Friday, October 16, 2015

अल्लाहका संदेष्टा र संदेश (१)



पृथ्वीमा मानव सृष्टि गर्नु अघि अल्लाह तआलाले जीन र फरिश्तालाई सृष्टि गरेका थिए । आफ्नो सृष्टि पृथ्वीमा आफ्नो उत्तराधिकारीका रुपमा मानिसको सृष्टि गर्ने अल्लाहलाई इच्छा भयो । जसलाई पुरा गर्न उनले आफ्नो माया शक्तिबाट माटोको प्रयोग गरी हजरत आदम अलैहि वसल्लमको प्रतिमा बनाए र त्यस प्रतिमामा क्रमसँग प्राणबुद्धि र ज्ञान भरिदिए । हजरत आदम अलैहि सलामलाई पृथ्वीका सम्पूर्ण वस्तुका बारेमा ज्ञान दिए । अल्लाह तआलाले आदम (अलै) सँग रहनको लागि उनकी पत्नी हव्वा’ लाई पनि सृष्टि गरे । ती दुवैलाई अल्लाहले स्वर्गमा पठाएर त्यहाँको सुखसयल उपभोग गर्न दिए । स्वर्गमा आदम (अलै.) र हव्वा (अलै.) लाई हरेक प्रकारका सुख प्राप्त थिए । त्यहाँ उनीहरुले न परिश्रम गर्नुपथ्र्योन कुनै रोग र कष्ट नै सहनु पथ्र्यो । आफ्नो इच्छा अनुसारको जीवन यापन गरी अल्लाह प्रति आभारी भई उनीहरु त्यहाँ रहन्थे । ती दुवैले स्वर्गमा अल्लाहको आदेश सिरोपर गरेर बसेका थिए । त्यहाँ अल्लाहले उनीहरुलाई एउटा रुखको फल खान त्यसको नजिक पनि नजान आदेश दिएका थिए । तर शैतान (इब्लीस) को बहकावमा आएर अल्लाहको त्यस आदेशको प्रकोपको भागिदार बन्न पुगे र ती दुवै एक अर्काको सामुन्ने सर्वाङ्ग नाङ्गै बन्न पुगे  । तिनीहरुले स्वर्गका पातले आफ्नो शरीर छोपे । अल्लाहले भने के मैले शैतान तिमीहरुको खुल्लम खुल्ला शत्रु हो भनेको थिइँन ?” त्यसपछि ती दुवैले अल्लाहसँग क्षमायाचना गरेर आफ्नो तर्फबाट आफैमाथि अत्याचार गरेकोले आफूहरुमाथि दया गर्न अल्लाह समक्ष नतमस्तक भए । त्यसपछि अल्लाहले जीविकोपार्जनका सम्पूर्ण कार्यको बारेमा जानकारी दिई ती दुवैलाई यस धर्तीमा पठाए । यसका साथै धतीमा विध्वंस नमच्चाउन र अल्लहलाई खुशी पार्ने कार्यहरुमा आफूलाई समर्पित गर्न समेत उनले आदेश दिए । यसरी अल्लाहले हजरत आदम (अलै.) लाई पहिलो मानव र आफ्नो पहिलो नवी (सन्देष्टा) बनाएर यस धर्तीमा पठाए । आदम (अलैं) एक हजार वर्षसम्म यस संसारमा रहे । तिनीहरुका धेरै सन्तानहरु भए जो संसारका विभिन्न कुनाकाप्चामा फैलिएर रहे । उनले आफ्ना सन्तानहरुलाई त्यही इश्वरीय शिक्षा दिए जुन उनलाई अल्लाहले दिएका थिए । तपाईहामी जो उनलाई अल्लाहले दिएका थिए । तपाईहामी जो संसारको जुनसुकै राष्ट्र वा प्रदेशमा  बसेको भए पनि जुनसुकै वर्णभाषा र संस्कृती अँगाले पनि तिनै एक अल्लाहको पहिलो मानव र सन्देष्टा आदम (अलैं) का सन्तान हौं ।

अल्लाहले आदेश र इच्छा अनुसार मात्र काम गर्नका लागि मानिसलाई यस धर्तीमा उनले सृष्टि गरेका हुन् । पृथ्वीमा कुनै पनि वस्तुको मालिक मानिस होइनत्यसका असल  मालिक त अल्लाह मात्र हुन् । आखिरत (पुरस्कार र दण्डको फैसलाको दिन) मा अल्लाहको आदेश अनुसार हिड्नेलाई स्वर्गको सुखसयलमा पठाइन्छ भनेउत्तराधिकारी हुनुको कर्तव्य पूरा नगर्नेलाई नर्कको दन्कदो आगोमा होमिने छ । हजरत आदम (अलै.)  ले आफ्ना सन्तानलाई यहि शिक्षा दिएका थिए । यो शिक्षाको पालना केहि समयसम्म त भयो तर पछि मानिसहरुले एक अल्लाहको भक्ति र सन्देशलाई छोडेर आफ्ना पूर्वजहरुको मूर्ति बनाएर पूज्न थाले । आफ्ना हातले बनाएका चीजलाई आफ्नो उपास्य बनाएर आफैमाथि उनीहरुले घोर अत्याचार गर्न थाले ।

मानिस आफ्ना पूर्वज आदम (अलै.) को एकेश्वरीय शिक्षालाई भुलेर कुमार्गतिर लागेको देखेर तिनीहरुलाई सहि मार्ग देखाउन र असल खरावको पहिचान गराउन तथा मानिसको असल कर्तव्य सम्झाउन अल्लाह तआलाले आफ्नो एउटा शिष्ट भक्त हजरत नूह (अलै.)लाई आफ्नो रसूल (सन्देष्टा) बताए । हजरत नूह (अलै.) ले अल्लाहको सन्देश मानिसहरु माझ फैलाउन थाले । उनले एकान्तमा बसेर वा समूहमासम्झाएर वा बुझाएर आफ्ना पुर्खाआदम (अलै.) भन्ने गर्थे यी निर्जीव मुर्तिहरु न हाम्रा माग सुन्छन्न हामीलाई केहि दिन नै सक्छन् यी मूर्तिहरुले न लाभ पुर्याउन सक्छन् न नै हानी । त्यसैले आफ्ना असल इच्छा र सत्कर्म आफ्ना वास्तविक मालिक एक अल्लाहप्रति समर्पित गर्ने गर ।” उनी ९५० वर्षसम्म बाँचेर ईश्वरीय सन्देश मानिसहरुमा मात्र उनको कुरालाई स्वीकार गरे र अधिकाशं मानिसहरु शैतानको भड्कावटमा नै भुलिरहे । त्यस्ता दुराचारी मानिसको विनास गर्न अल्लाहले बाढीको रुपमा अजाव(श्राप) पठाए । अल्लाहले नुह (अलै.) उनका मुस्लिम साथीभाईहरु र सम्पूर्ण पशुपँक्षीका एक एक जोडीलाई एउटा बाढीरुपी प्रकोप पठाएर अल्लाहले विनास गरे । यसरी बाँकी रहेका धर्मात्माहरुका सन्तान पुनः पृथ्वीभरि फैलिए ।

यस प्रकोपको केहि वर्षपछि अल्लाह तआलाले आद’ वंशज एक व्यक्ति हजरत हुद (अलै.) लाई सन्देष्टा (पैगम्बर ) का रुपमा जन्म दिए । हजरत हुद (अलै.) ले आफ्नो वंशका सम्पत्तिको घमण्ड गर्ने र निर्धामाथि अत्याचार गर्ने मानिसहरुालई त्यसो नगर्नअल्लाह बाहेक अरुको उपासना नगर्न र सत्यमार्ग अपनाई जीवन सुधार्ने सन्देश दिए । तर उनीहरुले हजरत हुद (अलै.) लाई पनि हजरत नुह (अलैं) लाई झैं मुर्ख र झुठो व्यक्ति ठहराए । मानिसहरुले हजरत हुदको कुरा नमानेपछि अल्लाह तआलाको अजाव (श्राप) ले सातआठ दिनसम्म आँधिहुरी र वर्षात आई सारा बस्ती नै तहसनहस भयो । जसबाट नुह (अलै.) र उनका अनुयायीहरु बाहेक अरु कोही पनि जीवित रहन सकेनन् ।

हजरत हुद (अलै.) पछि अल्लाह तआलाले समुद वंशमा हजरत सालेह (अलै.) लाई आफ्नो रसुलको रुपमा जन्म दिए । उनले अल्लाह हामी सबैका रब (मालिक) भएकाले उनको मात्र भय राख्न र उपासना गर्न भने । उनले आफू अल्लाहको सन्देश भएको र आफूले भनेको सबै कुरा आफ्नो तर्फबाट नभएर अल्लाहको सन्देश अनुसार मात्र भएको बताए । आफ्नो वंशका मानिसहरुलाई उनले धनसम्पत्ति र शक्तिको घमण्ड नगर्नअल्लाहका विरोधी र उदण्डकारीहरुको कुरा  नमान्नु भने । तर मानिसहरुले उनको कुा मान्नुको सट्टा उल्टै रसूल भएको प्रमाणित गर्न अजाब (श्राप) बोलाउन उनलाई चुनौती दिए । त्यसैले उनीहरुलाई सहि मार्गमा हिडाउन नसकिने महसुस गरी अल्लाहले अजाब (श्राप) को रुपमा भयङ्कर ठूलो भूकम्प पठाए । अल्लाहले आफ्ना रसूल हजरत सालेह (अलै.) र उनका मुस्लिम साथीभाइहरुलाई बचाए र बाँकी सबैको विनास भयो ।

यसरी अल्लाहले विभिन्न बंश र जातिमा आफ्नो रसूल पठाए । मानिसहरुलाई स्वयंद्वारा निर्मित बस्तुको पूजाप्रार्थना र उपासना गर्न छोडेर सम्पूर्ण जगतका सृष्टिकर्ता एक अल्लाहको उपासना गर्न छोडेर मात्र शिर झुकाउन सिकाए । तर प्रत्येक पटक केहि मानिस बाहेक सबै मानिसहरु सैयौ देवि देवता र अल्लाहले बनाएका वस्तुहरुको अगाडि शिर झुकाएरपूजा गरेर आफ्नो मनोकांक्षा पूरा गर्न खोज्थे । एक ईश्वरलाई बिर्सिएर बनावटी ईश्वरको पूजा आराधना गरेको देखेर अल्लाहले फेरी अर्को बंश वा जातिमा आफ्नो रसूल पठाए । अल्लाहले पठाएका रसूल मध्ये हजरत इब्राहिम (अलै.) त्यस समयका होनहार रसूल हुन् । हजरत इब्राहिम (अलै.) अलि ठूलो भएपछि आफ्नो जातिले पूज्ने गरेका मूर्ति जुन आफ्नै हातले बनाएका हुन्तिनीहरुमा कसरीकहाँबाट शक्ति आएर हामीलाई लाभहानी पु¥याउन सक्दछ भन्ने कुरामा विचार गर्न थाले  । उनले यी चीजहरु आफ्नो ईश्वर नभएर तारासूर्यचन्द्रमालाई केहि समय ईश्वर माने । तर ती पनि कुनै समय देखिने र कुनै समय हराउने भएकाले तिनीहरु पनि ईश्वर होइनन् भने उनको मनमा लाग्यो । त्यसैले उनले आफ्नो जातिका मानिस र मूर्ति बनाए र बेच्ने आफ्नै बाबुलाई भने यी मूर्ति चन्दसूर्य आदि न सुन्न सक्दछन्न देख्न सक्दछन् र न तपाईहरुको कुनै काममा नै आउन सक्दछन् । त्यस्ता वस्तुलाई किन पूज्नुहून्छ ? ती त सबै सैतानको धोका मात्र हुन् । एक अल्लाहको पालना गर्नुहोस् उनै मात्र कृपालुक्षमाशिल र सबै कुराका ज्ञाता छन् ।”  यो करा सुनेर उनका बाबुले उनलाई घर छोड्न आदेश दिए । हजरत इब्राहिम (अलै.) ले आफ्नो घरधनसम्पत्ति सबै छोडे । उनले आफ्नो बाबु र जातिका मानिसहरुलाई भनेको कुरा आफ्नो वरपर गाँउका मानिसहरुलाई समेत बताए  । उनका कुरा मानिसहरुले सुनेर झुठो सावित गर्न त सकेनन् तर त्यसलाई स्वीकार पनि गरेनन् ।

मानिसहरुलाई अल्लाहको मार्गमा हिड्न जति उपदेश दिदा पनि केहि सीप नलागेपछि उनले तिनीहरुलाई शिक्षा दिने एउटा उपाय सोचे । जस अनुसार उनले एउटा ठूलो मूर्ति बाँकी राखेर अरु सबै मूर्ति फुटाइदिए । गाउलेहरुले शंकाको भरमा हजरत इब्राहिम (अलै.)लाई बोलाएर देवताहरुमाथि यस्तो दुष्ट व्यवहार तिमीले गरेको हो ७तिस भनेर सोधे । उनले उत्तर दिए ,” यो ठूलो देवतालाई सोध नउसैले यो सबै गरेको होलायो त बोल्छ होला । सबै कुरा भन्दिन्छ । यो सुने र सबैले टाउको निहुराएर आफ्नो मनमा सोचेयस्तोलाई हामी ईश्वर मान्छौजसले आफ्नो त रक्षा गर्न सक्दैनयसले हाम्रो हेरचाह कसरी गर्दछ । मनमा यस्तो सोचेता पनि आफ्ना देवीदेवताहरुका मुर्ति यसरी नाश गरिदिएकोमा उनीहरु हजरत प्रति रुष्ट भए । त्यसैले उनीहरुले हजरत इब्राहिम (अलै.) लाई आगोमा हालेर आफ्नो ईश्वरको बदला लिने विचार गरे । उनीहरुले उनलाई अजारौं मन काठको दन्कदो आगोमा हालिदिए । तर अल्लाहका अगाडि आगोमा हजरत इब्राहिमलाई जलाउन सकेन । तुरुन्तै आगो चिसो भयो र उनी अल्लाहद्वारा बचाइए ।

आफ्नो देशका मानिसहरु अल्लाहको सत्य र स्वयंसिद्व सन्देशलाई स्वीकार नगर्ने बुझेर हजरत इब्राहिम (अलै.) घरबाट निस्के र देश विदेशमा मानिसहरुलाई अल्लाहका कुरा भनेर दीन (सत्यधर्म) तर्फ बोलाए । उनले आफ्नो बाबुबाजेको धर्म छोडेर पूर्णरुपले अल्लाहको दीन (धर्म) मा हिड्ने  निश्चिय गरे । आफ्नो जीवन अल्लाहको भरोसामा छोडी दीनलाई बढाउने काममा लाग्दा अल्लाहको तर्फबाट उनलाई कडा परिक्षा पनि लिइयो । उनी अल्लाहको इच्छा अगाडि झुक्छन् वा आफ्नो जीवनधनसम्पत्ति र सन्तानको मायामा झुक्छन् भन्ने कुरा थाहा पाउन अल्लाहले एउटा परीक्षा लिए ।

हजरत इब्राहिमको बुढेसकालमा दुई छोराहरु जन्मिएका थिए । ती हजरत इस्माईल (अलै.) र हजरत इस्हाक (अलै.) थिए । उनले आफ्ना दुवै छोरालाई दीनको काममा नै लगाउने निर्णय गरी हजरत इस्माईल (अलै.) लाई खेतीपाती नभएको सुनसान र उजाड मरुभूमिको रुपमा रहेको अरब लगेर छोडिदिए र अल्लाहसँग प्रार्थना गरे, “हे मालिकम र मेरो सन्तानलाई मूर्ति पूजाबाट बचाएर राखनमाज कायम गराऊ र आफ्नो मायाशक्तिले हजरत इस्माईल (अलै) लाई खानपिनको बन्दोबस्त गरिदेऊ ।” यसको केहि समय पछि हजरत इब्राहिमले आफ्नो प्यारो हजरत इस्माईललाई बलि (कुर्बानी) दिएको सपना देखे । दुवै बाबु छोरा  अल्लाहका इच्छालाई नकार्दैनथे । त्यसैले जे जे छन्ती सबै अल्लाहका हुन् मानिसको आफ्नो केहि पनि छैन भन्ने सत्यतालाई स्वीकार्दै अल्लाहको नाममा आफ्नो छोरा हजरत इस्माईललाई बलि दिन हजरत इब्राहिम तयार भए । अल्लाहले हजरत इब्राहिम (अलै.) ले आफ्नो  सबभन्दा प्यारो वस्तु अल्लाहको नाममा गर्न लागेको त्याग स्वीकार गरी छोरो बलि दिनबाट उनलाई रोके । त्यहि समयदेखि आफ्ना घरमा पालेको प्यारो जनावर बलि (कुर्बानी) गर्ने चाड बकरईद मनाउन शुरु भएको हो । हजरत इबाहिम (अलै.) को यहि त्याग र इमान्दारिता देखेर नै उनलाई अल्लाहले आफ्नो मित्र (खलीलुल्लाह वा अल्लाहका मित्र) मानेका छन् ।

