाई सुधार्न र अल्लाहले देखाएको मार्गमा हिड्न लगाउन खोज्दथे र अन्याय तथा अत्याचार गर्न र मूसा (अ.)को हत्या गर्न समेत योजना बनाइ रहन्थ्यो । यसैबीच फिरऔनको सामुन्ने अल्लाह तआलाका अनेकौं अजावहरु आए । एकपछि अर्को आजाव आउँदै गरे तापनि फिरऔन केहि समय डराएर हडबडाउँथ्यो तर फेरी आफ्नो चाल चलन र खराव हरकत देखाउन थालिहाल्थ्यो । मूसा (अ.) ले गरेको एक अल्लाहतिरको आह्वानलाई स्वीकार्दै फिरऔनका दरवारीयाहरु समेतले इस्लाम कबुल गरे तर अधिकांश मानिसहरु फिरऔनका डरले त्यसलाई व्यक्त गर्न सक्दैनथे र खुला रुपले मूसा (अ) को समर्थन पनि गर्न सक्दैनथे ।

मुसा (अ) मिश्रबासीहरुलाई शिक्षा दिइरहेका थिए । अल्लाह तआलाले बनी इस्राइलहरलाई लिएर रातारात मिश्रबाट फिलिस्तीन  हिजरत (पलायन) नर्ग मुसा (अ.) लाई आदेश दिए । यसै  अनुसार उनी आफ्ना भाई हारुन र बनी इस्राइलहरुालई लिएर एक रात मिश्रबाट निस्किए । उनीहरु केहि दुरीमात्र पार गरेका थिए फिरऔनका मानिसहरुले उसलाई यो खबर दिइहाले । मुसा (अ.) लगायत सम्पूर्ण बनी इस्राइलहरुलाई घेरेर मार्नका लासिग आफ्ना सबै फौज तयार पार्न फिरऔनले आदेश दियो । सूर्योदयसँगै उसको फौजले बनी इस्राइलको पिछा गर्न थाल्यो । पछाडिबाट फिरऔनका फौजले पिछा गरिरहेको थियो । मुसा (अ.) र उनका साथीहरुले अगाडि एउा समुद्रपार गर्नुपर्ने भयो । फिरऔनको फौजको लस्कर देखेर बनी इस्राइलहरुले कि त समुद्रमा डुबेर मरिने कि त फिरऔनको हातबाट मारिने भयो भन्ने सोचे तर मुसा (अ.) आफ्ना साथीहरलाई ढाढस दिदै भने अल्लाह तआलाले अवश्य मद्दत गर्नेछन् । त्यत्तिकैमा अल्लाह तआलाबाट अगाडि बढेर समुद्रमा लाठी हान्न मुसा (अ.) लाई  आदेश आयो । त्यसपछि उनले समुद्रमा लाठी मा के हिर्काएका थिए समुद्रको बीचमा खुला बाटो बन्यो र पानी बाटाको दुवैतिर पहाडले रोके झैं रोकियो । मुसा (अ.) र उनका साथीहरु त्यो बाटो भउर समुद्र पार पारे । यो देखे र कुनै सोच विचार नगरी बनी इस्राइल आफ्नो हातबाट फुस्किन लागेको ठानी त्यही समुद्रको बाटो भएर सबै सेनाहरु घोडा दौडाउदै बनी इसाइलको पिछा गर्न थाले । जब उनीहरु सबै समुद्रमा उत्रिसकेका थिए अल्लाह तआलाको आदेशले पानीका दुई हिस्सा फेरी जोडिए । केहि समयमा नै फिरऔन र उनका सम्पूर्ण सेनाका लाश पानीमाथि तैरिन थाले । यसरी फिरऔनको विनाश भयो । अल्लाह तआलाले मानिसहरुलाई पाठ सिकाउनका लागि फिरऔनको लाशलाई समुद्र किनारमा ल्याएर सुरक्षित राखे र अरु सबै माछको आहार बने । मिश्रमा अहिले पनि पिरऔनको लाश हेर्न सकिन्छ । यसरी बनी इस्राएलको संरक्षण र फिरऔनीहरुको विनाश अल्लाह तआलाले एकै चोटी गरे ।

