एकेश्वरवाद र मानव जीवनमाथि यसको प्रभाव


एउटै इश्वरमाथि मात्र आस्था राख्नु र अरु कसैलाई पनि उनको समकक्षी वा साझेदार नठहराउनु नै एकेश्वर वाद हो । इस्लामको मूल आधार वा मूल शिक्षा एकेश्वर वाद हो । एकेश्वरवादलाई हटाउने हो भने इस्लामको कुनै अस्तित्व रहदैन । हुन त यस धर्तीमा जति पनि धर्मं रहेका छन् ती सबैको मूल शिक्षा त एकेश्वरवाद कै हो । तर ती मध्ये कतिपयमा एकेश्वरका साथ बहुदेवको भक्तिको शिक्षा दिने गरिन्छ भने कतिपयमा एकेश्वरलाई छोडेर अन्यलाई भक्ति र उपासनाको केन्द्र बनाउने गरेको देखिन्छ ।


एकेश्वरको धारणा हृदयमा बसाउन हामीलाई इश्वरका गुण थाहा हुन जरुरी छ । त्यसको आधारमा हामीले हाम्रो दुःख सुखको स्रोत जसलाई मानिरहेकाछौं तिनीहरुलाई परिक्षण गर्दछौं । यदि ती गुण र विशेषताहरु हाम्रो उपास्यमा पाइन्छन् भने हामीले जसको भक्ति वा उपासना गरिरहेका छौं ती एक मात्र सत्य ईश्वर अल्लाह हुन् भन्ने कुरा पक्का हुन्छ । तर यदि यी गुण मध्ये कुनै गुण हाम्रा उपास्यमा मिल्ने र कुनै नमिल्ने देखियो भने त हामीले अझसम्म सही उपास्य चिन्न नसकेको प्रमाणित हुन्छ । त्यसैले त्यस्तो अवस्थामा हामीले आफूलाई सत्मार्गमा हिडाउन तिनै गुण र विशेषतावान् सत्य इश्वर अल्लाहको मार्ग अपनाउनु बाहेक सफलताको लागि अन्य विकल्प हुदैन ।


हाम्रा एक मात्र सृष्टिकर्तापालनहार र विनासकर्ता सत्य ईश्वरका मूलभुत गुण र विशेषताको व्याख्या गर्दै पवित्र कुरआनको सुरह इख्लासमा भनिएको छ ।


       बिस्मिल्लाहिरर्हमार्निरहीम
      कुलहुवल्लाहु अहद् । अल्लाहुस्समद । लम्यलिद् ।
      वलम् युलद् । वलम् य कुल्लहु कुफुवन् अहद् ।


अर्थातहे नबी । भनिदेऊ उनी अल्लाह एक्ला छन् । अल्लाह आत्मनिर्भर र सबैका आश्रय हुन् । उनको कोही सन्तान छैनन उनी कसैका सन्तान हुन् । अनि कोही उनको समकक्ष पनि छैन ।


यसबाट के प्रष्ट हुन्छ भने अल्लाह त्यस्तो अस्तित्व हो जसको कुनै वंशाली छैन । अर्थात उनी कसैबाट जन्मिएका पनि होइनन् र उनका कुनै सन्तान पनि छैन त्यस्तै उनलाई कसैले बनाएको पनि होइन र उनी कसैका उत्तराधिकारी पनि होइनन् न त उनको कोही उत्तराधिकारी नै छ । उनी सबैका पालनहार हुन् । उनको जस्तो गुण र विशेषता भएका अरु कोही छैन त्यसमा उनी एक्ला छन् । अल्लाह कसै माथि पराश्रित छैनन्उनी आत्मनिर्भर छन्वरु मानिस लगायत अन्य सबै प्राणीवनस्पतिकिराफट्याङग्रा उनी माथि आश्रित छ । यति मात्र होइन यो ब्रह्यमाण्ड नै उनीमाथि आश्रित छ । उनको सहयोग विना कुनै पनि प्राणी तथा वनस्पति एकपल पनि जीवित रहन सक्दैनन् ।