हजरत इब्राहिम (अलै.) ले अल्लाहको आज्ञा अनुसार मक्कामा काबा (अल्लाहको घर) को निर्माण गरे । काबाको निर्माण क्रममा उनले प्रार्थना गरेहे मालिकतिमी हाम्रो प्रयत्नलाई स्वीकार गर । तिमी जान्दछौ कि हाकी यो घर लाई खालि तिम्रो खुसीका लागि मात्र बनाइरहेका छौं । हे मालिकतिमी हामीलाई सच्चा मुस्लिम बनाइदेऊ र हाम्रो बंशमा यस्ता मानिसलाई जन्म देउ कि जो खाली तिमो आज्ञामा मात्र हिड्ने होस् । तिमी हामीलाई तिम्रो पूजा गर्ने उचित तरिका सिकाइदेऊहामीबाट जुन भूल हुन जान्छ त्यसलाई माफ गरिदेऊ ।” काबा बनिसकेपछि हजरत इब्राहिमलाई अल्लाहले काबालाई मूर्तिपूजनबाट अलग राख्नएक अल्लाहको पूजाको केन्द्र बनाउनहरेक प्रकारको शिर्क (बहुदेववाद)बाट पवित्र राख्न र त्यसलाई शान्तिको केन्द्र बनाउन आदेश दिए । हजरत इब्राहिमले यस आदेशलाई पूरा गरे र काबालाई संसारमा तौहिद (एकेश्वरवाद) को सबभन्दा ठूलो केन्द्र र मुसलमानहरुको. तिर्थस्थल बनाए ।

हजरत इब्राहिम (अलै.) विदेश भ्रमणमा जाँदा उनका भतिजा हजरत लुत (अलै.) पनि सँगै गएका थिए । उनी सिरिया (शाम)मा बसेकाले अल्लाहले त्यहाँका मानिसलाई उचित सन्देश दिन आफ्नो नबी बनाएका थिए । उनले पनि अल्लाहले देखाएको सच्चा मार्ग हिड्न मानिसलाई सन्देश दिए । तर उनको कुरा नमान्नाले ज्वालामुखिको रुपमा आएको अल्लाहको श्रापले गाँउ नै सखाप भयो ।

हजरत इबाहिम (अलै.) का नाति र हजरत इस्हाक (अलै.)को छोरो हजरत याकुब (अलै.) का १२ छोराहरु मध्येका सबभन्दा शिष्ट र होसियार स्वभावका छोराको नाम हजरत यूसुफ (अलै.) थियो । १६/१७ वर्षको उमेरमा यूसुफ (अलै.)ले सपनामा एघार वटा ताराचन्द्रमा र सूर्यले उनको अगाडि सज्दा गरेको शिर झुकाएको देखे । यो कुरा आफ्ना बाबु याकुव (अलै.)लाई सुनाउदा बाबुले यूसुफ (अलै.) लाई भने छोरा ! आफ्नो सपना दाजुभाईहरुलाई छान्न लागेको जस्तो छ । त्यसैले दाजुभाईहरुले सताउन सक्छन् । अल्लाहले तिमीलाई आफ्नो नवी (सन्देष्टा) बनाउछन् ।” हजरत यूसुफ (अलै.) बाल्यकालदेखि नै एकदम असल र बुद्धिमान प्रकृतिका भएकाले बाबु हजरत याकुब (अलै.) उनलाई सबभन्दा बढी माया गर्थे । यो कुरा अरु एघार भाइहरुलाई मन परेको थिएन । त्यसैले उनीहरु मिलेर यूसुफ (अलै.) लाई कहि टाढा लगेर छोडिदिने वा कुनै अँध्यारो कुवामा हालिदिने योजना बनाए । यसै अनुसार उनीहरुले एक दिन हजरत यूसुफ (अलै.) लाई लिएर जंगलमा गए र उनलाई  अँध्यारो कुवाभित्र धकेलिदिए । उनको कपडा चाहि फुकालेर कुनै जनावरको रगत लगाएर रुदै घर गए । घरमा रगत लागेको कपडा आफ्नो बाबु याकुव (अलै.) लाई ब्वाँसोले खाएको नाटक गरे । यो कुरा बाबुले त विश्वास गरेनन् र धैर्य धारण  गर्नु नै उनले उचित ठाने ।

बटुवाको एउटा समुहले पानी खानलाई कुवाबाट पानी निकाल्न खोज्दा बालक यूसुफलाई कुवा भित्र फेला पारे । उनीहरुले बालक यूसुफलाई कुवाबाट निकाले र मिश्र देशमा लगेर कौडीको दाममा बेचे । बालक यूसुफलाई किन्ने मानिस मिश्रका राजाका भारदार थियो । ऊ मिश्रको एउटा अधिकार सम्पन्नधनी र पुत्र विहिन  मन्त्री थियो । उसले आफ्नी पत्नीलाई बालकको रामो हेरविचार र पालन पोषण गर्न भन्यो । त्यसैले यूसूफ (अलै.)को पालनपोषण उच्च स्तरमा भयो । त्यस्तै उनलाई राम्रो तालिम पनि दिइयो । उनको क्षमता र योग्यता यति उच्च थियो कि त्यसबाट प्रभावित भएर मिश्रका राजाले राजकोष चलाउने ठूलो अधिकार उनलाई सुम्पिए । हजरत यूसुफ (अलै.) ले मिश्रका मानिसहरुलाई ठूलो भोकमरीबाट बचाए र उनले बिग्रन लागेका आफ्ना भाईहरुखराब काम गरी जेलमा परेका मानिसहरुलाई सत्मार्गमा ल्याए । उनलाई यति बुद्धि र शक्ति दिएकोमा अल्लाह प्रति कृतज्ञता प्रकट गर्दै हजरत युसुफ (अलै.) ले अल्लाह तआलासँग प्रार्थना गरे,“ हे मेरा मालिक ! पृथ्वी तथा आकाश बनाउने वाला तिमी नै हौ । तिमी मेरो अन्त्य इस्लाममा गर र मलाई आफ्नो असल शिष्यसँग भेट गराइदेऊ ।

हजरत युसुफ (अलै.) को एकेश्वरीवादी शिक्षापछि पनि मानिसहरु शिर्क (अत्याचार)  मा लिप्त भइरहे । उनको अगाडि  सत्यमार्ग अवलम्वन गर्ने कतिपय मानिसहरु  पछि पछि गएर मूर्ति र रुख विरुवाको पूजाका साथै अल्लाहको भक्तिमा लागे । यसले गर्दा शिर्कले बढावा पायो । त्यसैले अल्लाह तआलाले मानिसहरुलाई सहि मार्गमा हिड्ने निर्देशन दिन र त्यसको सन्देश पुर्याउन ऐयूव तथा सुऐब नबी बनाएर पठाइए ।

हजरत यूसुफ (अलै.) का कारणले गर्दा उनका धेरै सन्तान मिश्रमा गएर बसोबास गरेका थिए । हजरत याकुवलाई इस्राइल पनि भनिथ्यो । त्यसैले उनका सन्तानलाई बनीइस्राइल पनि भनियो । हजरत युसुफपछि बनी इस्राइलहरुले आफ्नो राज्य मिश्रको शासन सुव्यवस्थित राख्न खोजे तापनि आपसी फुट र वैमनस्यताका कारण मूर्ति पूजक किवती जातिले मिश्रको शासन आफ्नो कब्जामा लियो । उक्त किवती जातिको राजालाई फिरऔनी भनिन्थ्यो । फिरऔनको एउटा भविष्यवाणीकर्ताले “ चाँडै नै बनी इस्राइकल वंशमा एउटा बालक जन्मिनेछ जसले कवली शासनको अन्त्य गरिदिन्छ ।” भन्ने भविष्यवाणी गरेकाले बनी इस्राइलका घरमा जन्मिने सबै छोराहरुलाई खोजी खोजी मार्न थाले । त्यस समयमा बनी इस्राइल वंशमा हजरत मुसा (अ.) जन्मिए । मुसा (अ.) को जन्मको समयमा बनी इस्राइलको हालत एकदमै बिग्रिएको थियो । एकातिर उनीहरुको ईमान असाध्यै कमजोर हुँदै गइरहेको थियो भने अर्कोतिर तिनीहरु गरिब बन्दै गइरहेको थिए । तिनीहरुमा गरिबीले यति व्यापकता पाएको थियो कि तिनीहरु मिश्रवासीहरुको अन्याय र अत्याचार सहन र ठूलो परिमाणमा कर तिर्न बाध्य थिए । मिश्रका बादशाह फिरऔनलाई एकातिर बनी इस्राइलहरुले शत्रुसँग मिलेर शासन हत्याउलान् भन्ने डर थियो भने अर्कोतिर ज्योतिषिको भविष्यवाणी अनुसारको बालकको जन्म हुन गई हुर्कनेबढ्ने अवसर पायो भने फिरऔनको वंशलाई विनाश गर्लाकी भन्ने ठूलो डर थियो । त्यसैले बनी इस्राइलको संख्या बढ्न नपाओस् बरु दिनदिनै घट्दै जाओस् भन्ने सोच फिरऔनको थियो । यहि सोचले गर्दा फिरऔनले बनी इस्र्राइलको बंशमा जन्मिएका सबै छोराहरुलाई खोजी खोजी घाँटी थिचेर मार्न लाग्यो ।

अल्पसंख्याको अवस्थामा रहेका मुसलमानहरुको इमानमा कमजोरी र धेरै खराबीहरु भएको अवस्था एकातिर थियो भने अर्कोतिर फिरऔनको आतंक र अत्याचार फैलिरहेको थियो । यस्तो अवस्थामा हजरत मुसा (अलै.)को जन्म भयो । आफ्नो छोरालाई प्रशासनले मारिदेला भन्ने ठूलो डर मुसा (अलै.) की आमालाई भयो । तर अल्लाह तआलाले उनको मनमा यो कुरा हालिदिए कि, “डराउनु पर्ने कुनै कुरा छैनबालकलाई दुध चुसाउ र कुनै समय कुनै कुराको डर भयो भने बालकलाई कुनै बाकसमा बन्द गरेर नदिमा बगाइदिनु । म उसलाई कुनै उपायबाट तिमीसमक्ष नै पुर्याइदिनेछु र उसलाई म आफ्नो बनाउनेछु ।” मुसा (अलै.) लाई केहि समय जसोतसो लुकाएर राखेपछि अल्लाहप्रतिको दृढ विश्वासका साथ उनकी आमाले उनलाई बाकसमा राखेर नील नदिमा बगाइदिइन् र उनकी बहिनीलाई त्यसको पिछा गर्न लगाईन् । नदिले बगाएर फिरऔनको महल नजिकै पुगेको त्यस बाकसलाई फिरऔनका मानिसहरुले नदिबाट निकालेर बाकस खोलेर हेर्दा एउटा सुकुमार र सुन्दर बच्चा देखे । उनीहरुले त्यस बालकलाई फिरऔनको दरबारमा लगे । फिरऔनले त्यो बालक देख्ने बितिकै ज्योतिषीको भविष्यवाणी अनुसारको बालक हुन सक्ने सम्भावना देखेर तत्काल मार्न खोज्यो तर उसकी पत्नीले रोकि । बालकको पालनपोषण त्यसै महलमा हुने भयो र बालकलाई दुध चुसाउने धाइको खोजी हुन थाल्यो । बालक मुसा (अलै.) ले कसैको दुध चुस्न मानेनन् । आखिर उनकै दिदीको मद्दतबाट धाइआमाको रुपमा उनकी आफ्नै आमालाई ल्याइयो र बालक मुसाले दुध चुसे । यसरी अल्लाह तआलाले बालक मुसा लाई आफ्नै आमाको काखमा पुर्याइदिएर दरवारमा सुखसयलका साथ पालनपोषण गराए ।

हजरत मुसा (अ.)जवान हुँदै जाँदा किवती (फिरऔनको वंश) ले बनी इस्राइलीहरु सताइएको सत्यता थाहा पाए । त्यसपछि उनी सताइएकाको मद्दत  गर्न किवतीको विरुद्ध खडा भए । यो कुरा थाहा पाए फिरऔनको दरवारमा उनको हत्या गर्ने षड्यन्त्र रच्न पछि डराउदै उनी त्यस शहरबाट निस्किए । मुसा (अलै.) मिश्रबाट निस्किएर मदयनको गाउँ तिर लागे जहाँ हजरत इब्राहिम (अलै.) का सन्तान बस्दथे र फिरऔनको शासन भन्दा बाहिर थियो । मुसा (अलै.) को त्यस यात्रामा उनी एक्लै थिए र शत्रुले पिछा गर्लान् कि भन्ने डर थियो तर आफ्ना रब (मालिक वा अल्लाह) ले सिधा मार्गमा हिडाउनेछन् भन्ने. उनमा पूर्ण विश्वास थियो । केहि दिनको यात्रापछि उनी मदयन पुगे । मदयनको गाउँको एउटा कुवामा धेरै मानिसहरु जम्मा भएर आफ्ना वस्तुभाउहरुलाई पानी खुवाउँदै थिए र नजिकै दुईटी केटीहरु आफ्नो पालो पर्खिएर उभिरहेका थिए । उनीहरुसँग कुरा बुझ्दा कमजोर र बुढो बाबुका छोरीहरु भएकाले त्यसरी पर्खिनु परेको थाहा भयो । त्यसैले मुसा (अलै.) ले कमजोरीहरुको अधिकार मारिएको ठानी उनीहरुका बस्तुभाउहरुलाई आफैंले पानी खुवाए र पठाए । यसरी अल्लाह तआलालाई पुकार्दै हजरत मुसा (अलै.) कमजोर र अन्यायमा परेकाहरुको मद्दत गर्दै र भलाईको उपदेश दिंदै हिडे । हजरत मुसा (अलै.) केहि वर्षसम्म ती केटीहरुको बाबुको घरमा नोकरी गरेर र दुईमध्ये एउटी केटीसँग विवाह गरी आफ्नो घर मिश्रतर्फ लागे । अँध्यारो रात र कठाङ्ग्रिदो जाडोको समयमा बाटोमा हिडिरहँदा पहाडको एकातिर आगो बलेको देखियो । आफ्नी पत्नीलाई त्यही छोडेर ताप्नको लागि आगो लिन र कोही भेटिएमा बाटो सोध्न भनी मुसा (अलै.) आगो भएतिर गए । आगो नजिकै पुगेपछि कसैबाट आवाज निस्कियो ए मुसा ! म तिमो मालिक हुँ । जुत्ता खोल । अहिले तिमी तुआको  पवित्र भूमिमा उभिएका छौ र हेर मैले तिमीलाई सन्देष्टाको रुपमा छानेको छु । अब जे भनिदैछ त्यसलाई ध्यान दिएर सुन । म नै अल्लाह हुँम बाहेक कोही पुज्य छैन । त्यसैले तिमी मेरो नै भक्ति गर र मेरो याद गर्नका लागि नमाज कायम गर र विश्वास गर कि पुनरुत्थान (आखिरत) अवश्य आउनेछ । त्यस दिन हरेक मानिसलाई उसको काम अनुसारको बदला (प्रतिदान) दिइनेछ ...।” (२०:२५३४)

यसरी अल्लाह तआलाले सन्देश अल्लाहले हुुकुम गरेउनले प्रार्थना गरे,–“हे मेरा रब ! मेरो छाति खोलिदेऊ र मेरा लागि मेरा कार्य सुगम पारिदेऊ र मेरो जिब्रोको गाँठो खोलिदेऊ ताकि तिनीहरुले मेरा कुरा बुझन सकुन् र मेरा खानदानबाट एउटा मेरो सहयोगी बनाऊ मेरो भाइ हारुनलाई । उनीद्धारा मेरो शक्तिमा वृद्धि गर र उनलाई मेरो कार्यमा सहभागी बनाऊ ताकि हामी तिम्रो अत्याधिक पवित्रता वर्णन गरौं र तिमीलाई अत्याधिक स्मरण गरौं ।”(२०:४२४४) । अल्लाहको यस्तो आदेश र निशानीका साथ हजरत मूसा (अलै.) आफ्नो भाइ हारुन (अलै.) लाई लिएर अल्लाहले सुम्पिएको जिम्मेवारी पूरा गर्न थाले । उनी फिरऔनको दरबारमा गएर उसका मन्त्रीकर्मचारीहरु र फिरऔनका जातिहरुलाई अल्लाहको धर्मको बारेमा बताए । त्यस्तै आफ्नो जाति बनी इस्राइललाई पनि उनीहरुले बिर्सिएको शिक्षा याद दिलाए र धर्मका बारेमा ठीक ठीक कुरा बताए ।