अल्लाह तआलाको मद्दतबाट मुसा (अ.) ले आफ्ना जातिका मानिसहरुलाई मिश्रबाट फिलिस्तिनतिर ल्याउदै गर्दा पहाडमा आइपुगे । त्यहाँ पंडित र पूजारीहरुले ठाउँ ठाउँमा मन्दिरमा मूर्ति बनाएर तिनीहरुको अगाडि शिर झुकाएको देखिन्थे । यी इस्राएलहरुले पनि यो देखेर पुज्नका लागि कुने मुर्ति बनाइदिन मुसा (अ.)लाई भन्न थाले । यो सुनेर उनले तौहिद (एकेश्वरवाद) र इस्लामको पकाश दिए । उनले भने मानिसहरुलाई अल्लाहले उनको दीन फैलाउनका लागि छानेका हुन उनी बाहेक अरुलाई पूज्य बनाउन होइन । यति भन्दै उनी आफ्ना मित्रहरुका साथ अघि बढे । उनीहरु खानपिनको सामान र पानी कुनै चीजको पनि प्रबन्ध नभएको एउटा मैदानमा आइपुगे । अल्लाहले हुकुम अनुसार मुसा (अ.) ले एउटा चट्टानमा लाठीले हिर्काए । त्यसबाट बाह्र खान्दानका लागि बाह्रवटा पानीका मूल फुटे । अल्लाहको कृपाबाट पिउनका लागि पानी र खानका लागि मन नामक फल र फल सलवा नामक जनावर बनी इस्राइलीहरुmलाई प्राप्त भयो । त्यहाँ उनीहरुले पेटभर मन र सलवा खाए र पानी पिए । त्यसपछि उनीहरु त्यहाँबाट हिडेर तुर’ नामक पहाडको छेउमा पुगे । यतिञ्जेलसम्म बनी इस्राइलहरुलाई कुने शरीयत (धर्मशास्त्र) प्राप्त नभएकोले अल्लाह तआलाको आज्ञा अनुसार मूसा (अ.) उपासनाका लागि हिडे । उनले यी इस्राइलहरुको रेखदेख गर्ने  जिम्मा आफ्ना भाई हारुनलाई दिए । मुसा (अ.) यात्रामा हिडेपछि मि७नतसबाट आएका जादुवाल साभरीले मानिसहरुबाट सुन जम्मा गरेर एउटा सुन्दर बाच्छोको मूर्ति बनायो जसमा हावा पर्नासाथ कुनै अनौठो आवाज निस्कन्थ्यो । यस्तो मूर्ति बनाएपछि उसले कमजोर इमान भएका बनी इस्राइलहरुालई तिम्रो र मूसा (अ.)को समेत ईश्वर यही हो भनेर मानिसलाई शिर्कतिर ढाल्न खोज्यो । मुर्ति इसाइलहरुले अल्लाह र लाभ हानी केही गर्न नसक्ने मानव निर्मित मूर्ति बीचको अन्तर छुट्याउन सकेनन् र केहिले त्यसको पूजा गर्न थाले । अल्लाहले बाच्छोको मूर्तिबाट इमान जाँच्न  खोजेका हुन्यस्तो दुश्कार्य नग भनेर हारुन (अ.) ले सम्झायदा पनि मानेनन् । मुसा (अ.) नआएसम्म त्यसको  पूजा गर्ने र उनी आएपछि सोचौला भनेर उनीहरुले हारुन (अ.)लाई भने । तीस दिनको यात्रामा गएका मुसा (अ.)सँग कुराकानी गरेर आफ्नो स्वरुपको झलक पनि देखौ । तर मुसा (अ.) अल्लाह तआलाको झलक देख्ने बित्तिकै बेहोस भएकाले उनले अल्लाह तआलाले राम्ररी हेर्न सकेनन् । त्यसपछि अल्लाह तआलाले मुसा (अ.) लाई तौरात दिए जुन तख्ता (फल्याक) मा लेखिएको थियो र हरेक किसिमका उपदेश र चेतावनीहरु थिए ।