यदि हामीले यस धर्तीमा मानिसहरुले मान्ने गरेका उपासयहरु मध्ये प्रत्येकमा यी गुण र विशेषताहरुलाई तुलना गर्न खोज्यौ भने एक अल्लाह बाहेक अरु कसैमा पाउन सक्दैनौ । यसबाट हाम्रो हृदयमा ला इलाह इल्लल्लाह’ वाणी प्रतिको विश्वासले जरा गाड्दछ । यस वाणीको अर्थ अल्लाह वाहेक अरु कोही पूज्य छैन’ हुन्छ । यसबाट मानिसको जीवनमा ठूलो प्रभाव पर्दछ । एकेश्वरवादको धारणले मानिसको हृदयमा ठूलो असर पार्दछ र उसको जीवनशैलीव्यवहार र दृष्टिकोणमा नै परिवर्तन आउँछ । ला इलाह इल्लल्लाह’ वाणी माथिको विश्वासले मानिसको जीवनमा के कस्तो प्रभाव पार्दछ भन्ने बारेम अब म चर्चा गर्न गइरहेको छु ।


कलिमा -वाणी_ ‘ला ईलाहइल्लल्लाह’ मा आस्था राख्नेहरु कहिल्यै संकिर्ण दृष्टिका हुदैनन् किनकी उनीहरु एक अल्लाहलाई मान्दछन् जसले धर्तीै र आकाश मात्र बनाएनन् यसलाई विभिन्न वस्तुले भरिपूर्ण पारे र तिनीहरुको पालन पोषण समेत गर्दछन् । यस कलिमामा आस्था राख्ने व्यक्तिको दृष्टिमा कुनै पनि पराई र अपरिचित हुदैन । उसले सबैलाई आफू जस्तै एउटै स्वामी अल्लाहको सम्पत्ति र एउटै सम्राटको प्रजा जस्तै ठान्दछ । उसको प्रेम तथा सेवा कुनै निश्चित सिमामा सिमित रहदैन र उसले अल्लाहको राज्य जस्तै असिमित ठान्दछ । यो कलिमाले मानिसमा उच्चकोटीको स्वाभिमान र आत्मगौरब जन्माउँछ । यसमा आस्था राख्नेहरु सबै शक्तिका मालिक एक अल्लाह मात्र हुन् र उनी वाहेक मानिसलाई लाभ वा हानी पु¥याउने अरु कोही छैन भन्ने कुरा पनि जान्दछन् । यस्तो ज्ञान र विश्वासले यस्ता मानिसहरुलाई अल्लाह वाहेक अन्य शक्तिहरुबाट वेपरवाह र निडर बनाइदिन्छ । यस्ता व्यक्तिको शिर सृष्टिको कुनै वस्तुको सामु निहुरिदैनउनीहरुका हात अरु कसैका सामु फैलिदैनन् र उनीहरुका हृदयमा अरु कसेको छाप बस्दैन । यो विशेषता एकेश्वरवादको धारणा बाहेक अन्य कुनै धारणाबाट उत्पन्न हुनै सक्दैन ।


एकेश्वरवादीहरुको मनमा स्वाभिमान र विनम्रता सृजना हुन्छ । यसमा आस्था राख्ने मानिस कदापी अहंकारी र अभिमानी बन्न सक्दैन । उसको मनमा आफ्नो शक्तिधन तथा योग्यताको घमण्ड पस्नै सक्दैन किनकी उसँग भएका र उसको वरिपरिका उपभोग्य वस्तुहरु सबै नै उनै अल्लाहले दिएका हुन् । जति उनमा दिने शक्ति त्यति नै लीने शक्ति पनि छ भन्ने कुरा उसलाई राम्ररी थाहा छ । तर यस कलिमामा आस्था नराख्ने व्यक्तिले कुनै पनि सांसारिक कुसलता प्राप्त गर्दा ऊ अहंकारी बन्न पुग्दछ किनकी उसले आफ्नो कुशलतालाई आफ्नो योग्यताको परिणम ठान्छ ।