हजरत मुसा (अलै.) ले धर्मका सम्बन्धमा तिनै कुराहरु बताए जुन पहिले नबीहरुले बताएका थिए । उनले फिरऔन र आफ्ना जातिका मानिसहरुलाई सम्बोधन गर्दै भने, “एक अल्लाह बाहेक अरु कोहि पुज्य छैन । उनैको आज्ञापालन हुनुपर्दछ । अल्लाह मात्र हरेक प्रकारका शक्तिका स्वामी हुन् । त्यसकारण उनी बाहेक कुनै अरुसँग सहायता चाहनु वा कुनै अरुको शरण खोज्नु ठीक होइन । अल्लाहको आज्ञापालन गर्नका लागि तिमीहरुले के गर्नुपर्छ र के गर्नु हुँदैन यी सबै कुरा अल्लाहले मलाई भनेर तिमीहरु समक्ष पठाएका हुन् । त्यसैले उनको प्रसन्नता प्राप्त गर्नका लागि तिमीहरुले मैले भनेको मान्नुपर्दछ । जो मैले भनेको मान्दछ उसले नै यस संसार र मृत्युपछि पनि लाभ प्राप्त गर्दछ । अनि जो मैले भनेको मान्दछ उसले नै यस संसार र मृत्युपछि पनि लाभ प्राप्त गर्दछ । अनि जो मैले भनेको कुरामा मुख फर्काएर हिड्छ उसैले हानी बेहोर्नु पर्दछ । आफ्नो यो लाभ हानीका बारेमा त्यस समय थाहा पाउनेछौ जब तिमीहरु आखिरतमा आफ्नो स्वामी समक्ष उपस्थित हुनेछौ । त्यो दिन अवश्य आउनेछ र त्यस दिन नै सफलता र असफलता थाहा हुनेछ ।

हजरत मूसा (अलै.) र उनका भाई हजरत हारुन (अलै.) आफूलाई देवताको अवतार र सूर्यवंशी शक्तिशाली राजा ठहर गरेर बसेको फिरऔनको दरबारमा गएर एक अल्लाहको इवादत गर्न आह्वान गरे । उनीहरुले भने, “सारा जगतका मालिकले हामीलाई आफ्नो सन्देष्टा बनाएका छन र सबैले एक न एक दिन आफ्ना सबै कर्मको विवरण उनी समक्ष पेश गर्नुपर्नेछ । त्यसदिन सोधिएका प्रश्नहरुको जवाफदेही स्वयं हुनुपर्नेछ । त्यसैले आफ्नो मनोमानी र अत्याचार छोडेर अल्लाहको आदेश अनुसार राज्य गर र इस्राइली माथिको अनावश्यक अत्याचार बन्द गरी उनीहरुमा दया गर । यदि उनीहरुलाई सम्मान दिन चाहदैनौं भने उनीहरुलाई स्वदेश फर्कन अनुमति देऊ जहाँ उनीहरु अल्लाहको साँचो धर्ममा जीवन बिताउन सक्नेछन् ।” यी कुरा सुनिसकेपछि फिरऔनले मूसा (अलै.) पागल भएको कुरा बतायो उसले उनलाई सन्देष्टा वा नवी भएको प्रमाण वा निशान देखाउन भन्यो । मूसा (अलै.) ले हातको लठ्ठी भूँईमा फ्याँकेत्यो सर्प बन्यो । त्यसपछि आफ्नो हात खोकिलामा हालेत्यो सेतो प्रकाशमय भएर चम्किलो देखियो । यो देखेर फिरऔनका दरवारका सबै मानिसहरु आश्र्चर्य चकित भए ।

मुसा (अलै.) र हारुन (अलै.) को यस्तो चमत्कार पूर्ण अल्लाहका निशानी देखेपछि सबै मानिसहरु उनीहरुको भाषणमा मन्त्रमुग्ध होलान् भन्ने डरले फिरऔनले आफ्ना मानिसहरुलाई भन्यो,“यी दुई ठूला जादुगर हुनआफ्नो जादुको बलमा तिमीहरुलाई तिमीहरुको देशबाट निकाल्न र तिमीहरुको भर्मलाई पूर्ण विनाश गर्न यिनीहरु चाहन्छन् । यीनीहरुको लोभ राज्य र धनमालमा छ । यिनीहरु तिमीहरुबाट लोभ राज्य र धनमालमा छ । यिनीहरु तिमीहरुबाट राज्य खोसेर लिन र आफैँ मालिक भएर बस्न चाहन्छन् । यसबाट तिमीहरुको पुरानो रीतिरिवाज खतम हुन्छ र तिमीहरुका बाबु बाजेले भनेको तरिका पूर्णरुपले नासिन्छ ।

फिरऔनले मूसा (अलै.) र हारुन (अलै.) लाई जादुगर भएको ठहर गर्दै आफ्नो देशका ठूलाठूला जादुगरहरुसँग मुकाबिला गरी मूसा (अलै.) लाई हराउन आदेश दियो । तर जादुगरहरुसँग नितान्त जादुगरी बाहेक केही थिएन भने मूसा (अलै.) का साथमा अल्लाहको सहयोग थियो । त्यस्ले ती जादुगरहरुको जादुगरी बेकार हुन पुग्यो र उनीहरु त्यस मुकाविलामा हारे । यसबाटउनीहरुलाई मूसा (अलै.) कुनै जादुगर नभई साच्चै नै अल्लाहका रसूल हुन भन्ने कुरामा विश्वास भयो । त्यसपछि ती दुई दाजु भाईले भनेको कुरा स्वीकार गर्दै जादुगरहरुले इस्लाम कबुल गरे । फिरऔनका हात खुट्टा काटेर सुलीमा चढाउने धम्कीको पनि कुनै परवाह नराखी ती जादुगरहरुले मूसा (अलै.) को आह्वानलाई स्वीकार्दै इमान ल्याए ।


लेखक : इरफान पोखरेल  

आखिरत र यसको वास्तविकता


आखिरतको अर्थ अर्को जीवन हो । यसले पारलौकिक जीवनलाई बुझाउँछ । इस्लामी आस्थाहरू मध्ये आखिरत माथिको आस्था पनि एउटा महत्वपूर्ण आस्था हो । जो मानिस यसमाथि विश्वास गर्दैन ऊ असल मुस्लिम हुन सक्दैन । यो सांसारिक जीवन निमिषभरको लागि मात्र हो । यो अत्यन्तै छोटो र क्षणिक छ । वास्तविक जीवन त पारलौकि जीवन हो जुन अन्त्यहिन छ । आखिरत शुरु हुनु अघि यो पृथ्वी लगायत सारा जगत नै यसका रचयिता अल्लाह तआलाले संभार अर्थात तहसनहस पार्नेछन र सबै मानिसको मृत्यु आउने छ जसलाई कयामत’ अर्थात महाप्रलय भनिन्छ । त्यसपछि पहिलो मानव आदमदेखि लिएर अन्तिम मानवसम्म सबैको जे जस्तो अवस्थामा मृत्यु भएको भए पनि सबका सब जीउँदो बनाएर उठाइनेछन् । यसरी पूनर्जीवित भए पछि सबै मानिस अल्लाह समक्ष हाजिर भई आफ्नो सांसारिक जीवनमा गरेका कृयाकलापको हिसाब किताब बुझ्न हशर’ को मैदान तर्फ दौड्नेछन् । त्यहाँ प्रत्येकको पाप पूण्यको हिसाब र स्वर्ग नर्कको फैसला गरिनेछ ।

कियामत र आखिरतको बारेमा अल्लाहका अन्तिम रसूल मुहम्मद (स.) ले हामीलाई सन्देश दिनु भएको छ । यस कुराको स्पष्ट उल्लेख अल्लाहको सन्देश पवित्र कुरआनमा समेत विभिन्न स्थानमा आएको छ । कुरआन तथा अल्लाहका रसूल मुहम्मद (स.) ले बताउनु भए अनुसार एकदिन अल्लाह तआलाले संपूर्ण विश्व र विश्वका सबै प्राणी तथा वनस्पतिहरूपहाड पर्वतसमुद्रअन्य ग्रहतारा आदिलाई समाप्त पार्नेछन् । त्यस दिनको नाम कयामत’ हो । फेरी अल्लाहले सबै मानिसहरूलाई एउटा अर्कै जीवन प्रदान गर्नेछन् । उक्त जीवन पाएपछि सबैजना अल्लाह समक्ष हाजिर हुनेछन् । त्यसलाई हशर’ अर्थात भेलाको दिन भनिन्छ । त्यसदिन प्रत्येक मानिसले आफ्नो भौतिक जीवन (यस धर्तीमा रहँदाको जीवन) मा गरेका संपूर्ण कर्महरूको हिसाब अल्लाह समक्ष पेश गरिनेछ र उनले प्रत्येक मानिसको सत्मर्क र दुष्कर्मको नीरिक्षण गरी त्यसको लेखाजोखा गर्नेछन् । सत्कर्म र दुष्कर्म मध्ये जुन बढी वजनदार हुनेछ त्यसै अनुसार उसको आखिरतको फैसला हुनेछ । जस अनुसार सत्कर्मीहरूलाई स्वर्गको अनन्त र अकल्पनीय सुखभोग गर्न पठाइने छ र दुष्कर्मीहरूलाई नर्कको दन्कदो आगोमा होमिनेछ जहाँ उसले अकल्पनीय पिडा भोग्नु पर्नेछ । यी दुबै प्रकारका जीवन अन्त्यहिन छन् ।

आखिरतका बारेमा पवित्र कुरआनको अध्याय ९९ अल जिल्जालमा भनिएको, “जब पृथ्वीलाई पूर्ण रुपमा हल्लाइनेछ र धर्तीले आपूmभित्र रहेको बोझ निकालेर फ्याँकिदिनेछ र मानिसले भन्नेछयसलाई के भयो ७तिस त्यो दिन पृथ्वीले संपूर्ण खबर बताउने छ किनभने तिम्रा पालनकर्ताले त्यसलाई यस्तो गर्ने आदेश दिएका हुन्छन् । मानिसहरू त्यस दिन एक्ला एक्लै आउनेछन् ताकि तिनीहरूलाई उनीहरूका कर्म देखाइयोस् । अनि जसले कणभर पनि सत्कर्म गरेको हुन्छ उसले त्यसलाई देख्नेछ र जसले कणभर पनि दुष्कर्म गरेको हुन्छ उसले त्यसलाई देख्नेछ ।

त्यसैगरी पवित्र कुरआनको अध्याय ८२ अल्इन्फितार मा भनिएको छ, “जब आकाश चर्किनेछ र जब ताराहरू झर्नेछन् र जब समुद्रहरू बगाइनेछन् र जब चिहानहरू खोलिनेछन् । तब प्रत्येक व्यक्तिले अगाडि पठाएको र पछाडि छोडेको (कर्महरूबारे) थाहा पाउनेछ । ....निःसन्देह सत्कर्मीहरू अनुग्रहमा हुनेछन् र निःसन्देह दुष्कर्मीहरू नरकमा हुनेछन् । अन्तिम निर्णयको दिन तिनीहरू त्यहाँ जाकिनेछन् र त्यहाँबाट कहिल्यै उम्कन सक्ने छैनन् । र निर्णयको दिन के होतिमीलाई के थाहा ७तिस होके थाहा तिमीहरूलाई के हो निर्णयको दिन ? त्यस दिन कसैले कसैको लागि केही गर्न सक्ने छैन र संपूर्ण अधिकार अल्लाहमा नै नीहित हुनेछ ।” त्यस्तै पवित्र कुरआनको अध्याय ६९ अल्हाक्कह्मा भनिएको छ फेरी जब पहिलो सूर (नरसिङ्गा) फुकिनेछअनि पृथ्वी एवं पहाडहलाई माथि उठाइनेछ । एकै पटकमा टुक्रा टुक्रा पारिनेछ । त्यसदिन त्यो घटना (महाप्रलय) हुनेछ । अनि आकाश फाट्नेछ र त्यसदिन त्यो अति नै कमजोर हुनेछ । ... त्यसदिन तिमीहरू पेश गरिनेछौ । तिमीहरूको कुनै पनि रहस्य गोप्य रहने छैन ।

पारलौकिक जीवन सुखमय बनाउन र दुष्कर्मबाट बच्न सचेत गराउदै अल्लाह तआला कुरआनमा भन्छन्, “त्यस दिन आकाश पग्लेर चाँदी झैँ हुनेछ र पहाडहरू टुक्रिएर धुनेका कपास झैँ हुनेछन् र कुनै पनि मित्रले आफ्नो मित्रलाई समेत सोध्ने छैन जबकी तिनीहरू एक अर्कोलाई देख्नेछन् । अपराधीले त्यसदिनको यातनाबाट बच्न फिद्या (फिरौती) को रुपमा आफ्ना सन्तानआफ्नी पत्नीआफ्नो दाजुभाईआपूmलाई शरण दिने नातेदार र धर्तीका सबै मानिसहरूलाई पेश गर्नेछ ताकि उसले स्वयंलाई बचाउन सकोस् । कदापी होइनत्यो दन्कदो आगोको ज्वाला हुनेछ जसले मासु र छाला काढ्नेछ । त्यस आगोले प्रत्येक यस्तो व्यक्तिलाई आपूmतिर बोलाउने छ जसले सत्यबाट पिठ्यूँ फर्काउँछ र विमुख हुन्छधन सम्पत्ति जम्मा गर्छ र गनेर राख्छ । सिवाय यस्ता नमाजीहरूको जो नियमित नमाज पढ्छन्जसको धनसंपत्तिमा निश्चित हक हुन्छ मगन्ते र वन्चित व्यक्तिहरूको लागि । र जो बदला दिइने दिनलाई सत्य मान्छन् जो आफ्ना रबको यातनाको भय राख्छन् ।” (७०:८१८२२२७)

कयामत (महाप्रलय) पछि आखिरत शुरु हुन्छ । तर कयामत कहिले आउँछ भन्ने जिज्ञासा मेटाउदै कुरआनमा अल्लाह तआलाले भनेका छन्, “बरु मनुष्य उनका अगाडि दुष्साहस गर्न चाहन्छ र सोध्छमहाप्रलयको दिन कहिले आउँछ ७तिस अनि जब आँखाहरू तिरमिराउनेछन् र चन्द्रमा प्रकाशहीन हुनेछ र सूर्य तथा चन्द्रमालाई एकत्रित गरिनेछ । त्यसदिन मनुष्यले भन्नेछ अब भागेर कहाँ जाउँ ? (७५:५१०)

निःसन्देह फैसलाको दिन निर्धारित छ । जुनदिन सूर (कर्कश ध्वनी निस्कने औजार) पूmकिनेछ । अनि तिमीहरू हुलका हुल बाहिर निस्कने छौ र आकाश खोलिनेछ । अनि त्यो ढोकै ढोका भएर रहनेछ र पहाडलाई चलाइनेछ । अनी ती पहाडहरू मृगतृष्णा (जलभ्रम) झै हुन पुग्नेछन् । निःसन्देह नरक ताकमा बसेको छ । त्यो उदण्डहरूको बासस्थान हो जहाँ तिनीहरू युगौंसम्म रहनेछन् । त्यहाँ तिनीहरूले न शितलताको कुनै स्वाद चाख्नेछन् न कुनै पेय नै । सिवाय उम्लँदो पानी र रक्त पिपको । यो पूर्ण हो बदला असत्य ठहर गर्नेहरूका लागि ।” (७८:१८२६)

जब सूर्यलाई बेरिनेछ र ताराहरू प्रकाश विहिन हुनेछन् र जब पर्वतहरू गतिशिल बनाइनेछन् र जब दश महिनाकी गर्भिणी उँटनीहरू गर्भ त्याग्नेछन् र जब जंगली जनावरहरू एकत्रित गरिनेछन् र जब समुद्रमा आगो दन्काइनेछ र जब आत्माहरू जोडिनेछन् र जब जिउँदै गाडिएकी बालिकालाई सोधिने छ कुन अपराधमा उसको हत्या गरिएको थियो ७तिस र जब कर्मपत्रहरू खोलिनेछन् र जब आकाशलाई उदाङ्गो पारिने छ र जब नरकलाई दन्काइने छ र जब स्वर्ग नजिक ल्याइनेछत्यतिबेला प्रत्येक व्यक्तिले आपूmले के लिएर आएको छ भन्ने जान्नेछ ।” (८१:११४)