तौरात पाप्त गरेपछि मुसा (अलै.) आफ्ना मानिसहरु भएको ठाउँमा आए । बोल्ने बाच्छोलाई आफ्नो ईश्वर मानेर पूजा गर्न थालेको सुनेर मुसा (अलै.)लाई दु:ख लागेको थियो र आफ्नो जातिप्रति रिस पनि उठेको थियो । उनले आफ्ना भाई हारुनलाई गाली गरे र भने, “तिमीले यिनीहरुलाई किन रोकेनौं ७तिस उनीहरु भड्किएको हेरि रह्यौ ?” मूसा (अलै.) ले सुनेको बाच्छोको बारेमा हारुन (अलै.) र सामरीबाट कुरा सुनिसकेपछि भने, “आजदेखि सामरीसँग् कसैले कुने सम्बन्ध नराख्नु ताकि उसलाई आफू साच्चिकै एक अछुत भएको महसुस होस् ।” उनले मानिसहरुलाई भने तिमीहरुका ईश्वर त उनी अल्लाह हुन् जस बाहेक अरु कुनै न पुज्य छ न त भक्ति गर्न लायकको नै छ ।  यस किसिमको तमाशा तिमीहरुको लागि पूज्न योग्य कसरी हुन सक्छ ? यो बाच्छो कुन त्यस्तो चीज हो र न त त्यसमा कुनै पवित्रता छ न त उच्चता । यसले न कसैलाई लाभ पुर्याउन सक्छ र न नोक्सान नै । म यसलाई अहिले नै जलाएर भष्म पारिदिन्छु कहि अल्लाह यस्तो भष्म हुन सक्ने चिज हुन् ७तिस” मूसा (अलै) ले आफ्नो जातिले गरेको अपराध अज्ञानतावस गरेको भूलका लागि क्षमा गर्न अल्लाह तआलासँग प्रार्थना गरे । प्रार्थनापछि जसको अपराध सानोतिनो किसिमको थियो उनीहरुले क्षमा पाए । अव आइन्दा शिर्क नगर्न आदेश पाए तर धेरै बनी इस्राइलहरु मृत्युको घाटमा पुगे ।

मुसा (अलै.) ले आफ्नो जातिका मानिसहरुलाई उच्च इस्लामी शिक्षा दिक्षाको प्रबन्ध गरे । उनले दैनिक कामको रेखदेख गर्नका लागि बनी इस्राइलहरुलाई बाह्रवटा समुहमा बाँडिदिए र प्रत्येक समूहका लागि एकजना अध्यक्ष पनि नियुक्त गरिदिए । अध्यक्षको मुख्य उत्तरदायित्व इस्लाम विरोधी कुराहरुलाई रोक्नु र इस्लामको उचित शिक्षा दिनु थियो । अल्लाह तआलाबाट शरीयत (धर्मादेश) का रुपमा प्राप्त भएको तौरात मानिसहर समक्ष मूसा (अलै.) ले पेश गरी त्यसलाई पालन गर्न अनुरोध गर्दा केहि मानिसहरले त्यस (तौरात) को विश्वास गरेनन् ।उनीहरुले मूसा (अलै.) लाई अल्लाह आफ्नो सामुमा देखाइदिन भने । उनीहरुले पनि मिश्रवासीहरुले जस्तै अल्लाह तआलालाई कुनै स्वरुपमा हुनुपर्ने ठाने । उनीहरुले अल्लाह तआलाका बारेमा र तौरातको शिक्षाको बारेमा अनेक प्र्रकारका आशंका प्रकट गर्नुका साथै थुप्रै प्रश्नहरु मुसा (अलै.) लाई सोधे । उनले सबै प्रकारका प्रश्नहरुको राम्रोसँग जवाफ दिए र उनीहरुलाई तौरातको शिक्षाबारे सम्झाए । यसरी अल्लाह तआलाले पहिलो पटक शरीयत (धर्मविधान) प्रदान गरेर मानिसलाई सत्मार्ग देखाएर मानव जीवनलाई व्यवस्थित बनाउन खोजे । अल्लाहको यो सन्देशलाई मूसा (अलै.) ले मिश्रवासी र फिलिस्तिनवासी समक्ष पुर्याए ।


लेखक : इरफान पोखरेल  

No comments:

Post a Comment