मनको शुद्धता र सदाचार बाहेक उसको मुक्ति र कल्याणका निम्ति अरु कुनै साधन छैन भन्ने कुरा एकेश्वरमा आस्था राख्नेहरु राम्ररी बुझ्दछन् किनकी उनीहरु यस्तो सत्य ईश्वरमा विश्वास गर्दछन् जो अपेक्षारहित र स्वतन्त्र छन् । कसैसँग उनको संबन्ध गाँसिएको हुँदैन जो निस्पक्ष न्याय गर्ने हुन् र उनको ईश्वरत्वमा अरु कसैको हिस्सा छैन । यसको विपरित अनास्थावादीहरु सदा झुठो आसामा जीवन व्यतित गर्दछन् यस्ता मानिसहरु मध्ये कोही यो सम्झन्छन् कि इश्वरका पुत्र हाम्रो लागि प्रायश्चित बनिसकेका छन् । कोही यो सम्झन्छन कि इश्वरका पुत्र हाम्रो लागि प्रायश्चित बनिसकेका छन् । केही यो संम्झन्छन् कि हामी इश्वरका प्रिय पात्र भएकाले हामीलाई सजायँ दिने वा हाम्रो खराब कामको लागि समातिने कुरै छैन । कोही कोही त इश्वरलाई प्रसाद र उपहार चढाएर आफूले अनुमति प्राप्त गरेको ठान्छन् । यो कलिमामा आस्था नराख्नेहरुका यस्ता झुठा धारणाहरुले उनीहरुलाई सधैं आफ्नो दोषपाप र कुर्कमको चक्रमा फँसाएर राख्दछन् । उनीहरु मध्ये कोही कोही त शुरु देखि नै कोही सर्वोच्च सत्ताद्वारा उनीहरुका राम्रा नराम्रा कामहरुको खोज खबर लिइने छ भन्ने कुरा प्रति विश्वास नै गर्दैनन् ।


यो कलिमलाई मान्नेहरु कुनै हालतमा पनि निरास हुँदैनन् । उनीहरु यस्ता सत्य इश्वरमाथि आस्था राख्छन् जो धर्ती र अनकाश र तिनीहरुका बीचमा भएका सम्पूर्ण निधिहरुका मालिक हुन्जसको कृपा एवं अनुग्रहको कुनै सीमा नै छैन र जसको शक्ति अनन्त छ । यस्तो विश्वासले मानिसमा शान्ति प्राप्त हुन्छउसलाई सुख र संमृद्धिले भरिपूर्ण हुन्छ र ऊ सदैब सत्य इश्वरप्रति आशावदी हुन्छ । संपूर्ण सांसारिक ढोकाहरु उसको लागि बन्द गरिए पनि संपूर्ण साधनहरुसँग सम्बन्ध तोडिए पनिसंपूर्ण उपाय र उपकारणहरुले उसलाई छोडिदिए पनि सत्य इश्वर अल्लाहको सहाराले उसलाई कदापी छोड्ने छैन र त्यसको बलको भरमा ऊ नयाँ आशाका साथ अनेक प्रयास पछि प्रयास गरिरहनेछ । यस्तो आत्मसन्तोष तथा हृदयको एकाग्रता एकेश्वरवादको धारणा बाहेक अन्य कुनै धारणाबाट प्राप्त हुन सक्दैन । तर अनास्थावान्हरु सानो हृदय वा चित्तका हुन्छन् । उनीहरुको भरोसा सिमित शक्तिमा निर्भर रहन्छ । त्यसैले कठिनाइहरु आइलाग्दा वा सबैबाट एक्लिन पुग्दा उनीहरु चाडै नै निरास हुन्छन् र कोही कोही त आत्महत्या गर्न पुग्छन् ।


कलिमा ला इलाह इल्लाह’ मा आस्था राख्नाले मानिसमा साहससंकल्प धैर्य र अल्लाहप्रति भरोसा गर्ने प्रवल शक्ति उत्पन्न हुन्छ । उसले जब अल्लाहलाई खुशी पार्नको निम्ति संसारमा कुनै ठूलो काम गर्न खोज्छ तब उसलाई सघाउनका निम्ति यस धर्ती र आकाशका स्वामी तथा शासकको शक्ति उसको साथमा छ भन्ने विश्वास उसलाई हुन्छ । यो भावनाले उसमा पहाड झै अटल दृढता उत्पन्न गर्दछ । यसो हुँदा संसारका सबै कठिनाइहरुकष्ट र विरोधी शक्तिहरु मिलेर पनि उसलाई संकल्पबाट विचलित गराउन सक्दैनन् ।