जब आकाश चर्किनेछ र जब ताराहरू झर्नेछन् र जब समुद्र बगाइनेछ र जब चिहानहरू खोलिनेछन्तब प्रत्येक व्यक्तिले अगाडि पठाएको र पछाडि छोडेको (कर्महरूबारे) थाहा पाउनेछ ।” (८२:१५)

यस धर्तीमा गरेका कर्मको अन्तिम हिसाब किताब पछि अल्लाह तआलाले कसलाई के कस्तो प्रतिफल प्रदान गर्दछन् भन्ने सन्दर्भमा पवित्र कुरआनमा अल्लाह तआला भन्छन्, “जसलाई उसको कर्म पत्र उसको दाहिने हातमा दिइनेछ त्यससँग सरल रुपमा हिसाब लिइनेछ । ऊ आफ्ना आफन्तकहाँ हर्षोल्लासकासाथ फर्कनेछ । तर जसलाई उसको कर्मपत्र पिठ्यूँपछाडिबाट दिइनेछ उसले मृत्युलाई डाक्नेछ र ऊ दन्कदो अग्नीमा पुग्नेछ ।” (८४:७१२)

भय राख्ने व्यक्तिले उपदेश ग्रहण गर्नेछ । तर त्यो अभागी त्यसबाट तर्केर भाग्नेछ जो विशाल अग्नी कुण्डमा पर्नेछ । जहाँ ऊ न मर्ने छ न जीउने नै छ । निःसन्देह त्यो सफल भयो जसले पवित्रता ग्रहण गर्यो र आफ्नो रबको नाम जपिरह्यो अनि नमाज पढ्यो । तर तिमीहरू त सांसारिक जीवनलाई महत्व दिन्छौ जब की परलोक नै अति उत्तम र चिरस्थायी छ ।” (८:१०१७)

त्यसदिन कतिपय अनुहारहरू भयमित हुनेछन् । (व्यर्थ) परि७नतसम गरिरहेकाहरू थकित हुनेछन् । तिनीहरू दन्कदो आगोमा जाकिनेछन् । तिनीहरूलाई तातो मुहानबाट उम्लँदो पानी खुवाइनेछ । काँडैकाँडा भएका सुकेको घाँस बाहेक अरू कुनै खाद्यन्न तिनीहरूले पाउने छैनन् जसले न पोषण दिन्छन भोक नै मार्छ । कतिपय अनुहारहरू त्यसदिन प्रफुल्लित हुनेछन् । आफ्नो परि७नतसम प्रति सन्तुष्ट हुनेछन् । (उनीहरू) उच्च स्वर्गमा हुनेछन् जहाँ कुनै अशिष्ट र व्यर्थ कुरा सुन्ने छैनन्जहाँ वगिरहेका मुहान हुनेछन् र सिरानीहरू पङ्क्तीहरूमा लगाएका हुनेछन् र मखमली गलैचाहरू बिछ्याइएका हुनेछन् ।” (८८:२१६)

यसरी प्रत्येक मानिसका सबै कार्यहरू निरीक्षण र खोजविन एकदम शुक्ष्मरुपमा गरिनेछ । त्यस समयमा आफ्ना सत्कर्महरू र अल्लाहको कृपा बाहेक अरू कुनै सहारा रहने छैन ।

कुरआन र यस अघिका अल्लाहका किताबहरूमा महाप्रलयहिसाब कितावको दिन र आखिरतको बारेमा स्पष्टसँग शिक्षा दिएको पाउँदा पाउँदै पनि कतिपय मानिसहरू अज्ञानी बन्दै मरेपछि अर्को जीवन छैन किनकी ऊ त माटोमा मिलिहाल्छ” भन्छन् । हामी त्यस्तो व्यक्तिलाई सोधौं कि यस जीवन पछि अर्को जीवन छैन भन्ने कुरा तपाईले कसरी थाहा पाउनुभयो ७तिस यदि तपाईले मरेपछि कोही मानिस पुनः जीवित भएको देख्नु भएको छैन भने तपाई बढीमा यति भन्न सक्नुहुन्छ किमरेपछि के हुन्छम जान्दिन । तर यसको सट्टा मरेपछि केहि हुँदैन भन्नु अज्ञानता र मुर्खता बाहेक केही होइन ।

आखिरतमाथि केहि मानिसहरूले यसकारणले विश्वास गर्दैनन् कि तिनीहरूले अल्लाहको क्षमता र शक्तिलाई राम्ररी बुझेका हुदैनन् । अल्लाहको त्यो शक्ति हो जसले आकाश र पृथ्वी बनाएजसले आकाशबाट पानी बर्षाए जसले बाँझो र उजाड जमिनलाई हराभरा खेती बनाएहरिया रुख बिरुवा उमारेजसले एउटा तरल थोपाबाट मानिस बनाएके तिनै अल्लाहले एकपटक सबैलाई मृत बनाएर पुनः जीवित पार्न सक्दैनन् । अल्लाहमाथि आस्था राख्ने व्यक्ति यस्ता अनावश्यक कुराहरूलाई कहिल्यै मान्दैनन् । उनीहरूलाई थाहा छ कि अल्लाह सबै कार्य गर्ने सामथ्र्य राख्छन् ।

तपाई हामीले एउटा अर्को कुरालाई ध्यान दिनु जरुरी छ । यो विश्व र यसमा अहिले जे छत्यो पहिले थिएन । एउटा त्यो समय पनि थियो जुनबेला न भूमि थियो र न आकाशन हावा थियो र न पानीन रुख विरुवाहरू थिए र न पशुपंक्षीहरू र न मानिस नै । फेरि अर्को यस्तो समय आयो जुन बेला अल्लाह तआलाले यी सबै थोक वा चिज वस्तुहरू पैदा गरे । तपाई देखिरहनु भएको छअल्लाह तआलाले तिनीहरूलाई कसरी ठीकसँग उत्पन्न गरेका छन् । अनि पहिलो पटक तपाई हामी लगायत हाम्रो वरपर रहेको संपूर्ण वस्तुहरू बनाउने शक्ति भएका अल्लाहले के दोस्रो पटक त्यसलई पुन जीवित गर्न सक्दैनन् । त्यो मानिस जसले अल्लाहको क्षमता र सामथ्र्यलाई आंशिक रुपमा भएपनि बुझ्दछ त्यसले कहिल्यै पनि अल्लाह तआलाले एक पटक सृजना गरेका वस्तुहरूलाई दोस्रो पटक पनि बनाउन सक्छन् भन्ने कुरालाई इन्कार गर्दैन् । यदि उसले यस कुरालाई इन्कार गर्छ भने वास्तवमा अल्लाहलाई नै इन्कार गर्छ । त्यसैले यदि अल्लाह छन् भन्ने विश्वास हामीमा छ भने आखिरत छ भन्ने कुरामा पनि हामीले आस्था राख्नै पर्छ । जसरी अल्लाहको अस्तित्व सत्य छ त्यसरी नै आखिरतको अस्तित्व सत्य छ । यदि हामीमा आखिरतको आस्था मजबुत भएमा निश्चय नै हाम्रो हृदयमा अल्लाहको पकड हुने भय भइरहन्छ र हामी अल्लाहको सत्य मार्गमा अडिग रहिरहन सक्छौं ।

लेखक : इरफान पोखरेल 

उपासना


उपासना’ शब्द त तपाईले अवश्य नै सुन्नु भएकै होला । तपाईले मात्र होइन प्रायः अधिकांश मानिसले यो शब्द सुनेका छन् र बोलचालमा यसको प्रयोग पनि गर्ने गर्दछन् । के तपाई यसको सहि अर्थ भन्न सक्नु हुन्छ । मलाई लाग्दछ सायद तपाईलाई यसको भित्री अर्थ थाहा छैन या यस बारेमा सोच्नु नै भएको छैन । एउटा अर्को प्रश्न म तपाईलाई गर्न चाहन्छुतपाई हाम्रो जन्म र जीवनको उद्देश्य के हो ७तिस सृष्टिकर्ता अल्लाह तआलाले किन यस धर्तिमा तपाई हामीलाई जीवन दिएका छन् ? एकछिन सोच्नुहोस् त ।

यी दुवै प्रश्नहरुको जवाफ तपाईले कुरआनबाट प्राप्त गर्नु हुनेछ । पवित्र कुरआनको एकाउन्नौं अध्यायको श्लोक नं. ५ मा भनिएको छ, “र मैले जिन र मानिसलाई केवल मेरै उपासनाको लागि सृष्टि गरेको हुँ ।

यस आयतबाट के थाहा हुन्छ भने हाम्रो जन्म र जीवनको उद्देश्य अल्लाहको उपासना वा भक्ति वाहेक अरु केही पनि होइन । अब तपाई अनुमान गर्न सक्नुहुन्छ कि उपासनाको अर्थ बुझ्नु तपाईको लागि कति जरुरी छ । यदि तपाई यसको सही अर्थबारे अनभिज्ञ हुनुहुन्छ भने तपाईले आफ्नो जन्म र जीवनको उद्देश्य नै पूरा गर्न सक्नु हुन्न । जुन चीजले आफ्नो उद्देश्य पूरा गर्न सक्दैन त्यो के कामको हुन्छ । त्यसैले उद्देश्य नै थाहा नपाएपछि त्यो पूरा हुन कदापी सक्दैन । जस्तैयदि डाक्टरले बिरामीको रोग निको पार्न सकेन भने ऊ उपचारमा बेकाम भो भनिन्छ । त्यस्तै किसानले बाली उत्पादन गर्न सकेन भने ऊ खेतमिा बेकारको ठहरिन्छ । त्यसरी नै यदि तपाईले आफ्नो जीवनको खास उद्देश्य अर्थात उपासनालाई पूरा गर्न सक्नु भएन भने तपाईको संपूर्ण जीवन नै बेकार भएर जान्छ । त्यसैले तपाई पूरा ध्यान दिएर उपासनाको अर्थ पढ्नुहोस् र बुझ्नुहोस् भन्ने म चाहन्छु । यसलाई तपाई आफ्नो हृदयमा बसाउनुहोस् किनकी यसैमा तपाईको जीवनको सफलता वा असफता अडेको छ ।

उपासना अर्थात इवादातको अर्थ भक्ति वा गुलामी गर्नु हो । जो व्यक्ति कसैको भक्त हुन्छ ऊ उसको सेवामा भक्त बनेर रहन्छ र ऊ समक्ष यसरी प्रस्तुत हुन्छ कि जस्तो कुनै सेवक मालिक समक्ष प्रस्तुत हुनुपर्छ । यहि नै उपासना वा भक्ति हो । यसको विरुद्ध जुन व्यक्ति कसैको भक्त हुन्छमालिकबाट पारि७नतसमिक पनि पूराका पूराअसुल गर्छ तर मालिक समक्ष भक्तले जस्तो काम गर्दैन भने यस कार्यलाई अवज्ञा भनिन्छ । अझ प्रष्ट शब्दमा भन्ने हो भने त्यसलाई कृतध्न वा नमकहराम भनिन्छ ।

अब विचार गर्नुहोस् मालिक समक्ष भक्तले अवलम्वन गर्ने तरिकाको स्वरुप कस्तो हुनुपर्छ ७तिस मालिकलाई नै मालिक मान्नु भक्तको कर्तव्य हो । जो मेरो मालिक होजो मलाई रोजीरोटी दिन्छजो मेरो संरक्षण र निगरानी गर्दछ उसैप्रतिको वफादारी गर्नु मेरो लागि अनिवार्य छ भन्ने कुरा भक्तले मान्नुपर्छ । ऊ बाहेक अरु कोही मेरो वफादारीको अधिकार राख्दैन र मैले उसको भक्ति पनि गर्नुपर्छ भन्ने कुरा पूर्णरुपले मनमा लिनुपर्छ ।

भक्तको दोस्रो काम हरेक समय मािलकले भनेको मान्नुउसको आदेशको पालना गर्नुउसको सेवाबाट कहिल्यै मुख नमोड्नु र मालिकको इच्छा विपरित स्वयं आफ्नो हृदयमा समेत कुरा नसोच्नु र अरु कुनै व्यक्तिको कुरा नमान्नु हो । कसैको दास हरेक समयहरेक अवस्थामा दास नै हुन्छ । मालिकको फलानो कुरा मान्नेछु र फलानो कुरा मान्ने छैन वा यति समयको लागि मालिकको दास हुन्छु र बाँकी समय म उसको दासत्वबाट स्वतन्त्र हुन्छु भन्ने कुनै अधिकार नै हुँदैन ।

भक्तको तेस्रो काम सदाचरणका साथ मालिकको इज्जत गर्नु हो । सदाचरण र इज्जत गर्ने जुन तरिका मालिकले निर्धारण गरेका छन् त्यसको पालना गर्नुजुन समयमा मालिक समक्ष हाजिर भई नतमस्तक हुन निर्धारण गरिएको छ त्यस समयमा अनिवार्य रुपमा मालिक समक्ष हाजिर हुनु र यस कुराको प्रमाण पेश गर्नु कि ऊ पालनहारको इमान्दार र आज्ञाकारी भक्त हो । यिनै तीन चिज मिलेर उपासना बन्दछ । पहिलो पालनहारको आज्ञाकारीतादोस्रो पालनहारको आदेश मान्नु र तेस्रो उनको इज्जत र सम्मान गर्नु ।

अल्लाह तआलाले जीन र मानिसहरुको सृष्टि यस कारणले गरेका हुन् कि उनीहरु अल्लाहको मात्र वफादार बनुन्उनको विरुद्ध अरु कसैको आदेश नमानुन्तिनीहरुले अल्लाहको आदेशको मात्र पालना गरुन्उनैको अगाडि मात्र इज्जत र सम्मानका साथ शिर झुकाउन्कुनै अर्कोको अगाडि शिर नझुकाउन् । यिनै तीन चीजहरुको रुपमा अल्लाहले उपासनाको अर्थलाई व्याख्या गरेका छन् । यही अर्थ उनका संपूर्ण श्लोकहरुको हो जसमा अल्लाहले उपासनाको आदेश दिएका छन् । मानव मात्रका अन्तिम सन्देष्टा हजरत मुहम्मद (स.) र उहाँभन्दा पहिले जति पनि सन्देष्टाहरु अल्लाहको तर्फबाट आए उनीहरुको तालिमको संपूर्ण निचोड यही हो कि अल्लाह वाहेक अरु कसैको उपासना नगर” । (१७:२३) अर्थात यस व्रह्माण्डका एकमात्र शासक छन् जसको मात्र वफादार बन्नु पर्दछ र ती शासक अल्लाह हुन् । एउटा मात्र कानून छत्यसैको मात्र पालना गर्नुपर्छ र त्यो कानून अल्लाहको कानून हो । एकमात्र हस्ती यस्ता छन् जसको पूजा र भक्ति गर्नुपर्छ र ती हस्ती अल्लाह हुन् ।

अब उपासनाको गलत अर्थ लगाउनाले के कस्तो परिणाम निस्कन्छ भन्ने बारेमा प्रकाश पार्न गइरहेको छु । अहिलेसम्म उपासनाको जुन अर्थ तपाईले बुझ्नु भयो त्यसलाई आफ्नो दिमागमा राख्नुहोस् र मेरो प्रश्नहरुको जवाफ दिदै जानुहोस् ।

तपाई त्यो नोकरका बारेमा के भन्नुहुन्छ जो उसको मालिकले नियुक्त गरेको काममा जानुको सट्टा उसको अगाडि हात बाँधेर उभिइरहन्छ र लाखौं पटक मालिकको नाम जपिरहन्छ ७तिस मालिक उसलाई गएर फलानो फलानो व्यक्तिको हक पूरा गर भन्छ तर ऊ जाँदैन बरु त्यही उभिरहेर मालिकलाई झुकेर दसौं पटक प्रमाण गर्छ र फेरी हात बाँधेर उभिरहन्छ । गएर फलानो फलानो खराबी र नराम्रा कुराहरु मेटाऊ भनेर मालिक आदेश दिन्छ तर ऊ त्यहाँबाट एक इन्च पनि हट्दैन र टसनमसको अवस्थामा उभिरहन्छवरु ऊ मालिकलाई दण्डवतपछि दण्डवत गरिरहन्छ । मालिकले आदेश दिन्छ कि चोरको हात काटिदेऊ ।’ यो आदेश सुनेर पनि ऊ त्यही उभिएर सुरिलो भाकामा चोरको हात काटिदेऊचोरको हात काटिदेऊ’ भनेर बिसौं पटक पढिरहन्छ तर एक पटक पनि यस्तो शासन कायम गर्ने कोशिस गर्दैन जसबाट चोरको हात काट्न सकियोस् । यदि तपाईको कुनै नोकरले यो तरिका अपनायो भने म जान्दछु कि तपाईले के गर्नुहुन्छ भनेर । तर धिक्कार छ तपाईप्रति जसको यसो गर्ने अल्लाहको दासलाई यदि तपाई ठूलो भक्त मान्नुहुन्छ भने । अल्लाहलाई नै थाहा होलात्यो मुर्ख व्यक्तिले विहानदेखि साँझसम्म कति पटक पवित्र कुरआनमा अल्लाहको आदेश पढ्ने गर्छ तर ती आदेशहरुलाई पूरा गर्नमा आफ्नो स्थानबाट अलिकति पनि हल्लिदैन । ऐच्छिकमाथि ऐच्छिक नमाज पढिरहन्छहजार दाना तसबीहमा अल्लाहको नाम जपिरहन्छ र सुरिलो भाकामा कुरआनको पाठ गरिरहन्छ । तपाई उसको यो कृयाकलापदेख्नुहुन्छ र भन्नुहुन्छ यो कति इशपरायण भक्त हो । तपाईले उपासनाको वास्तविक अर्थ नबुझेर नै तपाईमा यस्तो भ्रम उत्पन्न भएको हो ।

एउटा अर्को नोकर छ जो रातदिन आफ्नो कर्तव्य आफ्नो मालिकलाई छोडेर अरुको लागि पूरा गर्छअरुको आदेश सुन्छ र मान्छअरुको कानूनमा चल्छ र हरेक समय आफ्नो मालिकको आदेशको बेकदर गर्छ र आदेशको उल्लङ्घन तथा अवहेलना गर्छ । तर सलामीको समयमा मालिक समक्ष हाजिर हुन्छ र मुखबाट मालिकको नै नाम जपिरहन्छ । यदि तपाईहरु मध्ये कसैको नोकरले यो तरिका अपनायो भने तपाई के गर्नुहुन्छ ७तिस के तपाई उसको सलामीले उसैको मुखमा हान्नुहुन्न कि तँ पहिलो दर्जाको झुठो बेइमान होस् किनकी पारि७नतसमिक म बाट लिन्छस् अनि काम अर्कोको गर्छस्मुखले मलाई मालिक भन्छस् र वास्तवमा अरुको सेवा गर्दै हिड्छस् भनेर ७तिस यो त एउटा सामान्य ज्ञानको कुरा हो जुन तपाईहरु मध्ये जसले पनि बुझ्न सक्छ । तर कति हैरानको कुरा हो कि जो व्यक्ति दिनरात अल्लाहको कानून तोड्छअवज्ञाकारी र कप्टीले भनेको कुरा अनुसार चल्छआफ्नो जीवनको बिषयमा अल्लाहको आदेशको कुनै परवाह गर्दैन । उसको नमाजरोजाजपकुरआन पाठहज र जकातलाई तपाई अल्लाहको उपासना संझनु हुन्छ । यो भ्रम पनि यसै कारणबाट उत्पन्न भएको हो कि तपाई उपासनाको वास्तविक अर्थलाई जान्नुहुन्न ।

एउटा अर्को नोकरको उदाहरण लिनुहोस् । मालिकद्वारा आफ्ना नोकरहरुको लागि जुन पोशाक निर्धारण गरिएको छ नोकर ठीक त्यही नापका साथ त्यो पोशाक लगाउँछबडो इज्जत र सम्मानका साथ मालिकको सेवामा हाजिर हुन्छप्रत्येक आदेशलाई सुनेर यसरी झुक्छ कि जो आदेश’ भन्छ मानौं ऊ भन्दा बढी आदेश मान्ने कुनै नोकर नै छैन । सलामीको समयमा सबभन्दा अगाडि गएर उभिन्छ र मालिकको नाम जप्नमा संपूर्ण नोकरहरुलाई जित्छ । तर अर्को तर्फ त्यही नोकर आफ्नो मालिकको शत्रु र विरोधीको सेवामा समेत आपूmलाई सामेल गराउँछमालिकको विरुद्धमा उनीहरुको षड्यन्त्रमा भाग लिन्छ र संसारबाट मालिकको नाम निशाना मेटाउन शत्रुले गर्ने जुनसुकै कोशिसमा पनि त्यो नोकर साथ दिन्छ । रातको अन्धकारमा त मालिकको घरमा षड्यन्त्रको घेरा लगाउँछ र विहान एकदम बफादार नोकरले झै हात बाँधेर मालिकको सेवामा हाजिर हुन्छ । यस्तो नोकरको बारेमा तपाई के भन्नुहुन्छ ७तिस यही भन्नुहुन्छ होइनऊकपटी होबिरोधी होकृतध्ननमकहराम हो । तर अल्लाहको जुन सेवक वा भक्त यस्तो छ उसलाई तपाई कहाँ के गर्नुहुन्छ र७तिस यस्ता व्यक्तिहरु मध्ये तपाई कसैलाई पीर साहेवकसैलाई आदरणीय मौलाना’, कसैलाई दीनदार (धर्ममा लागि पर्ने)पहरेजगारमुत्तकी इवादातगुजार (उपासनामा दृढ भएर लागि रहने व्यक्ति) भनेर सम्मान दिनुहुन्छ । यसको कारण तपाई उसको अनुहारमा पूरा नापको दारी देख्नुहुन्छगोली गाँठा भन्दा २÷३ इन्च माथि आउने गरी पाइजामा लगाएको देख्नुहुन्छउसको निधारमा नमाजको निशाना वा खत देख्नुहुन्छ र उसको लामो लामो सज्दा र नमाज र ऊ सँग मोटा मोटा तसविह (जप गर्ने माला) देख्नुहुन्छ । उसको यही स्वरुप देखेर नै तपाई उसलाई दीनदार र इवादात गुजार संझनुहुन्छ । तपाईले उपासना र दीनदारीको अर्थ नै गलत रुपमा बुझ्नु भएकाले नै तपाईलाई यो भ्रम भएको हो ।

के हात बाँधेर किबला (काबा शरिफ) तर्फ मुख फर्काएर उभिनुघुँडामा हात राखेर झुक्नुजमिनमा हात टेकेर सज्दा (दण्डवत) गर्नु र केही निर्धारित वाक्य मुखबाट निकाल्नु जस्ता थोरै काम तथा क्रियाकलापलाई नै तपाई उपासना मान्नु हुन्छ ७तिस तपाई सम्झनुहुन्छ कि रमजान महिनाको पहिलो तारिखदेखि शब्बाल महिनाको पहिलो तारिख (इद) को चन्द्रोदय हुँदासम्म हरेक दिन विहानदेखि साँझसम्म भोको र प्यासी रहनुको नाम उपासना हो । तपाई सम्झनु हुन्छ कि कुरआनमा केही श्लोक मुखले पढिदिनुको नाम उपासना हो ।

तपाई संझनुहुन्छ कि मक्का गएर काबा शरिफको वरिपरि तवाफ गर्नुको नाम उपासना हो । तपाईले कुनै कामको बाहिरी स्वरुपको नाम उपासना राख्नु भएको छ र यदि कुनै व्यक्ति यिनै रुपमा यिनै कामहरु पूरा गर्छ भने तपाई सोच्नुहुन्छ कि उसले अल्लाहको उपासना गर्यो । कुरआनमा भनिएको छ,
वमा खलक्तुल् जिन्न वल् इन्स इल्ला लियअ्बुदुन
अर्थातमैले जिन्न र मानिसहरुको जन्म मेरो उपासना वाहेक अरु केहीको लागि गरेको होइन ।
तर कुनै व्यक्ति अघि मैले भनेका केही देखावटी कार्यहरु मात्र गरेर आफ्नो जन्मको उद्देश्य पूरा भएको ठान्छ र अब ऊ आफ्नो जीवनमा स्वतन्त्र भएकोले जे मन लाग्छ त्यही गर्न सकिन्छ भन्ने ठान्छ भने निश्चय नै ठूलो भ्रम छ । यस्तो व्यक्तिले कदापी अल्लाहको सही उपासना गरेको ठहर्दैन ।

तर वस्तविकता यो हो कि अल्लाहले जुन उपासनाको लागि पैदा गरेका हुन् र तपाईलाई जे को आदेश दिइएको हो त्यो अर्कै चीज हो । सो उपासना यो हो कि तपाई आफ्नो जीवनमा हरपलहरेक अवस्थामा अल्लाहको कानुनमा चल्नुहोस् र प्रत्येक ती कानुनबाट पूर्णरुपले स्वतन्त्र बन्नुहोस् जुन अल्लाहको कानुनका विरुद्ध छन् । तपाईका प्रत्येक सरगर्मी त्यस सीमा भित्र रहोस् जुन अल्लाहले तपाईको लागि तयार गरेका हुन् । तपाईका प्रत्येक काम त्यस तरिका अनुसार होस् जुन अल्लाहले भनेका छन् । यस तरिकाबाट जुन जीवनलाई बिताउनु हुन्छत्यो पूर्णरुपमा उपासना हुन्छ । यस्तो जीवनमा तपाईको सुत्नु पनि उपासना हो र ब्यूँझिनु पनि उपासना हो । खानु पनि उपासना हो र पिउनु पनिघुमफिर गर्नु पनि उपासना हो र कुरा गर्नु पनि । यहाँसम्म कि आफ्ना छोराछोरीलाई माया गर्नु पनि उपासना हो । जुन कामलाई तपाई एकदम साँसारिक भन्नुहुन्छ ती सबै दीनदारी र उपासना हुन् । यदि तपाईले यसलाई पूरा गर्नमा अल्लाहले निर्धारण गरेका सिमालाई पालना गर्नुभयो र जीवनमा प्रत्येक कदममा यो हेरेर हिड्नुभयो कि अल्लाहको अगाडि सही के छ र गलत के छबैध के छ र अवैध के छकुन चीजलाई अनिवार्य गरिएको छ र के गर्नबाट रोकिएको छकुन चीजबाट अल्लाह खुशी हुन्छन् र कुन चीजबाट बेखुश हुन्छन् ७तिस यथार्थमा तपाई निर्वाहको साधन जुटाउनको लागि निस्कनु हुन्छत्यस काममा धेरै नै अवसर यस्ता पनि आउँछन् जसमा अवैध सामान धेरै नै सहज रुपमा तपाईलाई प्राप्त हुन सक्छ । यदि तपाईले अल्लाहको भय राखेर त्यो सामान लिनु भएन र वैध निर्वाहका साधन बनाएर ल्याउनु भयो भने जति समय तपाईले निर्वाह साधन कमाउन प्रयोग गर्नुभयो त्यो सबै उपासना थियो र त्यो साधन घर ल्याएर जुन तपाई स्वयंले खानुभयो र पत्नी तथा बालबच्चा र अल्लाहले भनेका अन्य हकदारलाई खुवाउनु भयोयी सबैमा तपाई पूण्यको हकदार हुनुभयो ।

तपाईले यदि अल्लाहका भक्तलाई कठिनाई नहोस् भन्ने मनसायले हिड्ने बाटोमा भएको ढुङ्गा वा काँडा हटाइ दिनुभयो भने पनि उपासना हो । तपाईले यदि बिरामीको सेवा गर्नुभयो वा कुनै अन्धालाई बाटो हिड्न सहयोग गर्नुभयो वा कुनै अप्ठ्यारो परेका व्यक्तिलाई सहयोग गर्नुभयो भने पनि उपासना नै हुन्छ । तपाई यदि कुराकानी गर्दा झुठोबाट वा नराम्रो कुरा काट्नबाट वा गाली गर्नबाट वा अरुलाई चित्त दुखाउनबाट बच्नु भयो र अल्लाहको भय राखी सत्य कुरा मात्र गर्नुभयो भने जति समय तपाईले कुराकानीमा बिताउनुभयो त्यो सबै उपासनामा लाग्यो ।

त्यसैले जन्मेर होस संभाल्न सक्ने भएदेखि मृत्यु नभएसम्म तपाई अल्लाहको कानुनमा हिड्नुभयो र उनको आदेश अनुसार जीवन गुजार्नु भयो भने अल्लाहको वास्तविक उपासना भयो । यो उपासनाको लागि कुनै समय निर्धारण गरिएको छैन र यो हरसमयमा हुनुपर्दछ । यो उपासनाको कुनै स्वरुप छैनहरेक काम र हरेक स्वरुपमा उनको उपासना हुनुपर्दछ । जब कि म फलानो समयमा अल्लाहको भक्त हुन्छु र फलानो समय उनको भक्त हुन्न भनेर तपाई भन्न सक्नु हुन्न भने फलानो समय उनको भक्ति र उपासनको लागि हो र फलानो समय उनको भक्ति र उपासनाको लागि होइन भनेर तपाई कसरी भन्न सक्नु हुन्छ ?

अब त तपाईलाई उपासनाको अर्थ पक्कै पनि थाहा भयो होला । त्यसैले जीवनको हरेक समय र हरेक अवस्थामा अल्लाहको भक्ति र उनको आदेशमा चल्नुको नाम नै उपासना हो । अब तपाई सोध्नु होला कि यी नमाजजकातरोजा र हज विनाका के चीजहरु हुन् जसलाई उपासना भनिन्छ ७तिस वास्तवमा यी उपासनाहरु अल्लाहले तपाईमाथि अनिवार्य गरेका छन् । त्यसको उद्देश्य तपाईलाई त्यो ठूलो उपासनाको लागि तयार गर्नु हो जुन तपाईको जीवनमा हरेक समय हरेक अवस्थामा पूरा गर्नु अनिवार्य छ ।

नमाजले तपाईलाई दिनमा पाँच समय याद गराउँछ कि तपाई अल्लाहको भक्त होउनको उपासना तपाईले गर्नुछ । रोजा (ब्रत) ले वर्षमा एकपटक र पूरै एक महिनासम्म तपाईलाई यसै भक्तिको लागि तयार गर्दछ । जकातले तपाईलाई बारम्बार याद गराउँछ कि यो धनसम्पती जुन तपाईले कमाउनु भएको छ त्यो अल्लाहको नै देन हो । यसलाई आफ्नो मनको इच्छामा मात्र खर्च नगर्नुहोस् बरु आफ्नो मालिक (अल्लाह) को हक पूरा गर्नुहोस् । हजले हृदयमा अल्लाहको प्रेम र उनको बडप्पनको यस्तो छाप बसाउँछ कि यदि एकपटक यस्तो छाप बस्यो भने सारा जीवनमा यसको असर हृदयबाट टाढा हुदैन । यी सबै उपासनाहरुको वास्तविक रुपमा पूरा गर्न सक्ने हुनुभयो भने तपाई यस्तो लायकको हुनुभयो कि तपाईको संपूर्ण जीवन अल्लाहको उपासना बन्दछ । यस अवस्थामा तपाईका नमाजजकातरोजा र हज तिनीहरुको वास्तविक अवस्थामा नै रहनेछन् । तरयदि यी उद्देश्यहरु पूरा भएनन् भने रुकु (निहुरिनु) र सज्दा (दण्डवत) गर्नेभोक तिर्खाका साथ दिन बिताउने र हजको रीति पूरा गर्ने र जकातको रकम निकालिदिनुले मात्र केही प्राप्त हुदैन । यी दृष्टान्त तरिकाको उदाहरण यस्तो हो जस्तो एउटा शरीर जसमा प्राण छत्यो हिड्डुल गर्छ र काम गर्दछ भने पक्कै एउटा जीउदो मानिस हो । तर यदि त्यसमा प्राण नै छैन भने ऊ एउटा मरेको लाश हो । मुर्दाको हात खुट्टाआँखानाकमुख सबैथोक हुन्छन् तर त्यसमा प्राण नै हुँदैन । त्यसैले तपाई त्यसलाई जमिनमा गाडिदिनुहुन्छ । यसरी नै यदि नमाजका अंगहरु पूरा गरिए वा रोजका शर्तहरु पूरा गरियो तर अल्लाहको भयउनको माया वा उनको आज्ञाकारिता वा आदेशको पालना भएन भने जसको लागि नमाज र रोजा अनिवार्य गरिएको छ त्यो पनि प्राण विहिन चीज बन्न जान्छ । त्यसैले हाम्रा प्रत्येक अनिवार्य कार्यहरु अल्लाहको भय र प्रेमका साथ हुनुपर्छ । तव ती कार्यहरु असल उपासना बन्न पुग्दछन् । त्यसैगरी अल्लाहको भय राखेरसफलता र असफलतमा अल्लाहको नै हात रहने कुरामा विश्वास गरेर हरेक काम उनकै मार्ग निर्देशन मुनाविक गरे मात्र वास्तविक रुपमा अल्लाहको उपासना तथा भक्ति हुनेछ । त्यसैले अन्त्यमा अल्लाहको असल भक्त र उपासक बन्नमा तपाई हामी सबैलाई अल्लाहले मार्ग निर्देशन प्रदान गरुन् भन्ने दुआ गर्दै बिदा हुन्छु । अल्लाह हाफिज ।