यो वाणीले मानिसलाई साहसी र वीर बनाइदिन्छ । मानिसलाई कायर बनाउने दुई शक्तिहरु छन् । पहिलो प्राणधन सम्पत्ति र सन्तानहरुको माया हो भने दोस्रो मार्ने शक्ति इश्वर वाहेक अरु कसैलाई ठान्नु । यस धारणा अनुसार माथिको विश्वासले यी दुवै धारणा हृदयबाट टार्न सकिन्छ । उनीहरु आफूसँग भएको प्राणधनसम्पति र अन्य प्रत्येक वस्तुका वास्तविक मालिक स्वामी अल्लाह नै हुन् भन्ने कुरा विश्वास गर्दछ र ती असल मालिकलाई रिझाउनको लागि ऊ सबैथोक अर्पण गर्न तयार हुन्छ । त्यस्तै उसको विचारमा कसैको प्राण लिने शक्ति अल्लाह बाहेक अरु कुनै पनि वस्तुमा छैन । अल्लाहले मानिसको मृत्युको जुन समय निर्धारण गरेका छन् सो भन्दा अघि संसारका सारा शक्तिहरु एकत्र भएर पनि कसैको प्राण लिन सक्दैनन् भन्ने कुरामा पूर्ण विश्वस्त रहन्छ । त्यसैले ऊ कसैले उसको प्राण वा धन सम्पति हेर्दै न भन्ने कुरामा दृढ विश्वस्त हुन्छ । अल्लाहमा विश्वास गर्ने व्यक्तिहरु भन्दा वीर संसारमा अरु कोही हुन नसक्ने कारण यही हो । उनीहरुको अगाडि तरवारको प्रहार वा गोलीको पर्रागोलाको वर्षा वा सेनाहरुको आक्रमण सबै कुरा विफल हुन्छन् । अल्ःलाहको मार्गमा विश्वासका साथ लड्न अघि बढ्ने व्यक्तिहरुले आफूमा भएको शक्तिभन्दा दश गुणा शक्तिलाई पनि जित्न सक्छन् । तर अनास्थावादीहरुका निम्ति सबैभन्दा प्यारो उसको प्राण हुन्छ । शत्रुलाई आफ्नो मृत्युका कारक संझन्छन् र शत्रुहरुलाई भगाउनले मृत्यु भाग्छ भन्ने ठान्छन् ।


एकेश्वरमाथि विश्वास राख्नाले लोभईष्र्याडाह जस्ता तुच्छ भावनाहरु उसको हृदयबाट हट्छन् । जसले गर्दा सफलता प्राप्त गर्न अवैधअनुचित र नीच उपायहरु अपनाउने विचार उसको हृदयमा उत्पन्न हुनै पाउदैन । मानिसको जन्म र मृत्युपालन पोषणरोजीरोटी दिने शक्ति जति पनि अल्लाहले दिन सक्छन् भन्ने कुरा उसमा विश्वास हुन्छ ।

सम्मान तथा शक्ति दिने वा लिने कुरा अल्लाहको हातमा छ । त्यसैले हाम्रो काम सकेसम्म उचित प्रयत्न गर्नु हो । सफलता र विफलता छ उनै अल्लाहको कृपा र दयामा निर्भर गर्दछ । उनले दिने इच्छा गरे भने संसारका संपूर्ण शक्ति एकजुट भएर लागे पनि उनलाई दिने कार्यबाट रोक्न सक्दैनन् । त्यस्तै यदि उनले नदिने इच्छा गरे भने संसारको सबै शक्ति लागे पनि उनलाई दिन वाध्य बनाउन सक्दैन । तर अनास्थावालदीहरु वा बहुदेववादीहरु सफलता वा असफलता आफ्नै प्रयास र सांसारिक शक्तिमा निर्भर गर्ने ठान्दछन् । त्यसैले आफ्नो सफलता र सम्वृद्धिका निम्ति चाकडीचाप्लुसीषड्यन्त्र र अन्य विभिन्न किसिमका नीच भन्दा नीच साधन र उपायहरुको सहारा लिन अलिकति पनि संकोच मान्दैन । अरुको सफलतामा डाह र ईष्र्या गर्दछन् र उसलाई नीच देखाउन कति पनि धक मान्दैन ।