(सहयोगी सामग्रीः खुतबात)

लेखक : इरफान पोखरेल

रोजा र यसको महत्व



इस्लामका पाँच मौलिक स्तम्भहरुमध्ये एउटा स्तम्भ रोजा हो । अनिवार्य इस्लामी कर्तव्य वा उपासनाहरुमध्ये रोजा’ पनि एउटा महत्वपूर्ण उपासना हो । अरबी शब्द सियाम’ को फारसी अनुवाद रोजा’ हो । नेपाली भाषामा यसलाई ब्रत’ भन्न सकिन्छ । सियामको शाब्दिक अर्थ केही कार्यबाट आफूलाई रोक्नु हुन्छ । त यहाँ यसको अर्थ फज्र (बिहान सुर्दोदय अघि)को नमाजको समय शुरु भइपछि सूर्यास्त नभएसम्म नियतका साथ खानपिन र यौन क्रियाकलापबाट आफूलाई रोक्नु हो । कुरआनमा भनिएको छ, “मैले करुणामयी (रहमान) का लागि आफूलाई रोकी र।ख्ने प्रतिज्ञा गरेको छु ।” यहाँ यसको अर्थ अनर्थ कुराबाट आफूलाई रोक्नु हो । अल्लाहको प्रसन्नताको लागि मनोकांक्षालाई रोक्नु वा वशमा पार्नुमनमा अल्लाहको डर लिएर नराम्रा क्रियाकलाप र बोलीवचनबाट आफूलाई रोक्नुहरहमेशा अल्लाहलाई याद गर्नु र बढीभन्दा बढी मात्रामा पुण्यकार्यहरु गर्नु नै रोजाको वास्तविकता हो ।

रोजा पूर्णरुपले अदृश्य उपासना हो । रोजा बाहेकका अरु जति पनि उपासनाहरु छन् ती सबै कुनै न कुनै रुपमा दृश्य कृयाकलापमा आधारित छन् । जस्तै उदाहरणको  लागि नमाजमा व्यीक्त उठ्ने बस्ने कार्य गर्छरुकुअ् र सज्दा गर्दछ जसलाई हरेक व्यक्तिले देख्न सक्दछ । जकात पनि एक व्यक्तिले दिन्छ भने अर्को व्यक्तिले अवश्य त्यसलाई लिन्छ । त्यसै कुनै व्यक्तिलाई त अवश्य थाहा हुन्छ । त्यस्तै हज (तिर्थाटन) एउटा लामो यात्रा हो  जसमा हजारौं लाखौं व्यक्तिहरुको साथ यात्रा हुने गर्दछ । त्यसैले कसैले हज गरे वा नगरेको कुरा धेरैलाई थाहा भइहाल्छ । यसरी यी तीनवटा उपासनाहरुको अवस्था अरु समक्ष प्रकट नभई गुप्त रहन सक्दैन । कसैले यी उपासनाहरुको गरे पनि अरुलाई थाहा हुन्छ र नगरे पनि अरुलाई थाहा हुन्छ । तर  यसको विपरीत रोजा यस्तो उपासना हो जसको बारेमा उपासक (व्यक्ति) र उपास्य (अल्लाह) बाहेक अरु कसैको अगाडि स्पष्ट हुँदैन । कुनै एक व्यक्ति अरुको अगाडि बिहान फज्रको नमाजको अजानभन्दा अगाडि खाइने खाना अर्थात सेहरी’ खाएपछि सूर्यास्तपछि रोजा समाप्त गर्ने खाना अर्थात इफ्तारसम्म देख्ने गरी केही खानपिन गर्दैन तर लुकेर वा अरुले नदेख्ने गरी खानपिन गर्दछ भने उक्त कुरा अल्लाह बाहेक कसैलाई थाहा हुँदैन र अरुले यस्तो भएको कुराको शंका पनि गदैनन् । सबै मानिसहरुले ऊ रोजामा रहेको ठान्दछन् तर वास्तवमा ऊ रोजामा हुदैन ।


जो व्यक्ति अल्लाह परोक्षको कुरा जान्नेवाला हुन् भन्ने कुरामा दृढ विश्वास राख्दछ ऊ वास्तवमा नै रोजा राख्दछ । यस्तो व्यक्ति तिर्खाले व्याकुल भए पनि वा जतिसुकै गर्मी भए पनि एक थोपा पानी पनि घाँटीबाट तल झर्न दिदैन । त्यस्तै असाध्यै भोक लागेर आँखा गढ्न थाले  पनि ऊ कुनै खाना खाने इच्छा समेत गर्दैन । जतिसुकै भोक र प्यासबाट कष्ट उठाउनु परे पनि उसको हृदयमा रहेको अल्लाहको डरको कारणले गर्दा ऊ कुनै यस्तो काम गर्न तयार हुदैन जसबाट रोजा तोडिन्छ ।

रोजा अलह तआलाद्वारा लिइने एउटा कठिनभन्दा कठिन परीक्षा हो । एक महिनासम्म हुने कठिनभन्दा  कठिन परीक्षा हो । एक महिनासम्म हुने यो निरन्तर परीक्षामा मानिस जति बढी खरो भएर उत्रिन्छ उति बढी उसको ईमान (आस्था) मजबुत हुँदै जान्छ । दैनिक १२/१४ घण्टा भोकप्यास सहेरहराम हलाललाई पूर्ण रुपले पहिचान गरी मनोकांक्षा र क्रियाकलापलाई पूर्ण नियन्त्रणमा र।ख्ने एक महिने ट्रेनिङ्ग हो रोजा । यस एक महिनाको रोजाले वर्षका बाँकी एघार महिनामा पनि अल्लाहको डर मनमा लिएर अल्लाहलाई मन नपर्ने कार्य गर्न र सोच्नबाट मानिसलाई टाढा राख्नमा मद्दत गर्दछ । रोजाले अल्लाहका आदेश अनुसार जीवन व्यतित गर्नेकुरआन अनुसार हिड्नेत्यसमा अल्लाहले दिएको आदेश मान्नेगर्न भनेको काम गर्ने र रोकिएको कामको नजिक पनि नजाने प्रशिक्षण तथा तालिम दिइन्छ ।

रोजा राख्नुको अर्थ भोक तिर्खा सहनु र अन्य समयमा सामान्य रुपले गनिे केही कार्यबाट अलग रहनु मात्र होइन । रोजा भित्र आँखाजिब्रोकानशरीरको अन्य अंगहरुको  रोजा पनि पर्दछन् । जुन चिज तर्फ दृष्टि पारेको अल्लाहलाई मन पर्दैन त्यसतर्फ नहेर्नु वा दृष्टिलाई तल पार्नु आँखाको रोजा हो । त्यसैले जुन चीजहरु हेर्न मन तड्पिन्छ र त्यसले अल्लाहको यादबाट भड्काउँछ भने त्यस्तो चीजप्रति दृष्टि नै पार्नु हुँदैन । त्यस्तै मुखबाट अनावश्यक कुरा ननिकाल्नुझुठो नबोल्नुगीबत (अरुको विषयमा खराब चर्चा) नगर्नुकुरा नलगाउनुलज्जास्पद कुरा नगर्नुअत्याचार र ज्यादति नगर्नुझगडा नगर्नुवचन र प्रतिज्ञा नतोड्नु  र कसैको कुरा नकाटनु मुख रोजा हो । अरुको विषयमा नराम्रो कुरा भन्दै हिड्नु वा गीबत गर्नु आफ्नो मुर्दा अथवा मरेको भाइको मासु खानु सरह हो । यदि रोजाको समय र अन्य समयमा समेत बोलीको प्रयोग यस्तो रहन सके मानिस मानिस बीच कुनै प्रकारको वैमनश्यता र शत्रुताको भाव उठ्ने छैन र द्वन्द्व तथा झगडाको अवस्था सिर्जना हुने छैन ।

त्यस्तै नराम्रो कुरा नसुन्नु वा त्यसप्रति ध्यान नदिनु कानको रोजा हो । जसरी नरामो कुरा बोल्नु हराम हो त्यसरी नै नराम्रो कुरा सुन्नु पनि हराम नै बराबर पापका भागिदार छन् । त्यसैले हामीले आफ्नो कानलाई पनि त्यस्तो कुराबाट बचाउनु पर्दछ । यसले एक अर्को प्रति हुन सक्ने अनावश्यक नकारात्मक सोच पैदा हुन पाउँदैन । यो एउटा असल मानतावादी गुण हो । त्यसरी नै हाम्रा हातखुट्टा लगायतका अंगहरुलाई पनि खराब वा हराम कार्य गर्नबाट रोक्नु पर्दछ । हाम्रा हातहरुलाई हराम खान र खुट्टाहरुलाई हराम कामको लागि अघि नबढाउनु नै हात र खुट्टाको रोजा हो । हराम खान हात बढाउनु वा हराम कार्य गर्न पाइला अघि बढाउनु अल्लाहको बेकदर गर्नु वा उनको आदेशको उल्लङ्घन गर्नु हो ।

यो उपासना शुरुदेखि नै सबै सन्देष्टाहरुको धर्मग्रन्थहरुमा अनिवार्य गरिएको थियो । विगतमा जति पनि समुदायहरु थिए ती सबैले रोजा राख्दथे । तर रोजाको आदेशरोजाको संख्या(दिन) र रोजा राख्ने तरिका तथा समय भने धर्मग्रन्थ अनुसार फरक फरक रहेको थियो । सन्देष्टा मुहम्मद (स.)को समयभन्दा पहिलेखि नै रोजालाई अनिवार्य गरिएको कुरा प्रष्ट पार्दै अल्लाहले कुरआनमा भनेका छन्, “हे आस्थावानहरु हो । तिमीहरुमाथि रोजा अनिवार्य गरिएको छ जसरी तिमीहरुभन्दा पहिलेका समुदायहरुमाथि अनिवार्य गरिएको थियोआशा छ कि तिमीहरु भित्र इशभय उत्पन्न हुनेछ ।” (सुरह बकरहः आयत १८३)

मानिसको जीवनमा रोजाको ठूलो महत्व रहेको छ । रोजाले मानिसलाई त्यस्ता कार्यबाट रोक्नको लागि सक्षम पार्दछ जुन नैतिकव्यवहारिक दृष्टिबाट खराब तथा हराम (अवैध) छन् । रोजा राख्नुको अर्थ आत्मालाई संयमित राखी निश्चित अवधीसम्म खानजिन बन्द गर्नुयौन आकांक्षालाई दबाएर राख्नु पनि हो । त्यति मात्र होइन नराम्रा वा  अपवित्र किसिमको सोचाई पनि मनमा नल्याउनु र आफूलाई हर हमेसा असल कार्यमा लगाउनु हो । रोजाको अवस्थामा मानिस हरेक खराब र अरुलाई हानी हुने कार्यबाट बच्दछ भने उसको मनमा अमन शान्ति फैलिने भावना उत्पन्न हुन्छ र त्यस्तै कार्यमा आफूलाई मात्र पापबाट बचाउने प्रयास गर्ने होइन कि यदि ऊ जस्तै अरु रोजेदारमा कुनै कमीकमजोरी देखियो भने त्यसलाई हटाउन पनि ऊ सहयोगी बन्दछ र अरु रो.जेदारहरुले पनि उसका कमीकमजोरी हटाउन मद्दत गर्दछन । हरेक व्यक्तिलाई रोजा राखेको अवस्थामा पाप गर्न वा अरुलाई हानि नोक्सानी हुने कार्य गर्न लाज लाग्दछ र उसको हृदयमा केही भलाई गरौं भन्ने इच्छा जागेर आउँछ । कुनै गरीबलाई खाना खुवाऔंकुुनै कपडा विहिनलाई कपडा पहिराई दिऔंकुनै दुखिलाई मद्दत गरौंकुनै स्थानमा यदि कुनै पुण्यकार्य हुदैछ भने त्यसमा आफू पनि सहभागी बनौंकही कतै देखादेखि कुनै नराम्रो काम भइरहेका छ भने त्यसलाई रोकौं भन्ने भावना रोजेदारको मनमा जागेर आउँछ । रोजाको शुरुका दिनमा हुन सक्ने भोक र प्यासको व्याकुलताबाट खान नपाउने गरीबहरुको कष्टको अनुभुति रोजेदारमा हुन्छ र ऊ गरीकहरुलाई मद्दत गर्ने हात अगाडि बढाउन थाल्दछ । यसले गर्दा भलाई र ईशभयको एउटा वातावरण खडा हुन्छ र सारा जगत भलाई नै भलाईले हराभरा भएको देखिन थाल्छ । यसरी रोजा प्रत्येक व्यक्तिलाई पाप र खराब कार्यबाट बचाउने एउटा सुरक्षा कवज भएको कुरा पष्ट हुन्छ ।

रोजाले मानिसमा अल्लाहको डर र आशा जगाउँछ । हरेक कार्य गर्दा मानिसले अल्लाहले प्रकोपको भागिदार हुने डर मनमा लिनु पर्दछ । यसले उसलाई खराब कार्यबाट रोक्दछ । त्यस्तै अल्लाहबाट असल प्रतिदान प्राप्त हुने आशामा हरेक राम्रा कार्यहरु गर्न मानिसले आफ्ना हात र खुट्टा अघि बढाउनु पर्दछ ।


अल्लाह हरेक समयस्थानअँध्यारोउज्यालोथकानमा तथा हरेक राम्रानराम्रा काममा उनको दृष्टि हुने अनुभुति र विश्वस रोजाले जगाँउछ । मानिस भित्र मानवताको यस्तो खुबी उत्पन्न हुन्छ जुन प्रहरी र अदालतको डरसजाँय र जरिवानाको डर विना नै खराबीअत्याचार र भ्रष्टाचारबाट ऊ आफैं स्वेच्छाले बच्छ । त्यस्तै मानव प्रति प्रेमउसप्रति नम्रतामाफीमद्दतसहयोग र भातृत्व जस्ता रामा व्यवहारको तालिम जुन इस्लामले दिएको छ त्यसलाई वास्तविक व्यवहारमा उतार्नका लागि रमजान अर्थात अनिवार्य रोजाको महिनामा बढी जोड दिइएको छ । रोजाको महिनामा यी असल कार्यहरुको बदला तथा पुण्य अरु सामान्य दिनमा गरेकोभन्दा सत्तरी गुणा बढी प्राप्त हुन्छ । त्यसैले रोजाको  महिनामा यस्ता असल कार्य बढीभन्दाबढी गरेर अल्लाहको खुशी प्राप्त गर्ने प्रयास प्रत्येक रोजेदारले गर्दछ । यसले गर्दा मानिस कोसिस गर्दछ । रोजाको माध्यमबाट मानिसलाई व्यक्तिगत र सामाजिक खराबीबाट बच्ने शिक्षा दिइन्छ । बाध्यताबश एक रोजा छोडेमा त्यसको बदलामा एकदिन रोजा राख्न असमर्थ भएमा एकजना गरिबलाई खाना खुवाउन तथा बाध्यता विना रोजा छोडेमा त्यसको बदलामा साठी रोजा राख्न सो नसकेमा साठी जना गरिबलाई खाना खुवाउने आदेश धर्मशास्त्रले दिएको छ । एक महिनाको रोजा राखेपछि आभार प्रकट गर्न एवं खुशीयालीमा ईदको नमाज पढिन्छ । इस्लामको तालिम अनुसार ईदको नमाज भन्दा पहिले घरका पत्येक व्यक्ति बालबालिकामहिलापुरुष सबैको तर्फबाट एक निश्चित रकम वा सामान गरिब एवं असहायलाई दिनु पर्दछ । यो बिना उसको रोजा अल्लाह समक्ष स्वीकार्य हुँदैन । यसको उद्देश्य एकातिर ईदको खुशीयाली र अर्कोतिर गरिबहरुलाई खानपिनबाट विमुख भएको अवस्था हुन नदिनु हो । यसरी रोजाले मानिसमा अनेकौं मानवतावादी भावना र व्यवहारको विकास गर्दछ र सारा मानव समाजमा सुखशान्ति र भातृत्वले बास पाउँछ । एउटा हदीस अनुसार हजरत अबु हुरैरा (रजि) को भनाई छ कि रसुलुल्लाह (स.) ले भन्नुभयो, “अल्लाह तआला भन्दछन्प्रत्येक कार्य आदमका छोरा (मनुष्य) हरुका लागि नै हुन् तर रोजा सुरक्षा कवज हो । यदि कोही रोजामा छ भने त्यस दिन उसले गालीका शब्द प्रयोग नगरोस् र आवाज ठूलो नपारोस् र  तैपनि यदि कोही गाली गर्दछ वा झगडा गर्न आउँछ भने उसले भनोस् कि म रोजामा छु ।” त्यस अस्तित्वको कसम  जसको हातमा मुहम्मदको ज्यान छ । निश्चय नै रोजेदारको मुखको गन्ध अल्लाहको लागि प्रलयको दिनको मुस्क (कस्तुरी) को सुगन्धभन्दा बढी नै मनपर्दो छ । रोजेदारको लागि दुई खुसीहरु छन् जसबाट ऊ खुशी हुन्छ । पहिलो त इफ्तार (रोजा समाप्त गर्न कार्य)बाट उसले खुशी प्राप्त गर्दछ भने दोस्रो आफ्नो रोजाको कारणले जब ऊ आफ्नो पालनहारलाई भेट्छ त्यसमा ऊ खुशी हुन्छ ।” (मुस्लिमः कितावुस्सियाम) त्यस्तै अर्को हदीस अनुसारः हजरत सहल विन साद (रजिं)को भनाई छरसुलुल्लाह (स.)ले भन्नुभयो , “जन्नतमा एउटा ढोका छ जसको नाम रय्यान हो । कियामत (बदला दिइनें मा दिन भनिनेछ कि रोजेदारहरु कहाँ छन् ? रोजेदारहरुमध्ये जो पनि त्यो ढोकाबाट भित्र छिर्छत्यो कहिल्यै पनि तिर्खालु रहदैन ।” (इब्नेमाजाः किताबुस्सियाम)

लेखक : इरफान पोखरेल

कुरआनमा भ्रुण बिज्ञान



कुरआन मानव जीवन प्रणालीको इश्वरीय संविधान हो । मानवका एकमात्र सृष्टिकर्ता अल्लाह तआलाले मानवको सृष्टि मात्र गरेनन् हर तरहवाट उसलाई भरिपूर्ण पनि गरे । यस धर्तिआकाश र यी दुई बीचमा जे जति भौतिक तथा अभौतिक वस्तुहरु छन् ती सबै मानवका लागि अल्लाहका कृपा हुन् । उनले मानवको लागि भौतिकवस्तुको सृष्टि मात्र गरेनन् त्यसलाई कसरी प्रयोग गर्ने भन्ने कुरा पनि सिकाएका छन् । मानवीय जीवन प्रणाली आर्थिकसामाजिकराजनैतिकआध्यात्मिकप्रशासनिक कार्य कसरी संचालन गर्ने भन्ने कुरा समेत पवित्र कुरआनको माध्यमबाट उनले शिक्षा दिए । अल्लाहको कृपा स्वरुप रहेको कुरआन त्यस्तो ग्रन्थ हो जसमा कुनै पनि विषयको शिक्षाआदेश र निर्देश छुटेको छैन । आधुनिक विज्ञानले ३/४ सय वर्ष अघिदेखि मात्र अध्ययन अनुसन्धानबाट पत्ता लगाउन सकेको कुराहरु १४०० वर्ष अघिको कुरआन र नबी (स.) का शिक्षामा मौजुद रहेका छन् । त्यसमध्ये कुरआनले दिएका विज्ञान सम्बन्धि धेरै कुराप्रति हालसम्म मानव मस्तिष्क पुग्न सकेको छैन र सायद पुग्ने पनि छैन । कुरआनमा आधुनिक विज्ञान बारेमा यहाँ एउटा तथ्य प्रस्तुत गर्न खोजिएको छ ।

यमनको प्रसिद्ध विद्वान शेख अब्दुल मजीद अलजन्दानीको नेतृत्वमा मुसलमान विद्वानहरुको एउटा समूहले भ्रुणविज्ञान र अन्य वैज्ञानिक विषयहरुको बारेमा कुरआन र हदीस जस्ता पवित्र ग्रन्थहरुबाट जानकारीहरु एकिकृत गरे । यसपछि उनीहरुले पवित्र कुरआनको निम्न सल्लाहको आधारमा आफ्नो काम अघि बढाए । र तिमीभन्दा पहिले केवल पुरुषहरुलाई हामीले रसूलको रुपमा पठायौं जसमाथि हामीले प्रकाशना गर्ने गथ्र्यौं । अनि तिमीहरुलाई थाहा छैन भने ग्रन्थवाहकहरुलाई सोध ।” (कुरआन १६:४३)

जब पवित्र कुरआन र प्रमाणिक हदीसबाट भ्रुण विज्ञानको बारेमा प्राप्त गरेको जानकारी एकत्रित गरी अंग्रेजीमा अनुवाद गरियोतब त्यसलाई टोरोन्टो विश्वविद्यालय क्यानडाका शरीर रचना विज्ञान विभाग प्रमुख तथा भ्रुण विज्ञानका प्राध्यापक डा. कैथमुर समक्षपेश गरियो । उक्त शोधपत्र प्रति आफ्नो प्रतिक्रिया दिन डा. कैथमुरलाई आग्रह गरियो । डा. कैथमुरले शोध पत्रको गम्भिर अध्ययनपछि प्रतिक्रिया दिंदै भने, ‘भ्रुणका सम्बन्धमा कुरआनका श्लोकहरु र हदीस ग्रन्थमा वयान गरिएका करिब संपूर्ण जानकारी ठीक आधुनिक विज्ञानको खोजको अनुकुल छन् । ती तथ्यहरु आधुनिक प्रजनन् विज्ञानसँग पूर्णरुपमा मिल्दा जुल्दा छन् र कुनै हालतमा ती तथ्यसंग आधुनिक प्रजनन विज्ञान असहमत छैन । तथापी केही श्लोकहरु यस्ता पनि छन् जसको वैज्ञानिक विश्वासनीयताको बारेमा म केही भन्दिन । म यो भन्न सक्दिन कि ती श्लोकहरु विज्ञानको अनुकुलतामा सही वा गलत के छन् किनकी म स्वयंलाई त्यसमा दिइएको जानकारीको सन्दर्भमा कुनै ज्ञान छैन । त्यसबारेमा प्रजननको आधुनिक अध्ययन र शोध पत्रमा पनि कुनै कुरा उपलब्ध छैन । त्यस्ता श्लोक मध्ये एउटा श्लोक यस प्रकारको छ ।

इक्र बिस्मिरब्बिकल्लजी खलक् । खलकल् इन्सान मिन् अलक ।” (हे मुहम्मद !) पढआफ्ना पालनकर्ताको नाम लिएर जसले सिर्जना गरेसिर्जना गरे मनुष्यलाई रगतको डल्लोबाट ।

यहाँ अरबी शब्द अलक’ को प्रयोग भएको छजसको एउटा अर्थ त रगतको डल्लो भन्ने हुन्छ भने अर्को अर्थ जुका जस्तो यस्तो वस्तुलाई जनाउँछ जुन टाँसिएर बस्छ । प्रारम्भमा गर्भमा भ्रुणको अवस्था जुकाको जस्तो हुन्छ वा हुदैन भन्ने कुराको ज्ञान डा. कैथमुरलाई थिएन । यो थाहा पाउन उनले धेरै शक्तिशाली र संवदेनशील यन्त्रको सहायताबाट भु्रणको प्रारम्भिक स्वरुपको अर्को एउटा गम्भिर अध्ययन गरे । त्यसपछि ती चित्रहरुको तुलना जुकाको चित्रांकनसँग गरे । ती दुवैको बीच असाधारण समानता देखेर उनी आश्चर्य चकित हुन पुगे । यसरी नै उनले भु्रण विज्ञानका बारेमा अन्य जानकारी पनि प्राप्त गरे जुन पवित्र कुरआनबाट लिइएको थियो र यस भन्दा अघि उनी यससँग परिचित थिएनन् ।

भ्रुणका बारेमा  जुन प्रश्नहरुको उत्तर डा.कैथमूरले कुरआन र हदीसबाट प्राप्त सामग्रीका आधारमा दिएका थिए त्यसको संख्या ८० थियो । कुरआनतथा हदीसमा प्रजननको प्रकतिसँग संबन्धित उपलब्ध ज्ञान केवल आधुनिक ज्ञानसँग सहमत मात्र नभएर यदि डा. कैथमूर आजभन्दा तीसवर्ष पहिले मसँग यिनै संपूर्ण प्रश्न गर्ने थिए भने त वैज्ञानिक जानकारीको अभावले गर्दा म यसका आधा प्रश्नहरुको पनि जवाफ दिन सक्ने थिइन् ।

सन् १९८१ मा साउदी अरबको दम्माममा आयोजना गरिएको सातौं चिकित्सा सम्मेलनमा डा. मूरले भने, “मेरो लागि धेरै नै प्रसन्नताको अवस्था हो कि मैले पवित्र कुरआनमा उपलब्ध गर्भावधिमा मानवको विकासँग सम्बन्धित सामग्रीको व्याख्या गर्नमा सहायता पुर्यायो । अब मलाई सो स्पष्ट भयो कि यो सबै विज्ञान मुहम्मद (स.) सम्म अल्लाहले नै पुर्याएका हुन् किनकी करिव करिव यो संपूर्ण ज्ञान पवित्र कुरआन अवतरणको केही शताब्दी पछि मात्र खोजिएको थियो । यसबाट पनि प्रमाणित हुन्छ कि मुहम्मद (स.) निश्चय नै अल्लाहका सन्देष्टा थिए ।

यो घटनाभन्दा पहिले डा.कैथमूरले विकाशील मानव नामक पुस्तक लेखिसकेका थिए । पवित्र कुरआनबाट नयाँ ज्ञान प्राप्त गरिसकेपछि उनले सन् १९८२ मा उक्त पुस्तकको तेस्रो संस्करण तयार पारे । उक्त पुस्तक खुवै प्रसिद्ध भयो र त्यसलाई चिकित्सा संवन्धि सर्व७नतसेष्ठ पुस्तकको सम्मान प्राप्त भयो । उक्त पुस्तकलाई हाल विश्वका कैयन भाषाहरुमा अनुवाद गरिएको छ । उक्त पुस्तक चिकित्सा विज्ञानको पाठ्यक्रममा अनिवार्य विषयको रुपमा राखिएको छ । चिकित्सा शास्त्रको प्रथमवर्षमा विद्यार्थीले अनिवार्य रुपमा यो विषय पढ्नै पर्दछ ।


अमेरीकाको ह्यूस्टन स्थित बेलर कलेज अफ मेडिसिनमा गर्भ एवं प्रसव विभागका अध्यक्ष डा. जाहम्पसनको भनाइ अनुसार मुहम्मद (स.) को हदीसमा भनिएका यी कुराहरु सातौं शताब्दीमा कुनै पनि वैज्ञानिक ज्ञानको आधारमा पेश गर्न सकिदैनथ्यो । यसबाट के ज्ञान हुन्छ भने अनुवांशिक  र इस्लाममा कुनै भिन्नता नभएको मात्र होइन कि इस्लाम धर्म यसरी विज्ञानको नेतृत्व गर्न सक्दछ कि परम्परागत वैज्ञानिक दुरदर्शितामा कुनै इलमी रहस्यहरुलाई पनि सामेल गर्दछ । पवित्र कुरआनमा यस्तो व्याख्या रहेको छ जसको पुष्टि कैयन शताब्दीपछि भयो यसबाट हाम्रो त्यस विश्वासलाई शक्ति प्राप्त हुन्छ कि पवित्र कुरआनमा उपलब्ध ज्ञान वास्तवमा अल्लाहको तर्फबाट नै आएको हो ।

लेखक : इरफान पोखरेल

संदेष्टा मुहम्मद (उनीमाथि अल्लाहको शान्ति होस्) को ईशदुतत्व



एक पटक रमजानको महिना थियो, उहाँ हिरा गुफामा अल्लाहको भक्तिमा लागिरहनु भएको थियो । उहाँलाई एउटा अनुहार देखापर्यो । उसले भन्यो, “म अल्लाहले पठाएको फरिश्ता अर्थात दुत हुँ । उहाँलाई दुतले भन्यो, ‘पढ । उहाँले भन्नुभयो कि मलाई पढ्न आउदैन । तेस्रो पटक अल्लाहका दुतले भने कि इक्रअ् बिस्मिरब्बिकल्लजी खलक् । खलकल्इन्सान मिन्अलक् । इक्रअ् व रब्बुकल् अक्रमुल्लजी अल्लम बिल्कल्मी अल्लमल् इन्सान मा लम् यअ्लम् । अर्थात पढ आफ्नो पालनकर्ताको नाम लिएर जसले सिर्जना गरे । सिर्जना गरे मनुष्यलाई रगतको डल्लाबाट । पढ तिम्रो पालनकर्ता अती उदार छन् जसले कलमद्वारा शिक्षा प्रदान गरे । मनुष्यलाई त्यो कुरा सिकाए जुन कुराको ज्ञान उसलाई थिएन । यो सबभन्दा पहिलो प्रकाशना थियो । यस घटनापछि उहाँ तुरुन्त घरमा आउनुभयो । त्यस समय उहाँको मुटु कापिरहेको थियो । उहाँले हजरत खदिजासँग भन्नुभयो मलाई कम्वल ओडाइदेऊ । उहाँ (स.) लाई कम्वल ओडाइयो । जब उहाँलाई केहि शान्ति भयो तब उहाँले आफ्नी पत्नी खदिजालाई संपूर्ण कुरा बताउनुभयो र भन्नुभयो, “मलाई मेरो ज्यानको खतरा छ । हजरत खदिजाले भनिन् हुदैन, कहिल्यै हुदैन, अल्लाह, तपाइलाई निरास बनाउदैनन्, तपाई संवन्धित सबैको हक पूरा गर्नुहुन्छ, मानिसहरुको भार तपाई स्वयं उठाउनु हुन्छ, जोगी र अनाथहरुलाई तपाई सहयोग गर्नुहुन्छ, यात्रुहरुलाई पाहुना सरह तपाई सत्कार गर्नुहुन्छ, न्यायको लागि तपाई सहयोग गर्नुहुन्छ, यात्रुहरुलाई पाहुना सरह तपाई सत्कार गर्नुहुन्छ, न्यायको लागि तपाई मानिसहरुको कठिनाइमा काममा आउनु हुन्छ । यसपछि हजरत खदिजाले उहाँलाई बरका बिन नौफल नाम गरेको एउटा बुढो ईसाईकहाँ लिएर गइन् जसले संपूर्ण कुरा सुनेर भन्यो, “यी तिनै फरिश्ता अर्थात अल्लाहले पठाएको दुत हुन्, जो हजरत मुसा समक्ष आएका थिए र मलाई विश्वास छ कि तपाईलाई अल्लाहले आफ्नो सन्देष्टा बनाएका हुन् । काशः म त्यस समयसम्म जीवित रहन सके जुनबेला तपाईका जातिहरु तपाईको विरोधी बन्ने छन् ।

यी सारा घटना हुँदा हजरत मुहम्मद (स.) ४० वर्षको हुनुहुन्थ्यो । यसपछि उहाँ निरन्तर हिरा नामक गुफामा गइरहनुभयो । तर पहिलो प्रकाशना भएको ६ महिनासम्म अल्लाहको तर्फबाट कुनै प्रकाशना भएन । यसपछि दोस्रो वाह्य (प्रकाशन) प्राप्त भयो जसमा अल्लाहको सन्देश फरिश्ता जिब्रइलले भने या अय्यूहल् मुद्दस्सिरु  कुम् फअन्जीर् व रब्बक फकब्बिर व सियाबक फतह्हिर् वर्रुज्ज फह्जुर । व ला तम्नुन् तस्तक्सिर वली रब्बिक फस्बिर ।” अर्थातहे कम्बल अर्थात कपडा बेरेर सुतेको मान्छेउठ र सावधान होऊ । र आफ्नो पालनकर्ताको महानता वर्णन गर र आफ्ना कपडाहरु पवित्र पार र आफ्नो अपित्रतालाई त्याग र अधिक प्राप्त गर्ने नियतले कसैको उपकार नगर र आफ्नो पालनकर्ताको संवन्धमा धैर्य धारण गर ।” यसरी हजरत मुहम्मद (सल्ल.) लाई इशदुतत्व प्राप्त भयो । त्यसपछिका दिनहरुमा समयअवस्था र आवश्यकताहरु अनुसार अल्लाहबाट फरिश्ता जिब्रइलको माध्यमबाट सन्देशहरुको प्रकाशना हुँदै रह्यो । उहाँ प्राकृतिक जीवन व्यवस्था अर्थात इस्लामका सन्देश फैलाउने काममा लाग्नुभयो ।