सबैभन्दा ठूलो कुरा एकेश्वरवादीहरु इश्वरीय कानूनको परिधि भित्र रहेका हुन्छन् । उनीहरु सम्झन्छन् कि अल्लाह सबै कुरा देख्छन् र हाम्रो प्रत्येक क्रियाकलापको अभिलेख राख्दछन् । उनीहरु हाम्रो धमनी भन्दा पनि नजिक छन् । हामीले अध्ँयारो वा उज्यालोगोप्य वा खुला रुपमा गरेका जति सुकै साना सुकर्म वा कुकर्महरु सत्य इश्वर अल्लाहलले थाहा पाइहाल्छन् । यति मात्र होइन हामी हाम्रो भित्री मनमा कुनै राम्रो वा नराम्रो कुरा या कार्य सोच्यौं भने पनि अल्लाहलाई थाहा भइहाल्छ ।


त्यसैले हामी कुनै पनि कुरा अरुबाट त लुकाउन सकौला तर अल्लाहबाट लुकाउन सक्दैनौं । अरुबाट त टाढा रहन सकिन्छ तर अल्लाहको दृष्टिबाट टाढा रहन सकिदैन । अरुबाट त बच्न सकिन्छ तर अल्लाहको पकडबाट बच्न सकिदैन । यस कुरामा मानिस जति बढी विश्वास गर्छन् त्यति नै बढी अल्लाहको आज्ञापालन गर्छन् । जुन चीज अल्लाहले हराम (खराब) भनेका छन् उनीहरु त्यसको नजिक पनि जादैनन् । जुन चिज अल्लाहले गर्न आदेश दिएका छन् उनीहरु त्यसलाई जतिसुकै कठिनाइ वा एकान्तमा पनि मान्नेछन् किनकी उनीहरुसँग यस्तो प्रहरी बसेको हुन्छ जसले उनीहरु पिछा कहिल्यै छोड्ने छैन । उनीहरुलाई यस्तो अदालतको सधैभरी डर भइरहन्छ जसको वारेन्टबाट उनीहरु उम्कन सक्दैनन् । उनीहरु यस्तो दिन अल्लाहको दरवारमा हाजिर हुनुपर्ने छ जहाँ उनीहरुको पाप पूण्यको हिसाब हुनेछ र पुर स्कार र सजायँको फैसला हुनेछ जुन दिनलाई उनीहरु टार्न सक्दैनन् र अल्लाहको पकडबाट भाग्य सक्दैनन् ।

तसर्थ मुस्लिम हुनको लागि सबैभन्दा पहिलो अनिवार्य शर्त एकेश्वरवाद अर्थात ला इलाह    इल्लल्लाह’ माथि पूर्ण विश्वास गर्नु हो । त्यसैले अल्लाह वाहेक अरु कोही पूज्य छैन भन्ने सत्यतामा विश्वास नराखेसम्मजन्म र मृत्युका जिम्मेवार अल्लाह मात्र हन् भन्ने कुरामा दृढ विश्वस्त नभएसम्मअल्लााह वाहेक अन्यसँग माग्न र शिर झुकाउन नसकेसम्मअल्लाहले ठहराएका हरामबाट टाढा नभएसम्म कुनै पनि व्यक्ति मुस्लिम अर्थात आज्ञाकारी अर्थात अल्लाहको भक्त हुन सक्दैन । अन्तिम सन्देष्टा हजरत मुहम्मद सल्लल्लाहु अलैही वस्ललममाथि आस्था र उनको असल अनुयायी बनेको व्यक्ति मात्र मुस्लिम हुन सक्दछ । त्यसैले हामी सबै एकेश्वरवादी बनौअल्लाहका आज्ञापालक बनौं र मुहम्मद (स का असल अनुयायी बनौं । अल्लाहको हामी सबैलाई असल मुस्लिम बन्न मद्दत गरुन् । 


लेखक : इरफान पोखरेल

No comments:

Post a Comment