यसरी ४० वर्षसम्म अज्ञानताअनैतिकतादुराचारदुव्र्यवहार र एकेश्वरवादको अवज्ञाको वातावरणमा रहनु भएका हजरत मुहम्मद (स.) मा एउटा महान परिवर्तन आयो । उहाँले प्रकाशनाको शुरुको तीन वर्षसम्म आफ्नो परिवारआफन्तजन र साथीभाईहरुलाई अल्लाहको शन्देश सुनाउनुभयो र एक अल्लाहको भक्ति गर्न आह्वान गर्नुभयो । त्यसपछिका वर्षहरुमा उहाँले खुलेर अल्लाहको सन्देश फैलाउनुभयो । उहाँले मानिसहरुलाई भन्नुभयो, “यी सृष्टि गरिएका र मानिसका हातद्वारा निर्मित वस्तुहरु जसको अगाडि तपाईहरु शिर निहुराउनु हुन्छ ती सबै तथ्यहिन वस्तुहरु हुन् । यस्ता वस्तुहरुलाई उपास्य बनाउन छा्ड्नुहोस् । तपाइहरुले शिर निहुराउन योग्य कुनै मानिस वा आत्मा वा सृजित वस्तुहरु होइनन् । अतः यस्ता वस्तुहरुको उपासना नगर्नुहोस्यिनको आज्ञापालन नगर्नुहोस् । यो भूमियो आकाशयो चन्द्रमायी नक्षत्रहरु सबै एउटै सृष्टिकर्ताले बनाएका हुन् । तपाई र यी आकाशधर्ती र यी दुवै बीचका बस्तु बनाउने उनै एउटा अल्लाह हुन् । तपाईहरुको पालनपोषण गर्नेप्राण दिने वा लिने पनि उनै अल्लाह हुन् । तसर्थ अरु सबैको भक्ति गर्न छोडेर उनै एक्ला परमात्माको उपासना गर्नुहोस् । उनैको मात्र आदेश मान्नुहोस् र उनी वाहेक अरु कसैको अगाडि शिर ननिहुराउनुहोस् ।” उहाँले अगाडि भन्नुभयो, “जुन चोरीलुटमारहत्यारक्तपातअन्याय र अत्याचार जस्ता कुकर्म तपाईहरु गर्नुहुन्छ ती सबै पाप हुन् । त्यस्ता कार्यहरु अल्लाहलाई मन नपर्ने भएकाले ती कार्य त्याग्नुहोस्न्याय गर्नुहोस्कसैको ज्यान नलिनुहोस्अन्यायपूर्ण ढङ्गले कसैको सम्पति नलुट्नुहोस् । जे जति लिने वा दिने गर्नुहुन्छ आफ्नो हक अनुरुप लिने वा दिने गर्नुहोस् । तपाइहरु सबै अल्लाहको उत्तम सृष्टि अर्थात मानव हुनुहुन्छ । सबै मानिस समान छन् । कुनै पनि मानिस निच वा नछुत हुदैन । कुनै मानिसले जन्मदैमा कुनै सम्मानको पदक पाएको हुदैन । अल्लाहको नजिक कुनै व्यक्तिको जन्मको वंश वा जातको आधारमा उच्च वा ७नतसेष्ठ हुदैन वरु सम्मान र ७नतसेष्ठता उनै अल्लाहको उपासनासदाचार र पवित्रतामा हुन्छ । जो मनमा अल्लाहको भय राखेर आफ्ना कार्यहरु गर्दछ उहि उत्तम ७नतसेणीको मानिस हो । मरेपछि हामी सबै एक दिन अवश्य नै एकै अल्लाह समक्ष हाजिर हुनुपर्नेछ । हामीमध्ये प्रत्येकले आपूmले गरेको कर्मको निम्ति अल्लाह सामु उत्तरदायी हुनु पर्नेछ । अल्लाह सर्वज्ञ र तत्वदर्शी छन् । उनीबाट कसैले कुनै पनि कसुर लुकाउन सक्दैन । तपाईहरुको जीवनको कर्मपत्र अल्लाहसामू जस्ताको तस्तै पेश गरिनेछ । अनि सोहि कर्मपत्र अनुसार मृत्यु पर्यन्तको जीवनमा परिणाम भोग्नु पर्नेछ । उनी सच्चा र न्यायी छन् । तसर्थ उनी सामू कुनै किसिमको सिफारिस वा नजराना चल्ने छैन । त्यहाँ कसैको घरघराना वा खानदानको बारेमा प्रश्न सोधिने छैन । त्यहाँ कुनै कुराको खोजी हुनेछ भने आस्था र सत्कर्मको हुनेछ जो संग आस्था र सत्कर्मको सामग्री हुन्छ उसले स्वर्ग प्राप्त गर्नेछ र यस्तो सामग्री विनाका व्यक्तिलाई नर्कको दन्कदो आगोमा होमिनेछ ।

यसरी अल्लाहले प्रदान गरेको प्रकाशनाको माध्यमबाट हजरत मुहम्मद (स.) ले आफ्नो जातिवंश र समुदायका मानिसहरुलाई सचेत गर्दै अन्धकारबाट बाहिर ल्याउने प्रयास गर्नुभयो ।

हजरत मुहम्मद (स.) लाई अल्लाहबाट प्रकाशना हुँदै गयो र उहाँले अल्लाह तआलाको उक्त शन्देशलाई जनसमक्ष फैलाउदै जानुभयो किनकी अल्लाहको यो शिक्षा कुनै एक व्यक्तिको लागि मात्र नभएर संसारका सारा मानिसका लागि हो । यसमा मानिसले आफ्नो साांसारिक र पारलौकिक जीवनलाई कसरी सुखमय बनाउन सक्दछ भन्ने शिक्षा दिइएको छ । अन्तिम सन्देष्टा हजरत मुहम्मद (स.) ले २३ वर्षको लामो अवधीसम्म इस्लामी शिक्षा अर्थात मानव जीवन प्रणालीको शिक्षा फैलाउदै रहनुभयो । यस क्रममा उहाँले अनेकौं दुःखकष्टपिडामानसिक तथा शारीरिक यातना सहनु भयो । उहाँको आफ्नै जातिका मानिसहरु नै उहाँका शत्रु बन्न पुगे । तिनीहरु उहाँलाई नानाथरीका गालीबेइज्जती गर्नेरगताम्मे हुने गरी ढुङ्गाले हिर्काउने गर्दथे । उहाँका विरोधीहरुले एकदिन दुइदिन होइन १३ वर्ष सम्म लगातार उहाँ माथि घोर अत्याचार र दमन गरे । उनीहरुको अत्याचार यतिसम्म भयो कि अत्याचार सहन नसकेर आफ्नो मातृभूमी मक्कालाई नै छोडेर मदीनामा पलायन हुनुप¥यो र उहाँ जहाँ जहाँ जानुहुन्थ्यो त्यहाँ त्यहाँ उहाँलाई सताउने र अरबीहरुलाई उहाँका विरुद्धमा उक्साउने कार्य गर्दथे । जतिसुकै कष्ट पिडा उठाएर भए पनि मुहम्मद (स.) ले अल्लाहको सन्देश मानिससम्म पुर्याउने र मानिसलाई सहि मार्ग देखाउने कार्य छोड्नु भएन ।

पाठकवृन्दएकछिन् सोच्नु होस् त । मुहम्मद (स.) का जातिका मानिसहरु उहाँको शत्रु किन भए होलान् ७तिस के उहाँसंग उनीहरुले धन र जग्गा जमिनको झगडा थियो । कि कोहि उहाँको रगतको भोको थियो७तिस के उनीहरु उहाँसंग कुनै चीज माग्थे । होइन शत्रुताको कारण अर्कै थियो । उनीहरुको प्रश्न थियो, “यो मान्छेले एउटै इश्वरको मात्र उपासना गर्नेसँयम हुने एवं शुभकार्य मात्र गर्ने शिक्षा किन दिन्छ । सृष्टिपूजाबहुदेववाद र दुष्कर्मका विरुद्धमा किन मान्छेलाई भड्काउँछ ७तिस सरदारहरुको सरदारीमा चलेको पाखण्ड कि तोड्न चाहन्छन । मानिस मानिसका बीचमा भएको ठूलो सानोको भेद किन मेटाउन चाहन्छ ७तिस वंश वा जातिय भेदभावलाई किन अज्ञानताको परिणाम भन्छ । प्राचिनकालदेखि समाजमा जुन व्यवस्था चलि आएको छ त्यसलाई किन छोड्न चाहन्छ । नबी (स.) का जातिका मानिसहरुको भनाई अनुसार यी सबै पुर्खौ देखि चलिआएका रीतिरिवाज र जातीय संस्कार हुन् र यसलाई कसैले हटाउन पाउदैन चाहे ती रीतिरिवाजहरु राम्रा हुन् वा खराब ।

मानिसहरुले नवी (स.) लाई मारिदिने धम्की समेत दिए तर पनि उहाँले मानिसहरुलाई दुष्कर्मबाट रोक्ने र सत्कर्म तर्फ डोर्याउने काम छोड्नु भएन । उहाँलाई त्यति धेरै दुःख र यातना दिंदा पनि आफ्नो कार्यमा अडिग भएको देखेर उक्त अडानलाई भँग गर्न डर धम्कीका साथै आफ्नो शासक स्वीकार गर्नेअकूल धन संपत्तिको मालिक बनाइदिनेधनी र अत्यन्तैसुन्दरी स्त्रीसित विवाह गरिदिने जस्ता लोभ लालचा समेत देखाए । तर उहाँले भन्नुभयो, “मलाई एउटा हातमा सूर्य र अर्को हातमा चन्द्रमा राखिदिए पनि अल्लाहको मार्गबाट पछि हट्ने छैन ।” यसरी उहाँ कुनै लोभ लालचामा फस्नु भएन र डर त्रासको कारणले गर्दा आफ्नो आस्थाबाट डगमगाउनु भएन । उहाँ बरु ढुंगामाटो खाएर बस्न तयार हुनुहुन्थ्यो तर अल्लाहले देखाएको मार्ग निर्देशित गर्ने काम रोक्न तयार हुनुहुन्थ्यो । तपाई हामी एक छिन् सोचौं तमुहम्मद (स.) ले आफ्नो जातिको कुरा किन नमान्नु भएको होला ७तिस यसमा के रहस्य थियो७तिस संसारमा इश्वरवादी र सदाचारी बन्नाले के फाइदा थियो७तिस राज्य र सरदारीधन सुखसयलको सट्टामा शिक्षाको के महत्व छ ७तिस त्यस्तो अवस्था र वातावरणमा २३ वर्ष सम्म कठीन भन्दा कठीन शारीरिक र मानसिक यातना सहेर असल शिक्षा प्रचार गर्ने अडानबाट उहाँले के पाउनुभयो ७तिस पाठकवृन्द ! विचार गरौंकसैले आफ्नो व्यक्तिगत भलाईका निम्ति नभएर अर्काको निमित दुःख उठाएर सहृदयतात्याग र मानवजाति प्रति सहानुभुति देखाउनु भन्दा अझ उच्च दर्जाको कल्पना के हामी गर्न सक्छौं ७तिस जसको भलाई र कल्याणका लागि अन्तिम सन्देष्टा हजरत मुहम्मद (स.) ले कोशिस गर्नुभयो । तिनीहरुले नै उहाँलाई ढुङ्गाले हिर्काएगाली गरेघरबाट निकाले अनि आफ्नो जन्मथलो त्यागेर परदेश जाँदा पनि पछ्याएर शान्तिपूर्वक वस्न दिएनन् । तर सत्यतामा अडिग रहने उहाँको स्वभावले उहाँलाई आफ्नो सत्यतामा कति ठूलो विश्वास थियो भन्ने कुरा प्रमाणित गर्दछ । उहाँको मनमा अलिकति मात्र पनि सन्देश हुँदो हो त उहाँ निरन्तर २३ वर्षसम्म दुःख कष्ट सहेर आँधी वेहरीसँग लडेर कदापि वस्न सक्नु हुने थिएन ।

पाठकवृन्दहजरत मुहम्मद (स.) मा आएको आमूल परिवर्तनको एउटा पक्ष यो थियो भने अर्को पक्ष अझ बढी आश्चर्यजनक छ । चालिस वर्षको उमेर सम्म उहाँ एउटा साधारण अरवी हुनुहुन्थ्योएउटा साधारण व्यापारी हुनुहुन्थ्यो । यस अवस्थासम्म कसैले पनि उहाँलाई अत्यन्त प्रभावशाली तथा मनै लोभ्याउने वक्ताको रुपमा चिनेको थिएन र कसैले पनि उहाँलाई ज्ञानवुद्धिमत्ता र तत्वदर्शितापूर्ण कुरा गरेको सुनेको थिएन । कसैले उहाँलाई अध्यात्म र नैतिक दर्शनकानून र राजनीतिअर्थतन्त्र र समाज सम्बन्धि समस्याहरुमा वार्ता गरेको पनि देखेको थिएन । कसैले उहाँबाट अल्लाहफरिश्ता तथा आकाशीय कितावहरुपहिले पहिलेका सन्देष्टा तथा प्राचिन जातिहरुमहाप्रलय र मृत्युपछिको जीवन अर्थात स्वर्गनर्कका बारेमा एक शब्द पनि सुनेको थिएन ।

पाठकवृन्दमुहम्मद (स.) आश्चर्यजनक धर्मोपदेश अर्थात इशवाणी सुनाउने गर्नुहुन्थ्यो जसलाई सुनेर सारा अरवीहरु आश्चर्य चकित भइरहन्थे । त्यो इशवाणीको प्रभाव मानिसमा यसरी प¥यो कि त्यो सुनेर उहाँका शत्रुहरु पनि डराउन थाले । डरले उनीहरुको मुटु थरथर काँप्न थाल्यो । उनीहरुलाई मुहम्मद (स.) का कुराले मानिसहरुको मन बदलिने हो कि भन्ने डर थियो । उहाँमाथि अवतरीत इशवाणी अत्यन्तै सरसविलक्षण र प्रभावकारी थियो । त्यसमा समस्त अरबजातिका महानकवि र वक्ताहरुलाई सबै मिलेर त्यस्तै एउटा खण्ड वा श्लोक रचना गरेर ल्याउन चुनौती पनि थियो । तर त्यो चुनौतीलाई स्वीकारेर इशवाणी वा कुरआनको जस्तो श्लोकका दुई हरफ पनि तयार पार्ने कसैको सामथ्र्य थिएन किनकी अल्लाहको वाणी जस्तो वाणी कुन मानवले पो व्यक्त गर्न सक्छ र ।


मुहम्मद (स.) मा देखिएका अरु पनि धेरै पविर्तनहरु थिए । उहाँमा एक्कासी एक अपूर्व तत्वदर्शीदार्शनिकनीतिवानसभ्यता र संस्कृतका एक अद्वितीय सुधारकएक आश्चर्यजनक राजनीतिज्ञमहान् कानूनविदएक उच्च ७नतसेणीका न्यायधिशएक अद्वितीय सेनापति बनेर प्रकट हुनुभयो । उहाँले अरबका ती अशिक्षित मरुस्थलवासीहरुलाई यस अघि कसैले कहिल्यै नभनेका र पछि कसैले भन्न नसक्ने तत्वदर्शिता र बुद्धिमत्ताका कुराहरु भन्न थाल्नु भयो । संसारका विभिन्न धर्मका सत्य र असत्य तत्वहरुका बारेमा र विभिन्न जातिको उत्थान र पतनका मूल सिद्धान्तहरुमा उहाँले व्याख्यात्मक भाषण दिन थाल्नुभयो । त्यति मात्र होइन उहाँले सामाजिकआर्थिक र अन्र्तराष्ट्रिय विषयमा नियम कानून बनाउन थाल्नुभयो । अल्पभाषिशान्तिप्रिय मुहम्मद (स.) जसले जीवनमा कुनै दिन तरबार चलाउनु भएको थिएनजसले कहिल्यै सैन्य तालिम लिनुभएको थिएनजो जीवनमा केवल एक पटक युद्धमा दर्शक मात्र बन्नु भएको थियोउहाँ देर्हा हेर्दै एउटा वीर योद्धा बन्न पुग्नु भयो । कठिन भन्दा कठीन युद्धमा पनि उहाँका पैतालाहरु एक इन्च पनि पछि हटेनन् । उहाँ अभूतपूर्व सैन्य नेता बन्न पुग्नुभयो । उहाँले बनाएको सैन्य व्यवस्था र युद्ध शैलीको प्रभावले अस्त्र विहिन अरबीहरुले केही वर्ष भित्रै संसारका दुई महान सैन्यशक्ति रोम र ईरानलाई पराजित गरिदिए ।

लेखक : इरफान पोखरेल